Posted by: बैरे September 30, 2010
बोका ब्यथा
Login in to Rate this Post:     0       ?        

मध्यान्न मा सब जना को हुल भएको हुना ले मेरो तिनी हरु सँग भेट चाँही भएन ,
एक्कै चोटि मुभी सक्के पछि भेट भयो ।


- "कस्तो लाग्यो त मुभी " मैले सोधे


तिनी हरु को मुख मा क्रोध देख्नु पर्ने खासै देखिन , झन तरुनी हरु क्रोधित थिए ।


" कहीले तिमी हरु सँग मुभी हेर्न आउदिन "


लौ बर्बाद पारे बोका हरु ले भनेर


म - "किन के भयो र ?" सोधे


सिमा - " के हुनु नी, आमिर खान को माया लागेर , आँखा भारी आँशु थियो , आँशु
पुछ्न खोज्दा , एक हात एक जना ले अर्को हात अर्को ले समात्या छ , हात हटायो की आफु
तिर तानी हाल्ने "


- "एक फुल दो माली भए पछि यस्तै हो "


उता मिली को हालत नी त्यहि थियो , काले को सेतो दातले सब बयान गरी रहेको थियो

 
म - " अब लाग्ने होईन त ? "


सिमा - " केही खाएर जाँउ हुन्न ?"


फोकट मा खाना पाउने उनी हरु पनि म पनि किन हुन्न नभन्ने , "हुन्छ " भन्दिए ।
कालेले घर मा भन्या कुरा झल झली याद आयो ।


छेउ मा दरबार मार्ग , आज नी मज्जाले खाने भइयो जस्तो लाग्यो , विम्पी को छेउ मा
चिसो ड्राफ्ट बियर पाउने ठाउँ थियो , म:म: नी मिठै हुन्थ्यो त्यतै तिर जाने निर्णय
गरियो । च्याङ्ग्रा नी आफु नै तिर्छु जस्तो गर्दै चम्कियो ।


अगाडि २-३ पाइला मात्रै के हिड्या थियौ । ए पर्ख हामी चुरोट लिएर आउछौ भनेर मलाई
संगै तान्यो ।


- " के हो आज खूब लोडेड जस्तो छस नी , आफै तिर्छु जस्तो गरेर तरुनी हरु लाई जाँउ
की जाँउ गर्दै छस ? "
 
च्याङ्ग्रा - " कहाँ हुनु, जातै ले पाको हो गफ हान्न
, यहाँ एक बट्टा चुरोट किने , काले ले बाउ ले देको सय को हिस्सब किताब हुने, तरुनी
हरु को अगाडि म तिर्छु म तिर्छु भनेर सब ले फुर्ती झार्छन , त र म चुप लाएर बस्ने
काम छ, बुझिस होईन "


- " तेरो कुरा कहीले नबुझ्या हो र "


रेस्टुरान्ट मा गएर बियर , म:म आदि इत्यादी मगाइयो ।


च्याङ्ग्रा ले चुरोट सल्कायो , एक मुस्लो धुवा सिमा तर्फ फ्याकी ,


सिमा - " प्लिज , अली सोमत छैन "


भोटे - " त्यहि भन्या , inconsiderate हरु "


च्याङ्ग्रा - " धुवा भन्या त लभ को चिनो हो , ल भोटे त पनि तान तान "


हाम्रो ग्रुप मा सबै भन्दा सोझो भोटे थियो , जाड रक्सी चुरोट केही खादैन थियो ।
एक चोटि पान पराग खादा , घुमायो भनेर सुत्या थियो त्यो पनि जर्दा होईन साधा,
जिन्दगी मा पहिलो र अन्तिम लागु पदार्थ भन्या त्यहि साधा पान पराग खाको हो , तर
खासै भन्ने हो भने second hand smoking मा पोख्त थियो भोटे ।


भोटे - " तान्दिन उता जा "


काले - " त अस्पताल मा साट्या हुनु पर्छ भोटे , न चुरोट तान्छस न त तोङ्बा नै " 


ज्यापु - " त्यहि भन्या । जिन्दगी को मोज लिनु छ भने एक भक्तपुर बनेपा को
स्वाट्ट पार, अनी थाहा हुन्छ "


मिली - " बिचरा लाई कत्ति उडाइ रहा तिमी हरु "


च्याङ्ग्रा - " ल म त तिमी लाटी भन थन्या बोल्दो रहेछ "


हुन त मैले नी त्यहि सोच्या थिए, तर भन्ने मात्रै आट थिएन ।


सिमा - " मेरो साथी लाई JPT भन्ने होईन है "


च्याङ्ग्रा - " JPT तिमी लाई भन्छु आउ उता जाँउ "


भोटे को अगाडि के होला र च्याङ्ग्रा को सपना पूरा ।


आफ्नो भने पेट भरियो, - "ल लागौ लागौ, " च्याङ्ग्रा तिर हेर्दै - " फेरी घर गएर
बरु मार बाचे भने तेरो खैर छैन , त्यो नी भन्न पाउदैनस "


काले मरी मरी हाँस्यो , भोटे र ज्यापु लाई बुझ्न मन थियो तर च्याङ्ग्रा को बली
नचढाउने बिचार काले र मैले गर्यौ ।

 

ज्यापु मिली तर्फ हेर्दै - " तिमी लाई घर सम्म छोड्न आउँ ?"

 

ज्यापु ले मौका को फाईदा उथाको देखेर काले निलो भयो,

 

मिली - " होईन पर्दैन, हाम्रो एक्छिन बिशाल बजार जानु छ, बरु त्यहाँ सम्म सबै
संगै जाउँ, हुदैन " भन्दै हामी तर्फ हेरी

 

तरुनीले नबोलाउदा त जबर जस्ती जाने बोका हरु हामी झन निम्तो आउँदा के छोड्लान
र ?

 

कालेले "हुन्छ" भन्यो , अनी च्याङ्ग्रा तिर हेर्दै - "आज तेरो बाउ ले तेरो बली
चढाउने भयो, तर मौका आउछ, पर्खदैन, त जाने भए जा "

 

च्याङ्ग्रा - " ल पर्खी, म एक फोन दिएर आउछु घरमा" भन्दै उठ्यो , म नी संगै
लागे

 

म - " हेर च्याङ्ग्रा, हुने केही होईन , रात भरी करायो दक्षिणा हरायो भन्या
जस्तै हुन्छ, बेकारमा किन सनी देव लाई कुत्कुताउछस ?"

 

च्याङ्ग्रा - " के थाहा केही भई हाल्यो भने ??? बरु बुढा को धुलाई भेट्छु ,
भोटे लाई जित्न दिन्न "

 

- " ल म चाँही लाग्छु नी त ?"

 

च्याङ्ग्रा - " त यस्तो, समय मा मलाई छाडेर जाने ? मेरो मित्रता को यस्तो
बेज्जत् ?"


- " धेरै सेन्टि भएर डाइलग् नहान्, खानु खाइयो अब के रमिता हेर्न जाने र,
घर् गयो मस्त ले सुत्छु बरु "

 

च्याङ्ग्रा - " हेर्, घर् जाने भन्या बिक्रम् ट्याम्पु चढेर हो, RNAC बाट्
ट्याम्पु भरिएर आको हुन्छ , मैतिदेवि नपुग्न्जेल् कोहि निस्किदैन , बरु RNAC सम्म
जाम् , केहि नहोला जस्तो भयो भने घर तिर लागौला "

 

- "ल ल, तु भी क्या याद रख्गेगा "

 

हामी फोन नै नघुमाइ केटा हरु भे ठाउँ तिर लाग्यौ । च्याङ्ग्रा को हसिलो मुख
देखेर भोटे को अनुहार मा कालो बादल ले आकाश ढाक्या जस्तो देखिन थाल्यो "

 

अन्तिम म:म: अझै कस्ले खाला भनेर छोडेको थियो प्लेटमा , च्याङ्ग्रा ले उठाएर,
अचारमा चोपेर , ल मिल्यो कुरा भन्यो ।

 

त्यहि बेला वेटर बिल लिएर आइपुग्यो , अब तरुनी हरु को अगाडी को हिरो बन्ने
निर्णय हुने वाला थियो । वेटर ले बिल छाडेर गयो ।

 

सिमा ले बिल आफु तिर तानी , टरुनी लाई नी नाटक गर्न कस्ले सिकाउने, थाहा हुँदा
हुँदै किन तान्या होला बिल ? मन मनै सोचे

 

भोटे - " के गर्या होला ? ल खै यहाँ देउ "

 

च्याङ्ग्रा मुसु मुसु हाँस्दै - " दे न दे तिर्न, कहीले काही उनिहरु ले तिरे
नी हुन्छ "

 

मिली फसिने भइयो की क्या हो भनेर अली रातो भई


भोटे - " नकरा के कुरा गर्या होला, हामी हुँदा हुँदै किन उनिहरु ले तिर्नु
पर्‍यो ?"


मिली ले बल्ल सास फेर्या हुनु पर्छ, अली कति रगत मुख बाट मुटु मा फिर्ता गएको
ले रातो बाट फेरी गहुँ गोरो देखिन थाली ।


च्याङ्ग्रा - " खै लेउ , बिल यता, म तिर्छु "


च्याङ्ग्रा को डाइलगले मै वाल्ल परे, आज केटोको ढाड भाचिने भयो जस्तो लाग्यो ,
च्याङ्ग्रा तिर हेरे , म तिर हेर्दै च्याङ्ग्रा ले आँखा झिम्कायो ।


त्यहि बेला भोटेले, " पर्दैन पर्दैन, आज म तिर्छु" भनेर बिल खोस्यो

 
च्याङ्ग्रा बचेँको हुनाले, - " म अर्को बियर मगाएर तिर्छु भन्या, ल अब तै
तिर त्यो अर्को बियर पनि " - भन्दै वेटर लाई हेर्दै - " ल यस मा अर्को एउटा बियर को
पैसा नी जोडे हुन्छ , बरु बियर चाँही चाडो ल्याउ है , ढिला भाको छ " । फेरी म तिर
हेरेर आँखा झिम्कायो , च्याङ्ग्राको आँखा झिम्काइ ले मलाई - " धन्न फस्या यार"
भन्दै थियो ।


मिली - " किन फेरी अर्को बियर मगाको होला ? कस्तो मान्छे यार तिमी "


च्याङ्ग्रा - " घर फोन गर्या, बाउ सँग झुठो बोल्नु पर्‍यो , आत नै सुक्यो क्या
, फेरी म जथा ततै पानी पिउदिन नी "

 

हरियो पर्दा पछाडि म:म: खाएर , निलो जग बाट पानी घुट्काको आफ्नै आँखाले देख्या
हो , केटो ले पाको बेला मा खोकी हाल्यो ।


बियर आइ पुग्यो , मैले ज्यापु र मिली को हेराइ लाई हेरी रहेको थिए, त्यसैले
पहिलो बियर ज्यापु को ग्लास मा राख्न खोजे ।


- "होईन यार आज लाई पुग्यो "


One Down , मन मनै सोचे , अब ज्यापु ले मिली को लागि नतान्या बियर काले ले के
तान्ला ? कालेले पनि ," हो यार मलाई नी पुग्यो " भन्यो । आफुले खोज्या पुग्यो


एक ग्लास आफु लाई अर्को ग्लास च्याङ्ग्रा लाई राखे , अली कति बाँकी थियो ,
बोतल बाटै सकैदिए, आफु लाई कसैलाई देखाउनु थिएन बालै हो ।


मिली - "प्लिज चाडो खाउँ है, फेरी ढिला हुन्छ "
 
च्याङ्ग्रा म तिर
हेर्दै - " घ्याम्पे ?" भने सोध्यो


कस्को बाउँ को के जाने हो र - " कुरै छैन "

क्रमश :

Read Full Discussion Thread for this article