Posted by: vIRGIN dUMSHI October 13, 2010
झुपडीबाट पक्की घर बन्यो, मन्त्रीको
Login in to Rate this Post:     0       ?        
निजगढ - , आश्विन २७ - मन्त्री हुनुअघि वासकै चिन्ताले पिरोलिएकी भौतिक योजना तथा निर्माण सहायक मन्त्री कलावतीदेवी पासवानलाई यतिखेर वासको चिन्ता हटेको छ । उनी मंत्रीमण्डलमा पहिलोचोटि विपन्न दलित परिवारबाट फोरम -लोकतान्त्रिक) को तर्फबाट मंत्री भएकी हुन् । यो चिन्ता उनले छोटो -एक बर्ष) अवधिमै हटाईन् । मधेसको देहाती पहिरन, सामान्य लवाई खवाईमा गाउँको सानो फुसको झुपडीमा बसेर आफु सहित परिवारको गुजारा चलाएकी कलावतीदेवी पासवानलाई यतिखेर बन्दै गरेको आफनो दुईतले पक्की भवनको लागि निर्माण सामग्री र मजदुर लगायत जुटाउँदैमा फुर्सद छैन् ।

Read Full Discussion Thread for this article