Posted by: lauaayo September 22, 2010
Gyanendra not allowed to visit Kumaris in basantapur
Login in to Rate this Post:     0       ?        


नेपाली
लोकतन्त्रको स्वरूप



 



अहिले,
नेपालमा लोकतन्त्र त रहेछ, तर दलीय तानाशाहीद्वारा परिभाषित लोकतन्त्र रहेछ;
सुकीलाई नजरबन्दीमा राख्‍ने बर्मी सैनिकसत्ताबाट परिभाषित लोकतन्त्रझैँ। कुमारीको
दर्शन गर्न नजानू भनी नेपाल सरकारले पूर्वराजा ज्ञानेन्द्रमाथि लगाएको रोक यो
कुराको ज्वलन्त प्रमाण हो । कुमारीको सो जात्रामा अनगिन्ती नेपालीको सहभागिता
थियो, सहभागीमा निकै विदेशीहरू पनि थिए, तर सिंगै नेपालभित्र एकजना निज
ज्ञानेन्द्रमाथिमात्रै प्रतिबन्ध लागेको थियो । भन्छन्, गणतन्त्रमा त सबैभन्दा
सामान्य नागरिक पनि प्रधानमन्त्रीमात्र नभै राष्ट्रपतिसमेत हुन सक्छ । तर, के
लाग्नथाल्यो भने, नेपाली गणतन्त्र त्यो खाले गणतन्त्र रहेनछ ! सरकारको
मञ्जूरीबेगर एउटा नागरिकलाई कुमारीको दर्शनगर्न पनि जान नदिने राजनीतिले भोलि त्यो
नागरिकको अरू कुनै पनि संविधानिक-राजनीतिक अधिकारको हनन नगर्ला भनेर के अधारमा
विश्‍वास गर्ने ? सरकारले ज्ञानेन्द्रमाथि त्यसरी रोक लगाएको यो प्रसंगकोलागि
पूर्णरूपमा उत्तरदायी प्रम नेपाल नै हुनुहुन्छ । उहाँको मन्जूरीबेगर त्यो रोक
सम्भव नै देखिदैन; कि त उहाँलाई पूर्वजानकारी थियो, कि त अरूको आदेशलाई उहाँले
पछिबाट अनुमोदन गर्नुभएको हो । यदि ती कुरा होइनन् भने, सो घटनाको लागि उत्तरदायी
ठहरिने सबैलाई उहाँले खुलारूपमा र तत्कालै यथोचित कारवाही गरेर देखाउन सक्नुपर्दछ
। खेलाँची होइन, एउटा नागरिकको हिडडुल, सामाजिक सन्सर्ग र धर्मसम्बन्धी संविधानिक
अधिकारको अयुक्तियुक्त, निवार्य र विद्वेषपूर्ण हनन सरकारले नै गरेको छ ।
राज्यशक्तिको यस्तो दुरुपयोग त तानाशाहीमामात्र देखिन्छ। कति काँतर हुनुहुँदोरहेछ
त प्रम नेपाल, अनि कति सतही र आत्मविश्‍वासहीन रहेछ त नेपाली राजनीति !
ज्ञानेन्द्रले कुमारीको दर्शन गर्दा, आफ्नो अस्तित्त्व नै मेटिने देखेछन् उनीहरूले
! ज्ञानेन्द्रसँग त जनताले गरेको अभिवादनको जवाफ फर्काउन उठाउने २ हातबाहेक त अरू केही
पनि त छैन । बरू, आफूहरूले चाहेमा, जनताको लागि धेरै-धेरै गरिदिन सक्ने सबै कुरा छ
प्रम नेपाल र नेपाली राजनीतिसँग । तर पनि, खै त ? किन नगरेका ? अनि, किन डराएका
ज्ञानेन्द्रसँग ? सचेत समाजले जहिले पनि मान्छे रोज्छ कुलको, पानी खोज्छ मूलको ।
बृहत् नेपालको निर्माण, अद्यापि अस्तित्व र सुमधुर अन्तर्सामाजिक-सौहार्द्रको
प्रसंगसँग २४० वर्षदेखि ज्ञानेन्द्रको कुलको सोझो सम्बन्ध छ । मुलुकका नदीनाला
विदेशीलाई बेच्ने, विकासका संरचनाहरू नष्ट पार्ने, हत्या-हिंसा र अशान्ति मचाई
नेपालीहरूलाई विदेशिन बाध्य बनाउँदै लाखौँ विदेशीलाई खुलेआम नागरिकता दिई मूल
नेपालीलाई अल्पमतमा पुर्‍याउने, नेपाली-नेपालीबीच भाषा, क्षेत्रीयता, जातीयता
आदिको झगडा सल्काउने, मुलुकलाई संघीयताको नाममा टुक्र्‌याउने, विदेशीको त कुकुरको
पनि पाउ मल्ने, जनताको पैसामा कार्यकर्ता पाल्ने आदि प्रसंगसँग नै अधिकांशरूपमा
केही दशकदेखिको सम्बन्ध छ वर्तमान राजनीतिको कुलको । अहिले, कुलको यही भिन्नताको
कारणले आफूहरूलाई जनताले लत्याउलान् र पूर्व राजालाई फेरि वर्तमान राजा बनाउलान्
भनेर त नेपाली राजनीति त्रसित भएको होइन ? कुनै पनि कुराको माया त कि
जन्माउनेले गर्छ, कि त जोगाउने-हुर्काउनेले नै गर्छ। एकछिन खेलाउन आउनेहरूलाई,
मुलुकको माया के हो भन्ने के थाहा? नकाम गर्नेले मुखले जेसुकै भनिरहेको भए पनि
उसको आत्माले उसलाई सधैँ धिक्कारिरहेको हुन्छ रे! त्यो धिक्कारको पीडाले विक्षिप्त
भएपछि उसले कर्म र अकर्ममा भिन्नता देख्दैन रे ! यो कुरा कहीँ साँच्चै त होइन ?



 



माधवराज
आचार्य



Read Full Discussion Thread for this article