Posted by: timi_mero_sathi September 26, 2010
आज म मात्तिएर सबै भुल्न चाहान्छु
Login in to Rate this Post:     3       ?         Liked by
जिन्दगी त युध्ह हो, मातिएर लडिदैन
जिन्दगी त लक्च्य हो, आतिएर पुगिदैन
हिजो बिर्सेंर के गर्नु, भोली फेरी आज हिजो हुन्छ
जिन्दगी त सम्झना, हो बिर्सेंर बचिदैन


सबै भुलेर पिउदा जिन्दगी पो रित्तिन्छ
बरु पिउन भुल्दा जिन्दगी बाचिन्छ
आज मात्तिएर के गर्नु, भोली फेरी मात्तिनै पर्ने हुन्छ
जिन्दगी त कथा हो, नभनीकन सीध्हिदैन

जिन्दगी त छाया हो, भागेर छुट्टी पाइदैन
जिन्दगी त उपहार हो, नजिती पाइदैन
रि-सेट र रि-वाइन्ड छैन जिन्दगी को
जिन्दगी त एकतर्फी  बाटो हो, फार्किन पाइदैन  
Last edited: 26-Sep-10 07:43 PM
Read Full Discussion Thread for this article