Posted by: crazy_love September 26, 2010
क्रमश:
Login in to Rate this Post:     4       ?         Liked by

भाग-१


ओरिएन्टेसनको पहिलो दिन मैले पाँच जनासङ कुरा गरेँ। ती मध्ये चार जना पुरुष र एक महिला थिए। त्यहीको स्टाफले चिनाएपछि उनिहरु म सङ कुरा गर्न राजी भएका थिए। शुरुमा त मलाइ बिस्वाश लागीरहेको थिएन कि उनिहरु मानसिक रोगी थिए। हुन सक्छ उनिहरु औषधीको असरले सामान्य अबस्थामा आइसकेका थिए। भित्र भित्र मलाइ डर पनि लागीरहेको थियो, कतै उनिहरु अचानक आबेशमा आएर प्रहार त गर्दैनन्। त्यसैले बस्ने मेच बिरामी भन्दा मैले केहि दुरीमा राखेकी थिंए। बाहिर सानो बंगैचा थियो, अरु स्टाफहरु पनि थिए। म सकेसम्म स्टाफ कतातिर छन भनेर बिस्वस्त हुन चाहन्थे। यदि मलाइ केहि समस्या परि हाल्यो भने उनिहरु मेरो उद्वार गर्न कति छिटो आउन सक्लान भनेर उनिहरु र हामीहरु बिचको दुरी कुराकानीको बिचबिचमा अबलोकन गर्थे। दुइजना सङ कुरा गरिसकेपछि म मा हौसला बढ्यो, मैले तेस्रो बिरामी आफै छाने र कुरा गर्न सक्छु भनेर अनुमति लिँए। कुरा शुरु गरेको एकै छिन पछि उसले पर एउटा महिला बिरामी बाहिर निस्केको हेर्दै थियो, उ त मेरो प्रश्न सुन्दै नसुनी उतैतिर गयो। पछि मैले देखे, उ बिक्षिप्त जस्तै थियो, उ बेला बेलामा धर्धरी रोइरहेको थियो। उ एकजना बाहेक अरु सबै मलाइ बिल्कुलै सामाजिक लागेको थियो त्यो दिन।


साइकोलोजीले किन हो मलाइ सधैँ तान्थ्यो। मानिसको साइकोलोजी त्यसको असर, मानसिक स्वास्थ्य र त्यो भन्दा पनि महत्वपूर्ण अनुभवको लागि राम्रो अबसर थियो। साइकोलोजी कहिले बुझ्नै नसकिने बिषय भयो मेरो लागि। रुचि भए पनि अहिलेको अबस्था चुनौतीपुर्ण थियो। म मा अनेकौ किसिमका शंका उपशँका हरु थिए। तिनीहरुलाइ लुकाएर पनि म सामान्य बन्ने प्रयास गरीरहेकी थिए। पाँचौ बिरामी, जो महिला थी। उसैले पहिलो प्रश्न मलाइ गरी।


"अब के गर्छौ त तिमी?"


"भनेको मतलब।" एक्कासी उसको यो प्रश्न मैले बुझ्न सकिन, उ मेरो परिचय पत्र हेर्दैथी।


"अब तिमी यहाको कर्मचारी भैहाल्यौ। तलब पाइ हाल्छौ, पढाइ पनि सकियो। अब तिम्रो के छ त अरु योजना?"


"हँ---?" मैले नसोचेको प्रश्न थियो, त्यसैले जवाफ खोज्नै सकिन। जे पायो त्यही भन्न मन लागेन।


"त्यसबारे मैले सोचेको छैन। तपाइ यहा आउनु भएको कति भयो?" मैले मेरो प्रश्न थाले।


"यसपटक तीन महिना भयो। अब छिट्टै जेल फिर्ता पठाँउछन् होला मलाइ।" उसले जेल पनि त्यसरी नै भनी जसरी हामीहरु पसल जान्छौ। मनमा किन होला जेल जानु पर्ने भन्ने प्रश्न त थियो, तर सोध्न अप्ठ्यारो लाग्यो। त्यसैले चुप भए।


"म आमा  बन्दैछु नि!" उसले आमा बन्नु पनि कुनै उत्साह नदेखाइ भनी। पहिले मैले उसको शरीर मोटै भएको कारण राम्ररी देखिन। उसले भनेपछि उ गर्भबती जस्तो देखिन थाली। मेरो अनुहारमा अरु आश्चर्यबाचक चिन्हहरु उदाउन थाले। कति सम्म ब्यक्तिगत प्रश्न सोध्न मिल्ने हो वा कति सम्म नमिल्ने म दुबिधामा परेँ।


"उ त्यो युनिट छ नि!" उसले हामी बसेकै ठाँउबाट अर्को उनिट देखाइ। "हो त्यहिको एउटा बिरामी सङ मेरो सम्बन्ध भयो पोहोर आँउदा। म प्रेग्नेन्ट भएको कुरा त्यसलाइ नि थाहा छैन। अब एक महिना बाँकी छ, बच्चा जन्मिन्छ अनि म हलुका हुन्छु।" उसको कुराहरु मेरो लागि झन झन कथा जस्तो रुचिपुर्ण लाग्न थाल्यो।


"अनि त्यसपछि--!" मलाइ सोध्न मन लागेको थियो, तैपनि नसोधी "ए, ए!" भन्दै टाउको हलाइरहेँ। फेरि उसैले भनी।


"यो बच्चा लिनलाइ एक परिवार तयार भइसके। सामाजिक कार्यकर्ताले सबै मिलाइसक्यो। मैले बच्चा राखेर पनि के गर्नु हैन? आफै छ- छ महिनामा अस्पतालमा भर्ना हुनु पर्छ।" उसैले सोधी, उसैले उत्तर दिइ।


मैले उसको बारेमा धेरै सोध्नै परेन। बाइपोलार डिस्अर्डर रहेछ शायद स्किजोफ्रेनिया पनि, अरु पनि धेरै डाइग्नोसिस थिए। उसको अरु पनि हुर्किसकेका बच्चाहरु थिए तर उसङ थिएनन्। उ कोर्ट अर्डर कुरीरहेकी थी, मैले त्यसमा केहि मद्दत गर्न सक्छु की भन्ने पनि बुझ्न चाहन्थी। म केही गर्न सक्दिन थें। कुराकानी अन्त्य गर्ने मोडमा आएपछि उसले फेरि सोधी।


"तिम्रो जीबनको लक्ष्य के?"


"अँ---!" म अकमक्किए।


"लक्ष्य क्या लक्ष्य?" उ "गोल" "गोल" भन्दैथी मैले बुझिन कि भनेर।


म उसङ माफी माग्दै रिपोर्ट बुझाउने बेला भयो भनेर हिँडे।


मेरो कानमा उसको सोधाइ गुन्जिरहेको थियो "तिम्रो जीबनको लक्ष्य के?"


कथाको शीर्षक नैं क्रमश: छ नि है?


to be continued..

Last edited: 26-Sep-10 01:56 PM
Last edited: 26-Sep-10 02:06 PM
Read Full Discussion Thread for this article