Posted by: BKMailo September 20, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

टुहुरा विद्यार्थीलाई बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोग

काठमाडौं, आश्विन ४ -
बेलायतमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुले भोजपुरका दुई विद्यार्थीलाई छात्रवृत्ति  उपलब्ध गराएका छन् ।


उनीहरुले आमा बाबु गुमाएका भोजपुर गाविस काफ्लेका सीता राई र उनका भाइ
संजीत राईलाई १ लाख ४४ हजार आर्थिक सहयोग गरेका हुन् । बेलायतस्थित नेपाली
विद्यार्थी संगठनका अध्यक्ष आङ्काजी शेर्पाले सोमबार पासाङ ल्यामु
प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पामार्फत पहिलो किस्ता स्वरुप ५७ हजार
रुपयाँ हस्तान्तरण गरे ।  बाँकी रकम २ वर्ष भित्रमा दिइने सहमति भएको छ ।


दुवै विद्यार्थी स्थानीय विद्वोदय उच्च माविमा अध्यनरत छन् । बेलायतमा
अध्यनरत विद्यार्थीहरुबीच भएको मैत्रिपूर्ण फुटवल खेलवाट सो रकम उठाइको हो ।

Source: http://www.ekantipur.com/np/2067/6/4/full-news/318123/

Read Full Discussion Thread for this article