Posted by: BirKrishna October 14, 2010
एभरेष्ट ईण्डियन हिमालयन रेस्टुराँ, ३३१० रोसेल रोड, अर्विङ, टेक्सस ७५०६२
Login in to Rate this Post:     0       ?        
शायद दिनभरको भागदौड र थकाईले गर्दा बिरलै यो बिषयप्रति चासो हुन्छ होला । तर जब जब म यो कुरालाई फर्स्टह्यान्ड अनुभव गर्छु मन साह्रै कुँडिन्छ । एभरेष्ट रेस्टुराँको बारेमा मैले मेसो पाएको यस्तै एक महिना जति भयोहोला । यस एक महिनाको अन्तरालमा म करिव करिव यहाँको रेगुलरजस्तै भईसकेँ। भित्री बातावरण आनन्ददायी छ, परिचारिकाहरुपनि  मिजासिला छन, खानापनि  ठिकै छ । तर जब मेरा  आँखा त्यो रेस्टुराँको बिलबोर्ड साइनतिर पुग्छ मन अलि खल्लो हुन्छ। हामी नेपालीहरु बुद्ध नेपालमा जन्मिएका हुन, एभरेष्ट नेपालमा पर्छ भनेर विश्व जनमानसलाई सचेत गराइराख्छौ। तर हामीहरुले नै किन यसरी बाटो दिने ? मलाई थाहा छ DFW जस्तो सिमित बजार भएको ठाउँमा नेपालको नाउँ मात्रले व्यापार गर्दा त्यति लाभदायक नहोला र नेपाली उद्यमीहरुले नेपाली बिज्नेसमा भारतीय नाम जोड्छन ताकि उनिहरुको clientele बढोस् । तर यसले कस्तो दीर्घकालिन असर पर्ला ?के नेपाली रेस्टुराँमा हिन्दी गाना बजाउन जरुरी छ?  के नेपाली रेस्टुराँमा B4U म्युजिक च्यानल लगाउन जरुरी छ? के नेपालमा कलाकारहरु छैनन र हिन्दी गीत बजाउन परेको? कुटुम्ब, सुर सुधा, अन्य लोकभाका, पपगीत कति सुमधुर छन। के यी संगीतहरु बजाउन सक्किन? निकट भविष्यमा नै कान्तिपुर टि.भी डिस् नेट्वोर्कमार्फत अमेरिका आउँदैछ। चट्ट एक कुनामा कान्तिपुर टि.भी , अर्को कुनामा नेपाली गीत संगीत, अनि पो मज्जा आउछ नेपाली रेस्टुराँमा खाना खान। अनि के एभरेष्ट ईण्डियन हिमालयन रेस्टुराँको ठाउँमा एभरेष्ट नेपाल रेस्टुराँ, अनि तलपट्टी नेपाली एण्ड ईण्डियन कुजिन भनेर साइन बनाउन सक्किनथ्यो? कति कति लगानी गरेर त्यत्रो बिज्नेस चलाउन विवेक हुनेले यति सानो (तर सम्वेदनशील) कुरामा बिचार  पुर्याउन सक्किनँ ? नत्रभने खुरुक्क ईण्डियन रेस्टुराँ भन्ने अनि ईण्डियन खान बेच्ने र नेपाली खानचाँही साइडमा बेच्ने किनभने मलाई "मोही माग्ने तर ढुङ्रोचाँही लुकाउने" प्रव्रीती त्यति ठीक महसुस हुँदैँन (जे भएपनि नेपालीको रेस्टुराँ भन्ने थाहा भएपछी नेपाली ग्राहकहरु त यसैपनि आइहाल्छन--यसकालागि नेपाली रेस्टुराँनै भनेर नाम राख्न जरुरी छैन )  । त्यसैपनि यस रेस्टुराँको बिस्नेस मुख्यत: नेपाली ग्राहकबाट हुन्छ नकि ईण्डियन या अमेरिकन ग्राहकबाट ।  नेपाली रेस्टुराँ भनेका विश्व जनमानसलाई नेपाल र नेपालीकाबारेमा जानकारी पठाउने एउटा सशक्त माध्याम हो यसरी यसप्रति खेलवाड गरेर गलत सुचना प्रवाह नगरौ ।            

त्यसो गरे कसो होला ?                                                            
Last edited: 14-Oct-10 07:28 AM
Last edited: 14-Oct-10 07:36 AM
Last edited: 14-Oct-10 07:40 AM
Read Full Discussion Thread for this article