Posted by: Geology Tiger September 17, 2010
मित्र जियोलोजी टाइगर समक्ष मेरा केही कुरा !
Login in to Rate this Post:     2       ?         Liked by

प्रिय मित्र नाज,


 


मेरो सुझाब र जिज्ञासालाई मनन गरेर त्यसको उत्तर दिने कष्ट गरेकोमा म तिमीप्रति धेरै नै आभारी छु (माफी चाहन्छु तर मलाई आफ्नो मित्रलाई हजुर र आफु भन्दा ठुलो मान्छेलाई स्योस् भनेर सम्बोधन गर्ने काठमाडौंका नवधनाढ्यहरुको चलन पटक्कै मन पर्दैन, बरु मलाई पनि तिमी नै भनेर सम्बोधन गरेमा खुशी हुने थिए)। तिम्रो यो उत्तर पढे पछि मैले एउटा कुरा मान्नै पर्छ र यहाँ भन्नै पर्छ, तिम्रो स्त्री र यौन बिज्ञानमा रहेको ज्ञान र अङ्रेजी र नेपाली दुबै भाषामाथि रहेको पकड देखेर म वास्तवमै कायल भए।


 


पछिल्लो समय साझामा तिमीले प्रियंका माथि सुरु गरेको धागोमा मैले गरेको टिप्पणीहरुको जुन किसिमले बचाव गरेका छौ त्यो पनि उत्कृष्ट नै छ। तर म अझै पनि तिम्रा कतिपय तर्कसँग सहमत छैन र यस बिषयमा मैले धेरै भन्नु भन्दा पनि मित्र दिमाग खराबले उल्लेख गरेको सानदाइको कुराहरुले सबै कुरा प्रस्ट पार्छ। हो तिमीले भने जस्तै एउटा प्रतिष्ठित कलाकार अथवा एउटा सार्वजनिक ब्यक्तित्वमाथि टिकाटिप्पणी गर्ने अधिकार सबै सर्वसाधारणमा निहित हुन्छ र एउटा सार्वजनिक ब्यक्तित्वलाई जसरी समाजले एउटा उचाइ र सम्मान दिएको हुन्छ त्यसै अनुरुप त्यो ब्यक्तिबाट कार्य होस भन्ने प्रशंसकहरुको चाहना हुन्छ।  जव त्यस्ता समाजिक ब्यक्तित्वहरु आफ्ना प्रशंसकहरुको आशा अनुरुप काम गर्दैनन् वा गर्न सक्दैनन् तिनिहरु माथि प्रशंसकहरुको आक्रोशको ज्वाला खनिनु स्वभाविक हो। कैयौ कलाकार, नेता र खेलाडीहरु यस्तो आक्रोशको शिकार भएको उदाहरण हामीले धेरै देखेका छौ। तिमीले उल्लेख गरे झै कतिपय कलाकारलाई यस्तो नकरात्मक प्रचारले पनि उल्टै फाईदा नै भएको छ।


 


तर म फेरी पनि सानदाइले उल्लेख गर्नु भएको कुरामा जोड दिन चाहन्छु। हामीले पेरिस हिलट्न र प्रियंकालाई एउटै श्रेणिमा रखेर हेर्न मिल्दैन। हुनसक्छ प्रियंकामा तिमीले भने जस्तै भबिस्यको कुनै कालखन्डमा महान कलाकार हुने र पुरै हलीवुडलाई हल्लाउने क्षमता छ होला। तर कम्तिमा पनि अहिलेलाई यी दुईलाई एउटै श्रेणिमा राखेर हेर्नमिल्छ भन्ने मलाई लाग्दैन। हामीले देखेका छौ कसरी हाम्रा ठुला ठुला कलाकार, बुद्दिजिवी, नेता आदी इत्यादीको नाम, मान-सम्मान यो अम्रिका भन्ने देशको हरियो पत्ताको अगाडि सोतर भएर ढल्छ भनेर। कसरी उनीहरु नेपालको एउटा प्रतिष्ठित सामाजिक व्यक्तित्वको जीवनयापनलाई तिलान्जली दिएर अम्रिकामा एउटा सामान्य कुल्लिको जीवन बिताउछन् यो हामी सबैलाई थाहा भएकै कुरा हो। यहाँ आएपछि उनीहरु र हामी सामान्य नागरिकहरु बिचको दुरी सबै मेटिन्छ। यदी उनिहरुले यहाँ पनि एउटा प्रतिष्ठित सामाजिक व्यक्ति बन्ने हो भने धेरैनै मिहेनत गर्नु पर्छ। चाहे उनीहरु एउटा कुल्लिको जीवन यापन गर्न चाहुन् अथवा नयाँ उचाइ हासिल गर्ने संघर्शमा होमिउन्, दुबै अवस्थामा हामीले गर्ने यस्ता नकरात्मक प्रचारले उनिहरुलाई नराम्रै असर पार्छ। यदी यस्तो प्रचारले उनिहरुलाई फाईदा पुराउने भएको भए सानदाइलाई तिम्रो त्यो धागोलाई हटाउने अनुरोध आउँदैन थियो होला। फेरी जति सुकै बिदेशी सिको गरे पनि बर्षौ देखि घोटेर पिएको हाम्रो संस्कृतिलाई पनि हामीले चट्ट त्याग्न सक्दैनौ र यस्ता प्रचारले बैबाहिक सम्बन्धमा असार नपुराउला भन्न सकिदैन।


 


तिमीले भने जस्तै म आफुलाई एउटा सामाजिक प्राणी त मान्छु, किनकी मलाई पनि परिवार चाहिन्छ, तिमी जस्तो साथीभाइ चाहिन्छ र साझा पनि  चाहिन्छ। समाज बिनाको जीवन म कल्पना पनि गर्न सक्दिन। तर तिमीले मलाई भद्रभलादमी भनेर कुन हिसाबले परिभाषित गर्यौ त्यो मैले बुझिन। एउटा सामान्य ब्यक्तिमा हुनुपर्ने सबै लक्षण ममा पनि छ। बाटोमा हिड्डा एउटा राम्रो केटी देख्दा आहा! क्या राम्रो केटी! भनेर मेरो मनमा पनि आइहाल्छ। मेरो शरीरमा पनि सेक्स हर्मोनहरुको बहाव हुन्छ नै। तर हामी सबैमा नितान्त शाररिक रुपमा उत्पन्न हुने यस्ता संबेगहरुलाई कसरी सामाजिक मर्यादाको संरचनासंगै मिलाएर लाने भन्ने जिम्मेवेरी पनि हाम्रै हो। राम्रो अनुहार, सुगठित शरीर र तिमीले भने जस्तै दृढ आत्मबिश्वास भएकी प्रियंकालाई देख्दा तिमीलाई पनि आहा भन्ने लाग्यो होला! तर छि! भन्ने बिचार  त मेरो मनमा पनि आएन। फरक यति हो, तिमीले यो भावनालाई सर्वजनिक गर्यौ तर मैले गरिन। तर उनको अहिलेको बदलिएको परिस्थितीमा चाँही के के कुरा सार्वजनिक रुपमा भन्ने र के चाँही आफ्नै मनमा राख्ने भनेर सोच्ने दायित्व पनि तिम्रै हो। म त तिम्रो एउटा शुभचिन्तक मात्र हुँ। तिमीसँग भएको प्रतिभा तिमीले कुनै सिर्जनात्मक कार्यमा लगाए हुन्थ्यो भन्ने सोच्छु र त्यसो भएमा पक्कै खुशी हुनेछु।


 


तिम्रो शुभचिन्तक!


तिम्रो मित्र!


जिटी


 

Read Full Discussion Thread for this article