मित्र राक्षस, नयाँ सडक एवं मालपानीजी,
सर्बप्रथम त साझाका हस्तिहरुको माझ मलाई पनि जोड्नु भएकोमा आभारी छु । शिरिष दाई , नेपे दाई, भउतेजी, दीप जी, बिर्खेमाइला का स्तरिय लेखाइ को प्रतिक्षामा तपाईंहरु जस्तै म पनि छु । उहाँहरुको लेखाइ को प्रसंशा गर्न म सँग शब्दहरु छैनन्। ब्यक्तिगत रुपमा उहाँहरु परिचित छु र उहाँहरुको ब्यस्तताको जानकार पनि छु । कोइ हस्तिहरु स्वदेश फर्केर स्वदेशी जिन्दगी सँग घुलमिल हुन प्रयासरत् हुनु हुन्छ। कोइ आफ्नै ब्लगमा ब्यस्त ।
तै पनि यो राहुल भाई को आग्रह छ, केही समय साझा लाई पनि दिनु होस् ।
जहाँ सम्म मेरो ब्यक्तिगत कुरो छ, केही समय देखी ब्यस्त भएकोले केही नयाँ लेख्न सकेको छैन , क्षमा चाहन्छु। अर्को महिना सम्मन मा मेरो ब्यस्तता सकिन्छ । त्यसो त नेपाल भ्रमण् पश्चात मैले दुई श्रिंखला राखी सकेको छु - नयाँ नेपाल को यात्रा र इलाहाबाद एक्स्प्रेस ।
अन्तमा हिलो छ्यापिने डर ले सडक हिंड्न् छोड्नु त भएन नि हामी जस्ता सडक छापले, मखुला ?
स्वर्गिय हरिभक्त कटुवाल को कबिता को यो अंश सान्दर्भिक होला नै ।
फुल्नु त यहाँ बेशै हो फुल्नै पर्छ
काँडामा गुलाफ भै फुल्नु पर्छ
भीरमा गुराँस भै फुल्नु पर्छ ,
कसैले हावा भरिदिएको बेलून झै न फुलेर
हिलोमा पनि कमल भै फुल्नु पर्छ ।
अस्तु!!