Posted by: Rahuldai September 13, 2010
निर्णय।
Login in to Rate this Post:     0       ?        


दोस्रो भाग नि अस्ती नै पढि सकेको थिए। बडा चोटिलो प्रहार हो। जो कोइ पनि आलु बम बनाउने ध्रिष्टता गर्नेहरु माथि।



मैले एक जना टेक्सास तिरको इन्जिनियर साहेब भेटेको छु । अलुबम निकाल्न काठमाडौ  आएको बेला । गीत त गाउथ्यो ( धेरैले गाउछन ) तर नायक हुन लायक नि हुनु पर्‍यो नि ?


गीतकार पनि आँफै, संगित पनि आफ्नै ७-८ वटा गीत रेडिमेड रहेछ । चिनजान् को भएकोले मलाई नि बोलाए उनको रिहर्सल मा । देश कै नाम चलेक्को गीतारिस्ट, ड्रमरहरु भाडामा ल्याएका थिए । एक जना चौवन्नी गीतकार पनि । मलाई नि उनको गीत सुधार्न भनेको थियो ।
रक्सी मासु को फालाफाल। शब्दमा भाव भे पो सुधार्नु । जबर्जस्ती बनाएको गीत मा न भाव हुन्छ न फिलिङ ।


 एउटा गीत मा कमेण्ट हाने पछी गायक महोदयलाई पचेन । मलाई मासु पचेन ।



यस्तै रिहर्सल २-३ महिना चले रे । ६ महिना जती लगाएर आलुबम तयार भयो । ३० लाख खर्छ भए छ । ३० लाखमा घर बन्थ्यो त्यती बेला । सिट्टै बांडेको बाहेक १० वटा नि सी डि बिकेन ।  

Read Full Discussion Thread for this article