Posted by: Geology Tiger November 12, 2010
Movie Review - Kusume Rumal
Login in to Rate this Post:     0       ?        

फुर्के प्रबिधीमा त मेरो भन्नु केही छैन तर काहानी, संवाद, कलाकारहरुको अभिनयको कुरा गर्ने हो भने यो भन्दा नराम्रो नेपाली चलचित्र मैले हेरेको छैन, 'कुछ कुछ होता है' हेरेको हो कि 'कुसुमे रुमाल' हेरेको हो भन्नै गार्हो। फेरि चलचित्रको अन्तिममा काहानीलाई अलिकती बङ्याएर चलचित्रलाई 'कुछ कुछ होता है' भन्दा भिन्दै बनाउन खोजिएको पनि रहेछ। बिच बिचमा उरण्ठेउला तरुनातरुनी बाहेक अरुलाई नपच्ने भद्दा हास्यसामाग्रीहरु राखेर चलचित्रको स्तर अझ घटाउन खोजिएको छ। अभिनयको कुरा गर्दा पनि एक दुई जना बाहेक अरु सबैको अभिनय असहज, बनावटी र निरस छ। समग्रमा चलचित्र नेपाली चलचित्रको ईतिहासमा सम्झनलायक चलचित्रहरुको सुचिमा नपर्ने खालको छ। निर्देशक महाशयले आगामी चलचित्रहरुको लागि निकै नै मिहेनत गर्नु पर्ने देखिन्छ।



अन्तिममा यो नितान्त मेरो व्यक्तिगत प्रतिकृया हो। यो चलचित्र धेरैलाई मन परेको हुन पनि सक्छ। यसमा मेरो भन्नु केही छैन। फुर्के भाईको जो आदेश!     

Read Full Discussion Thread for this article