Posted by: Rahuldai September 13, 2010
माओवादी सभासद् किन्न पैसा मागेको स्वीकार
Login in to Rate this Post:     0       ?        

जंगलीहरु को कुरा सुन्नुस् न अझ............ ।
सांसद किन्न पैसा मागेको अपराध नै हैन, अझ बिदेशी सँग त्यो पनि माओ सँग खास सम्बन्ध भएको देश सँग । त्यो भन्दा चिन्ता तिनलाई सूचना फुस्केकोमा मा चिन्ता रहेछ ।
गोप्यता र मानव अधिकार हनन भयो रे । त्यस्तो कुरा हुनु खास कुरा हैन रे । वाह रे वाह कामरेड । लाज शरम भनेको पटक्कै न भए पछी नाङ्गै हिंडे नि हुन्छ भन्थ्यो। नाङ्गै हिंडे ।


जंगल हुंदा नि तिनलाई मलजल तिनैले गरेका थिए भन्ने कुरा को बलियो प्रमाण हो त्यो। नेपाल भन्ने पत्रीकामा तत्कालिन चिनिया राजदूत जंगलिहरुको शिबिरमा गएर फोटो खिचाएका फोटो छापिएको थियो । फोटोशप गरेर ट्रिक गरेको भनेर स्पष्टिकरण दिएका थिए त्यती बेला ।
हाकाहाकी टेपमा पैसा माग्नु त्यो पनि सांसद किन्न, अपराध भएन हाम्रो नयाँ नेपाल मा । देशको राजनीतिमा दक्षिण को दुष्ट देखिने गरी लाग्छन भने उत्तर तिरको न देखिने गरी । बुझ्नु पर्ने कुरा देखिने शत्रु भन्दा न देखिने शत्रु खतरानाक हुन्छ नै ।
   

Read Full Discussion Thread for this article