Posted by: BudoBaaje September 29, 2010
What are your first memories of when Nepal Television Began?
Login in to Rate this Post:     0       ?        
यि कुरा हरु पनि ठिकै हुन भुरा हो । सप्पै  सम्झ्या छु ।
बिराटनगराँ  थियो NTV त्यस्बेला बयलिस सालाँ ।  आरोहण् बिराटनगर  का कलाकार हरु थिए त्यती बेला जस्ले अविस्मरणिय टेली सिरियल  हरु बनाए    । त्यही बेला का कलाकार हरु अहिले चैने केरे राष्ट्रिय स्तर का प्रतिभासाली कलाकार भए जस्तै अनुप बराल, अशोक शर्मा, निश शर्मा , अँशुमाला शाही , सरोज् खनाल , सुनिल  पोखरेल,  लाहुरे बा ,रामचन्द्र  अधिकारि, रमेश बुदथोकी अनी चैने   केरे अनेकौ अरु हरु पनि ।  
आरोहण् अनी अन्य समुह ले बनाएका केही उट्क्रिश्ठ   टेलिसिरिअल हरु   
१) राप २० रुपमती  ३) गुलाफ् एकै पटक  फुल्छ ४) चक्रब्युह ५) टाढा को बस्ती ६) मह को भकुन्डे भूत अनी अरु अरु ७) अलिखित 8) निमित्त नायक
चैने केरे कत्ती राम्रा थिए राजा रानी लाई देखाउने गीत हरु ।
अनी केही सदाबहार बिज्ञापन हरु
" म हुँ सुपर टाप् ,म लुगा लाई सेतो पर्छु, उ कस्तो फिज। म चम्किलो पार्छु सुपर टाप् "
" आज  तिमी चार महिना को  को भयौ डक्टर  अंकल भन्नु हुन्छ अब तिमी लाई ठोस् आहार पनि चाहिन्छ "- त्यो भुरो बुढो  भएर पनि  मरिसक्यो होला । 
"सुन है सुन लौ  आयो नुन तरकारी अचार् मा, आयो नुन तरकारी अचार् मा आयो नुन तरकारी अचार् मा "
" त्यो पल्लो गाउ मा को पो रोएछ जा त गै हेर बूडी क्या पो भए  छ । - " झाडा पखाला को होला केरे भोटे सेलो मा
अब चैने केरे मलाई मन पर्ने भनेको चै
१) सिल्क रोड ( ब्रित्त चित्र )
२) संसरबार् को कुनै पनि फिलिमा
३) सिनेमा को गीत आउने चित्र लहर ( दुर दर्शन को चित्रहार जस्तै )
४) आयाम को फेशैन शोव
५) ढुकढुकि  - भास्कर् राज  कर्निकार को रियालिटी शो
६) नरिसाउनुस् है - सन्तोष पन्त
७) चन्खे र नक्कली का टुक्रा टाक्री हरु ।
Read Full Discussion Thread for this article