Posted by: BKMailo October 7, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

मजदुरको २३ लाख रकम लुटियो

भोजपुर , आश्विन २१ - निर्माणाधिन भोजपुर-मानेभञ्ज्याङ कृषि सडकमा
कार्यरत मजदुरहरूलाई पारिश्रमिक वितरण गर्न गइरहेको टोलीमाथि बुधबार साँझ
नकावधारी समूहले लुटेका छन् ।


भोजपुर सदरमुकामदेखि १५ किलोमिटर दक्षिण दलगाउँ गाविसको मूलबाटो उकालो
चौतारामा एक्कासी लुटपाट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलायत
सरकारको अन्र्तराष्ट्रिय विकास विभाग (डिएफआइडी)को ग्रामिण पहुँच
कार्यक्रम-२ अन्तर्गत निर्माणाधिन हरित सडकमा कार्यरत स्थानीय सडक निर्माण
समूहलाई वितरण गर्न २३ लाख रुपैंयाँ लिएर जाँदै गरेका थिए ।


स्थानीय सडक समन्वय समितिका पदाधिकारीहरू पुष्पबहादुर कार्की, केशव सुवेदी
लुटिएका हुन् । कम्ब्याट पोशाकमा रहेका समुहले पेस्तोल देखाएर लुटपाट
गरेको बताएका छन् । सडक मजदुरहरूलाई रकम वितरण गर्न बुधबार राष्ट्रिय
वाणिज्य बैंकबाट ३२ लाख रुपैंयाँ रकम निकासा दिएको ग्रामिण पहुँच
कार्यक्रमले जनाएको छ । दलगाउँ गाविसमा दशैं खर्च स्वरुप मजदुरहरूलाई
पारिश्रमिक रकम निकासा गरेको हो ।

Source: http://www.ekantipur.com/np/2067/6/21/full-news/318903/

Read Full Discussion Thread for this article