Posted by: Narayangarh suburb October 22, 2010
म फेरी सपना देख्न थालेछु
Login in to Rate this Post:     1       ?         Liked by
म फेरी सपना देख्न थालेछु 
बिर्सियर अतित कल्पनमा रम्न थालेछु 

न हिजो सुन्दर थियो 
न आज रङिन छ 
निस्सासिएर भिन्ड्मा, एकान्तमा लुक्न पुगेछु 
हराएर बादलभित्रै, सपना म फेरी देख्न थालेछु 

कस्तो हुन्थ्यो होला 
मेरो खुशीमा कोही एक रमाउने भय
एक खुशी भित्र पनि शान्ती मोउलाउने भय

कस्तो हुन्थ्यो होला
म केबल म हुँदा 
बाहिर बाट कसैले रङ नपोतिदिने भये 

मागेको केही हैन 
दु:ख केही नभय नि खुशी छैन 
खुशी हुनु मेरो पनि नैसर्गिक अधिकार होकी 
मलाई वास्तवमै बुझ्ने कोही छ कि ! 

मेरो सपना रहर लाग्दो छैन 
कल्पना ठुलो हैन 
अटल विश्वाश पनि छैन 
अजम्बरी त्रिस्णा त पक्कै हैन  

धेरै तर सरल इक्षा पालेछु 
म फेरी सपना देख्न थालेछु !!!

Read Full Discussion Thread for this article