Posted by: raja_ October 4, 2010
बिचार पुर्याउ है.... आफ्नो पनि भविश्य बारे ध्यान दिउ है।
Login in to Rate this Post:     0       ?        

भाग २


नेपाल गए। धेरै बर्ष पछी आमा बुवा सँग भेट भयो। खुशी लाग्यो। बा आमा लाई पनि मलाई देखेर खुशी लाग्यो होला तर जती मैले उहा हरुको मुहार मा खुशीको उक्सुकता सोचोको थिए त्यती पाइन। उहाहरु त्यती धेरै बोली राख्नु पनि भएको थिएन। मैले ठिकै छ, छोरा को अवस्था देखेर उदास हुनु भएको होल जस्तो लाग्यो। अनी आफ्नो घर लाई निहलेर हेरे।  घर को तला थपिएछ। रङ रोकन भएछ। त्यहा दुक्ख गरेकोले को यहाँ राम्रो भएछ नि आमा भनेर आमा तिर हेरे। त्यतिकैमा बा ले तेरो दु:खले भन्दा पनि सिमरामा भएको घर घडेरी बेचेर माथि तला थपेको हो भन्नु भयो। म चुप लागे केही बोलिन तर बा ले  म सँग तल थप्नु पर्‍यो पैसा चएयो चै भनेर भन्नु भएको थियो, त्यो बेला मुस्किल्ले जम्मा गरेर पठाई दिएको हुनाले राम्रो सँग याद छ। ठिकै छ भने मन मनै।


१ बर्ष पछी ,,,,,,
आज म एकदम खुशी छु। मलाई पनि अरु नेपाली हरु लाई जस्ती डि.भि पर्‍यो।। घरमा आए बा आमा लाई  पनि भने उहहरु पनि खुशी हुनु भयो मनाउ म नेपाल आएको बेलामा भन्दा पनि डि.भि परेको मा झन धेरै खुशी हुनु भएको अनुभव भयो। सबै कगजी काम सकेर म पनि अमेरिकाको तयारीमा लागे। उता अमेरिकामा पैला कता जाने भन्ने कुरा भयो। दाई को अन्य स्टेट मा जानु पर्ने भएको हुनाले पहिले दिदिको मा जाने भए।


हो मेरो प्लेन ल्यान्ड गर्‍यो स्यन फ्रन्सिको को एअरपोटमा। १ घण्टा पछी इमिग्रेसन को काम सकेर बहिर आए। दिदीलाई खोजे कतै देखिन। कसैको साहयताले फोन गरे "म आउँदैछु ट्राफिक ले गर्दा ढिलो भएको हो बस्दै गर" भन्नु भयो। १ घण्टा पछी दिदी आउनु भयो। दिदी लाई त मैले चिन्नै सकिनछु दिदी ले नै "राज के छ चिनिनश ल वेलकम टु अमेरिका" भन्नु भयो मलाई पनी खुशीलग्यो दिदिलाई भेटेर।  १० बर्ष पछी भेटेको दिदी को लुवए खुवए सबै परिवर्तन भएछ। कहाँ त्यो झोला बोकेर कुर्था सुरुवल लगाएर हिड्ने दिदी कपाल पनि छोटो टीसर्ट स्कर्ट मा देख्दा चिन्नै नसकिने। आफ्नो लगेज गाडीको पछाडि राखेर हुएकिएउ हामी घर तिर। दिदि बस्ने ठाउँ  स्यन होजे रहेछ। हामी घर मा ग्एउ दिदी राम्रो अपट्मेन्टमा बस्नु हुदो रहेछ। अनी हाम्रो कुरा कानी सुरु हुन थालयो। मैले सोधे दिदी हजुर कुन हस्पिटल मा काम गर्नु हुन्छ? दिदिले म हस्पिटलमा हैन एउटा ईण्डियन को स्टोर मा काम गर्छु भन्नु भयो।  नेपाल को पढएले काम नपाएने रहेछ। ऐले म यहाँ को कम्युनिटी कालेजमा पढ्छु भन्नु भयो।  अनी मैले दिदी तपए त मेडिसिन पढेको मान्छे किन यहाँ यसरी बस्नु भएको? बरु नेपालमा नै राम्रो छ नि भने, दिदी ले पनि ह्यआ आज आएको दिन् नै किन एस्तो कुरा गर्यआ भोली कुरा गरौला भन्नु भयो। अनी हामी खाना खाएर सुत्न तिर लग्एउ। दिदीले ल राम्रो सँग सुत है भोली भेटौँला गूड नाइट भनेर सुत्न जानु भयो। म पनि सुत्न गये,  निन्द्रा लागेन दिदिको कुराहरु सोच्न थाले, दिदिले आफ्नो पढए अनुसारको काम नपएको नगरेको देखेर धेरै चित्त दुख्यो,, उहहरुको पढाइको लागि भनेर म दिन्मा १९ घण्टा काम गर्थिए जम्मा ४ घण्टा सुत्थे, त्यस्तो दु:ख वालुवामा मिसिएको देखेर साह्रै दु:ख लाग्यो। 


बाँकी अर्को भागमा ---------

Read Full Discussion Thread for this article