Posted by: BKMailo November 4, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

भोजपुर सदरमुकाममा बल्ल बल्यो बिजुली

भोजपुर, कार्तिक १८ -
 नेपाल बिद्युत प्राधिकरणले भोजपुर सदरमुकाममा बिहीबार ४:३० बजेदेखि
केन्द्रीय प्रशारण लाइन जडान गरेको छ । बर्षौदेखि भरपर्दो उज्यालोको
प्रतिक्षामा रहेका भोजपुरबासीले उज्यालो पाएका छन् ।


चारबर्षघि शुरु भएको हिले-भोजपुर बिद्युत विस्तार योजना कामचलाउ पूरा
गरेपछि बिहीबार सर्वसाधारणलाई बिद्युत वितरण गरेको हो । बिद्युत
प्राधिकरणले धनकुटाको हिलेस्टेसनदेखि भोजपुर सदरमुकामस्थित पानीटेंकीमा
सवस्टेसन निर्माण गरी ३३ किलोभोल्ट बिद्युत विस्तार गरेको छ । केन्द्रीय
बिद्युत लाइन विस्तार भएपछि एक हजार पाँच सय घरपरिवार लाभान्वित भएका छन् ।
स्थानीय सिक्तेल खोला साना जलबिद्युत केन्द्र बन्द भएपछि अन्धकारमा रहेका
भोजपुरबासी केन्द्रीय बिद्युत लाइन जडान गर्न माग गर्दै पटक पटक आन्दोलनमा
उत्रिएका थिए ।


बिद्युत सवस्टेसनगृह भवन निर्माण गर्न ठेक्का लिएपनि ठेकेदार हुलास
कम्पनीले समयमा काम पूरा नगरेपछि प्राधिकरणले कामचलाउ बिद्युत जडान गरेको
इन्जिनियर केशव सिंखडाले बताए । हुलास कम्पनीको ठेक्का सम्झौता दुई महिना
मात्र बाँकी छ ।  


लामो समयदेखि केन्द्रीय प्रशारण लाइनको पर्खाइमा रहेका भोजपुरबासी खुशीले
गदगद भएका छन् । सदरमुकाममा जडान भइसकेपछि प्राधिकरणले भोजपुरको दिंला,
घोडेटार, अन्नपूर्ण, लेखर्क पानधारे लगायत बिभिन्न गाउँमा बिद्युत विस्तार
गर्ने जनाएको छ । संखुवासभाको खाँदबारी स्टेसनबाट दिंला र देउरालीमा
संबिधानसभा अघि नै बत्ति बालिएको थियो । बिद्युत विस्तार योजना तत्कालिन
जलश्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा शुरु भएपनि उनले
निर्बाचनमा पराजय भोगेपछि सुस्ताएको विद्युत विस्तार योजना पूरा गर्न
भोजपुरबासीले निश्चितकालीन आन्दोलन, धर्ना, जुलुस लगायतपछि बिद्युत
प्राधिकरणले बाध्य भएर बिद्युत वितरण गरेको हो ।  


आगामी बर्ष भोजपुर सवस्टेसनबाट दिंला, घोडेटार, पानधारे, अन्नपूर्णसम्म
बिद्युत विस्तारको लागि टेण्डर स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ ।
अर्को बर्ष उदयपुर र खोटाङको सिमाबाट समेत भोजपुरलाई जोडने योजना पास
भइसकेको समेत प्राधिकरणले जनाएको छ । स्थानीय साना जलबिद्युत केन्द्र समेत
मर्मतसम्भार गरी केन्द्रीय सवस्टेसन गृहमा जोडने र निजीस्तरबाट निर्माण
हुने नयाँ हाइड्रोपावरलाई समेत समावेश गराउने योजना रहेको इन्जिनियर
सिंखडाले बताए ।


यतिबेला कुलो भत्किएकोले भोजपुरको जलबिद्युतगृह बन्द छ । २५० किलोवाट
क्षमताको स्थानीय बिद्युतकेन्द्रको उपकरण समेत खरावी आएकोले मर्मतसम्भार
गरेर मात्र केन्द्रीय लाइनमा समाबेश गराउने इन्जिनियर सिंखडाले बताए ।  

Source: http://www.ekantipur.com/np/2067/7/18/full-news/320066/

Read Full Discussion Thread for this article