Posted by: बैरे October 26, 2010
बोका ब्यथा
Login in to Rate this Post:     0       ?        
कस्को बाउँ को के जाने हो र - " कुरै छैन "

हामी त्यहाँ बाट निस्केर तरुनी हरु सँगै बिशाल बजार तिर लम्क्यौ, एक फूल दो माली को बिच के नै हुन्थ्यो र ? खासै केही प्रगती नहुने भएको देखेर हामी RNAC बाटै ट्याम्पू चढेर घर तिर लाग्यौ ।

हप्ता दिन पछी च्याङ्ग्रा ले फोन गर्‍यो ।

- " ओये केटा के छ शनिबार को प्लान ? "

च्याङ्ग्रा ले धर्ती को बोज थप्या दिन थियो शनिबार , - " तेरो ट्रिट हो ? " मैले सोधे ।

च्याङ्ग्रा - "मेरो बाउ बिश्वो बैंक मा काम गर्छ र तलाई ट्रिट दिन ? उही छदै छन नि हाम्रा अन्न दाता हरु "

- " कहाँ भेट्ने हो त ? "

च्याङ्ग्रा - " बानेस्वोर बेकरी , मैया हरु नि आउछन भन्या छ , आफु लाई त क्या मोज , पैसा नि खर्च नहुने गिफ्ट पनि पाइने "

- " ल हुन्छ शनिबार भेटौँला नि त , बरु कती बजे तिर ? "

च्याङ्ग्रा - " के छ र दिउसो देखी नै भेटौँला नि, फोकड मा पाको बेला जती धोक्यो त्यही फाईदा हुन्छ "

- "लौ त लौ "

.........

शनिबार को दिन नि आयो , नुहाइ धुहाइ गरी १२:०० बजे तिर च्याङ्ग्रा को घर मा गए, त्यस्को घर मा च्याङ्ग्रा दिवस को पूजा हुँदै रहेछ , पूजारी ले मन्त्र पढ्दै रहेछ , च्याङ्ग्रा धोती लाएर जनाई समाउदै बाजे ले भन्या मन्त्र भट्याउदै थियो । म मरी मरी हास्न थाले , मेरो हासो लाई च्याङ्ग्रा को बाउ ले काबु मा ल्यायो ,- " के हो उरन्ठ्यालो , पूजा सुजा गर्नु छैन , बाँदर ले आफ्नो नि घर बनाउदैन अर्का को घर नि बनाउन दिदैन भन्या यही हो ।"

मन मनै - "पाप गर्या जती सब पूजा ले धोई दिन्छे " भनुम कि जस्तो लाथ्यो, तर च्याङ्ग्रा दिवस मा बैरे जयन्ती नगरन नै उचित होला भनेर चुप लागे ।

पूजा सकिए पछी प्रशाद खायौ , फोन को घन्टी बज्यो , च्याङ्ग्रा को आमा ले - " भाई फोन हेर त कस्को हो " भन्नु भयो ।

म - " हेल्लो "

उता बाट - " अंकल च्याङ्ग्रा छ ", काले रहेछ चाट्नु पर्‍यो सोचे

म - " बाबु को बोल्या "

काले - " हजुर म काले "

म - " बाबु कृष्ण जी जस्तो कालो भएर नाम काले भाको कि, मन कालो भएर नाम काले भाको "

काले - " हजुर ..... "

म - ' बाबु जस्तो कालो मान्छे लाई, मैया हरु ले नि हेर्छ "

काले - " कहिले काही "

म हासो रोक्न सकिन -  हासे

काले ले थाहा पायो , अब बाँकी कुरा के के भन्यो त्यो चाँही नभनुम होला । काले हामीलाई कुरेर गल्लीको पसल मा रहेछ , च्याङ्ग्रा को बाउको डर ले च्याङ्ग्राको मा आउन हिमत नगरया रहेछ ।

- "लौ हामी ५ मिनट मा निस्किदै छौ, त्यही बस " मैले फोन राखे ।

मेरो कुरा सुनेर च्याङ्रा को बाउ ले सोधे - " कता हिरो हरु को सवारी ? "

म - " आज च्याङ्ग्रा लाई ट्रिट दिन को लागि "

छोरा जन्म्या दिन पनि के छोरो लाई गाली गर्ने भनेर होला बुढा ले केही भनेन्न ।

हामी च्याङ्ग्राको घर बाट निस्की गल्लीबाट एभरेष्ट होटेल को छेउ मा निस्क्यौ , बेकरी तिर लाग्द भोटे को बाउ को गाडी देखियो ।

च्याङ्ग्रा मुर्मुरियो - " यो ं&%^ं# लाई आजै गाडी मा आउनु पर्या ? आफु हिरो हुने दिन पनि सालेले भिलेन रोल खेल्नै पर्ने "

हामी भित्र गयौ, च्याङ्ग्रा आको देखेर भोटे दङ्ग पर्दै, - "आज सब attention आँफै लिन्छु सोच्या थिस होला होइन ? "

- " तेरो नाममा यमे ले २-३ किलो इट्टा जम्मा गरी सक्यो भोटे , हासँ हासँ अहिले नै हो हास्ने "

वेटर आयो , मेनु लिएर - सबै ले ल आज तेरो choice, तै मगा

च्याङ्ग्रा - " २ प्लेट हासँ को छोइला , २ प्लेट कोथे अनी ४ वोटा टुबोर्ग "

वेटर ईशारा गर्दै - " म कान नि सुन्दिन, बोल्न नि सक्दिन "

च्याङ्ग्रा हाँस्दै - " लौ यो त बैरे को साथी रहेछ "  

च्याङ्ग्राले फेरी ईशारा गरेर अर्डर गर्‍यो ।

केही क्षण मा खाना आयो । च्याङ्ग्राले - " अँ साचै, खै त मैया हरु ? "

ज्यापु - " आउँदै छन २-२:३० मा आई पुग्छु भन्या थिए "

काले - " ल त्यतिन जेल धोकु , फेरी मैया हरु आए पछी फेरी सोझो पल्टिनु पर्छ " भन्दै बियर स्वाट्ट पर्‍यो ।

काले लाई साथ दिन च्याङ्ग्राले पनि बियर घुट्काउदै थियो , च्याङ्ग्राको मुख तेजिलो हुँदै गयो , किन रहेछ भनेर फर्केर हेर्दा मैया हरु रहेछन ।

उनिहरु सारी, गर गहना, मुख मा लोलो पोतो गरेर आएका थिए । उनीहरु लाई देखेर च्याङ्ग्रा ले - " आजै झ्याइकुटी गर्ने बिचार  छ कि क्या हो ? पहिले भन्या भए म नि सुट लाएर आउथे "

सिमा - " प्लिज ...  "

मिली - " Happy Birthday " भन्दै च्याङ्ग्रा लाई एउटा गिफ्ट दिई

च्याङ्ग्रा - " Thank You , तिमी हरु आयौ त्यही नै एउटा गिफ्ट हो नि मेरो लागि "

नाम बैरे भए नि जिन्दगी नसुनुला भन्ने कुरा सुनियो , म वाल्ला परेर च्याङ्ग्रा को मुख तिर हेरी रहे ।

ज्यापु, मिली तर्फ हेर्दाइ - " आज त निकै सजिएर आएको छौ नि "

मिली - " अ आज एउटा विबाह मा जानु छ , अहिले एकै छिन मा निस्किनु पर्छ "

मिली र सिमा को लागि कालेले कुर्ची तानी दियो ।

भोटे - " अनी के छ त तिमी हरु को Hot News ?"

सिमा - " खासै केही छैन , चली नै रहा छ "

च्याङ्ग्रा - " ड्रिन्क गर्ने होइन त ? "

सिमा - " होइन , कहाँ दिउसै देखी द्रिन्क गर्ने, फेरी त्यहाँ विबाह मा नि जानु पर्छ "

च्याङ्ग्रा - " एक ग्लास गर्दै मा के नै हुन्छ र "

फेरी वेटर लाई ईशारा गरेर बोलायो - ईशारा ले २ बियर , अनी २ प्लेट म:म: भन्यो

वेटर - " चिकेन कि मटन ?"

च्याङ्ग्रा - " ल म त तपाईं ...."

वेटर - " होइन सबै deaf हरु छैन "

च्याङ्ग्रा - " मुत्तोन नै हुन्छ "

वेटर अर्डर लिना गयो , हामी मरी मरी हास्यौ , केटी हरु ले कुरा बुझेनन , च्याङ्ग्रा उल्लु भाको कुरा सुनाउन भोटे ले कहाँ छोड्थ्यो र ? केटी हरु नि हास्न थाले ।

मैले मिली ले समय समय मा घडी हेरेर सिमा लाई कोट्टाइ रहेको देखेको थिए, सिमा ले पनि पछी पछी भनेर ईशारा गरेको देखेको थिए , उनी हरु लाई ढिला भाको होला थानेर केही बोलिन ।

उनी हरु फेरी खुसुर फुसुर गर्न थाले,

भोटे - " होइन के को खुसुर फुसुर हो तिमी हरु को ? "

सिमा - " खासै केही होइन, तिमी हरु लाई एउटा कुरा भन्नु थियो "

च्याङ्ग्रा - " के कुरा भन न त "

सिमा - " मिली त भन "

मिली - " होइन खासै केही होइन , पछी भनुला "

ज्यापु - " भन न भन "

वेटर अर्डर लिएर आयो ।

च्याङ्ग्रा ले केटी हरु लाई द्रिन्क हाली दियो । तरुनी हरु अली हतार मा भाको झै गरेर खाए ,

सिमा - " हामी निस्किनु पर्छ , ढिला हुन्छ , बरु पछी भेटौँला " भनेर निस्किन आट्या थीई

च्याङ्ग्रा ले - " ५-१० मिनट नि बस्न मिल्दैन भनेर सोध्यो ? "

सिमा - " होइन साचै मिल्दैन "

भोटे - " बस न त म गाडी मा छोडि दिउला " ( पाको बेला भोटे ले नि दियो )

सिमा - " Ohh Shit "

हामी सब छक्क पर्यौ !!!!

मिली को मुखा पनि जिउ को सबै रगत जम्मा भएर बसेको झै देखियो ।

भोटे - " के भयो ? "

हामी बसे ठाउँ मा २ केटा हरु आउँदै गरेका थिए । केटी हरु सँगै आएर , जाने होइन भनेर सोधे ।

हामी सब चकित थियौ । परिचय अहिले सम्म भएको थिएन ।

सिमा - " राजीव , बिनय ..... उु भोटे, च्याङ्ग्रा , ज्यापु , काले , बैरे "

राजीव र बिनय ले के छ केटा हरु भनेर मुण्टो बटार्यो , हामी ले त्यसरी नै जवाफ दियौ । राजीव ले च्याङ्ग्रा लाई - " ब्रो को आज जन्म दिन रे, ल Happy Birthday है "

च्याङ्ग्रा के बोल्ने के नबोल्ने केही थाहा थिएन , त्यो औरेजी मा भनाइ छ नि - " Looks Like the Cat got his Tongue " त्यस्तै भएको थियो ।

बिनय - " ल जाउ जाउ , घर मा सब ले खोजी रहेका होलान , जन्ती नि आउने टाईम भयो " भनेर मिली लाई आफ्नो हात मा बाध्यो , राजीव ले नि सिमा लाई आफ्नो अङ्गालो मा बाध्यो ।

उनी हरु बेकरी बाट निस्किए , मेरा चार बोका हरु साइड हिरो झै वाल्ला परेर हेरी रहे ।

भोटे थचक्क बस्यो - " यस्तो नि हुन्छ , यो केटा हरु अस्ती सम्म थिएन एकै चोटि कता बाट आए ? "

सब चुप थियौ ।

भोटेले बियर लाई सिधै ठाडो घाटी लगायो , हामी सब चकित थियौ , जिन्दगी मा पान पराग नि नखाने ले आज बियर थाडो घाटी पारेको थियो ।

च्याङ्ग्रा - "तैले यस्तो मन पराउछस भन्ने थाहा पाको भए त म उहिले साइड लाग्थे, जाडँ नै खाने गरी मन पराको थीस ? " च्याङ्ग्रा मुसु मुसु हाँस्दै थियो , च्याङ्ग्रा मात्रै होइन ज्यापु र काले नि हाँस्दै थिए । आखिर हामी सब बोका न थियौ , एउटा गए अर्को आउछ भन्ने हाम्रो सोचाइ थियो तर भोटे लाई चाँही शाहरो चोट परेया जस्तो थियो ।

भोटे - " ल त्यस्तै हो भने बालै भयो । हिड केटा हो , हामी नि hunting  गर्न जाउ । भोटे कुर्ची बाट जुरुक्क उठ्यो , एक कदम अगाडि के बढ्या थियो, जसरी उठ्या थियो त्यसरी नै पछारियो ।

ज्यापु हाँस्दै - " आइज भोटे बस , आज होइन भोली देखी गरुला hunting " आज तेरो ब्यथाको बली दिएर तलाई बोका क्लब मा स्वागत गरौं ।

हामी सब फेरी बियर, चुरोट र मासु खाँदै भोटे को ब्यथा भुलाउन तिर लाग्यौ ।

च्याङ्ग्रा म तर्फ हेरेर बिस्तारइ -  " आज यस्लाई double ब्यथा हुन्छ, Bill त एस्ले हेर्या नै छैन "

समप्त :
Read Full Discussion Thread for this article