Posted by: khoikkhoik October 7, 2010
राकेश सुदलाई जुत्ता प्रहार
Login in to Rate this Post:     0       ?        
Hey Dont forget to add this news too


सुदले भारतमा रहेका पचास लाख नेपाली फिर्ता गर्छु भने : माओवादी नेता

भानुभक्त निरौला, सल्लेरी, असोज २१ - माओवादीका पोलिटब्युरो सदस्य तथा सभासद गोपाल किराँतीले आफूलाई भारतीय राजदूतले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको दाबी गरेका छन्। जुत्ता प्रहारपछि किराँती र राजदूत राकेश सुदबीच भएको गोप्य कुराकानीमा यस्तो धम्की दिएको उनले बताए। हिजो माओवादी कार्यकर्ताले सदरमुकाममा राजदूत सुदलाई जुत्ता प्रहार गरेको विषयलाई लिएर आज रिपोर्टर्स क्लब सोलुखुम्बुले गरेको साक्षात्कारमा पूर्व मन्त्री किराँतीले यस्तो रहस्य खुलाएका हुन्। उनले भने- 'सुदलाई मैले भारतसँग भएको पुराना सन्धि सम्झौता खारेज गर्नुपर्ने र नयाँ आधारमा गणतान्त्रिक सम्झौता गर्नुपर्छ भनेपछि उनले मलाई भारतमा रहेका ५० लाख नेपाली फिर्ता गर्ने धम्की दिए, यसमा म खेद प्रकट गर्दछु।'

हिजो माओवादी कार्यकर्ताले सुद चढेको गाडीमा जुत्ता प्रहार गरेकोमा आफूलाई 'गर्व लागेको' बताउँदै आएका सभासद किराँतीले सुदसँगको वार्ता पार्टी अध्यक्ष पुष्पकमल दाहालकै निर्देशनमा भएको र वार्ताका क्रममा दुई प्रश्‍न र तीन अनुरोध गर्ने सल्लाह भएको जानकारीसमेत गराए। सोहीबमोजिम शेर्पा गणराज्य नेपालका संयोजक गोम्बु शेर्पा (कर्ज्याङ) ले राखेका दुईवटा प्रश्‍न र आफूले राखेका तीन वटा अनुरोधमा एउटा अनुरोधको मात्र सकारात्मक जवाफ पाएको उनको प्रतिक्रिया थियो। नेपालमा राजनीतिक स्थायित्व कायम होस् भन्ने अभिप्रायले मैले चीनका विदेश मन्त्री र राजदूतका साथीहरुसँग छलफल चलाइरहेको छु, सुदको भनाई उदृत गर्दै किराँतीले भने- 'यो मात्र मलाई चित्त बुझ्दो जवाफ लाग्यो, अन्य सबै भारतीय हेपाहा प्रवृत्ति नै थियो'। १५ मिनट लामो वार्तामा सुदसमक्ष उनले हालसम्मका सन्धि सम्झौता खारेज गरी नयाँ सन्धि सम्झौता गर्न, अन्तर्रार्ष्ट्रिय कानुनबमोजिम नेपालले पारवहन सुविधा पाउनुपर्ने र नेपालको राजनीतिक स्थायित्वका लागि छिमेकी मुलुक चीन, भारत र नेपाल बीच उच्चस्तरीय रणनीतिक योजना बनाएर अघि बढ्न अनुरोध गरेको बताए।

वार्ताका क्रममा शेर्पा गणराज्य नेपालका संयोजक कर्ज्याङले सोलुखुम्बुको थामे किन जाने र नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठनमा भारतीय हस्तक्षेप किन? भनेर प्रश्न सोधेको र जवाफमा यी सबै गलत हुन् भन्ने जवाफ पाएको सभासद किराँतीले पत्रकारहरुलाई जानकारी गराए। प्रति उत्तरमा संयोजक कर्ज्याङले यी सबै गलत नै सावित होस् भन्ने शुभकामना समेत दिएको उनले बताए।

राजदूत सुदसँगको बार्ता पश्चात आफूमा भारतीय कम्युनिष्ट पार्टी माओबादीमा सामेल भई भारतीय गृहयुद्धमा सामेल हुने इच्छा जागेको समेत बताए। उनले भने, 'मलाई पार्टीले अनुमति दिन्छ भने म भारतीय विस्तारबादको विरुद्धमा भारतमै गएर लड्छु।' पूर्व निर्धारित कार्यक्रम बमोजिम हिजो राजदुत सुद बिहान साँढे सात बजे नेपाल एयरलाईन्सको ट्वीन अटर विमान मार्फत सोलुखुम्बु आएका थिए। अघिल्ला दिनदेखि नै विरोधको तयारी गरिरहेका एकीकृत माओबादीले सुद फाप्लुबाट सदरमुकाम सल्लेरी आउने क्रममा सुद चढेको गाडीमाथि तीन पटक जुत्ताले हानेका थिए।
Read Full Discussion Thread for this article