Posted by: बैरे September 9, 2010
बोका ब्यथा
Login in to Rate this Post:     0       ?        

४ जना एकै स्वोर मा ३:०० बजे तयार भएर बस है ।


२:४५मै काले आइ पुग्यो ।


- " के भयो छाडेर गए की क्या हो तलाई सबैले " मैले सोधे


काले - " जान्छन छोडेर , ज्यापु र भोटे उतै आउछु भन्या छन् , च्याङ्ग्रा को घरा
एक्लै जाने आटै आएन अनी तलाई ब्याक सप्पोर्ट को लागि लाग्न आट्या । जस्ट पास भए नी
तै होस् क्यारे सबै भन्दा जेहेन्दार "


इज्जत गर्या की बेज्जत पत्तो नै भएन ।


- " अनी तेरा माते हरु आउने भए त ? "


काले - " तिनीहरुले नी दुई मिठो शब्द बोलिदिए की फोकट मा खाना, पिउन पाउने ,
फोकट को माल जनावर ले त छोड्दैन , तरुनी हरु ले के छाड्लान "


- " कुरो त सहि हो, तर तिमी हरु को महाभारत हेर्न म किन पछि पर्नु ?"


काले - " तरुनी हरु ले फोकट को छाड्दैन भन्दा दङ्ग नपर , तेरो नी फोकट मा भलो भई
रहा छ , नाटक नगरी हिड "


कुरा त यो नी सहि हो  भन्दै लागे च्याङ्ग्रा को घर तिर ।


च्याङ्ग्रा कौसी बाट हाम्रो बाटो हेर्दै थियो । हामी आको देखेर तल झर्यो


काले तिर हेर्दै - " तेरा बाउँ लाई पहिले किन लिन नआको , बुढा को आउने टाईम
भैसक्यो , किन मार्न खोज्छस अघोरी ? "


काले - " के थाहा , हिट्लर घर मा छैन भनेर, म त सप्पोर्ट को लागि ई यसलाई लिएर
आको "


ई यसलाई ?? - पशु भन्या की मान्छे ,थहा भएन तर कुरा भन्या मेरै भई रहा थियो


च्याङ्ग्रा - " ल ल हिड , बाटो मै कुरा गरुला बुढा घर आयो भने फेरी चाट्न सुरु
हुन्छ "


बुढा भन्या चाँही च्याङ्ग्रा को बाउँ , बाउँ छोरा भए नी ग्रह दुबै जना को कहीले
जुर्दैन थियो , धान पिसिदा घुन नी सँगै पिसिएको झै, बुढा को पेलाई मा हामी नी
पर्थ्यौ ।


च्याङ्ग्रा को बाउँ आउने बाटोमा हामी कहीले पाइला नी नराख्ने भएको ले सधैं जस्तो
गल्ली तर्फ लाग्यौ । फाईदा ४ थियो -


पहिलो र सबै भन्दा ठुलो चुरोट तानेको कसैले थाहा नपाउने


दोस्रो च्याङ्ग्रा को बाउ को मुख देखे पछि दिन भरी सनीदेव ले सताउथ्यो, र गल्ली
हाने पछि सनिदेव टाढै बस्नु हुन्थ्यो    


तेस्रो गल्लीले मुल बाटो काटेको हुनाले आफ्नो लक्षण मा चाडै पुगिन्थ्यो


चौथो हामी जस्तै लक्षण चाडो पुग्नको लागि र सडक को किनारा पसल को बोका हरु बाट
बाँच्न तरुनी हरु गल्ली लिन थालेका थिए । साँगुरो बाटो दुई तर्फी लागेको मैय्या
हरु र हामी जस्तो बोका हरु को भेट हुँदा, १००% फाईदा हाम्रै हुन्थ्यो ।


गल्ली तिर लाग्ने बित्तिकै - " केटा हो नयाँ चुरोट "मोर मेन्थोल"  तान्ने हो ?"
भन्दै काले ले निकाल्यो खिल्ली


च्याङ्ग्रा - " थुईय बजिया ठिटी ले तान्ने चुरोट नी तान्छ कोही ? की ......"


च्याङ्ग्रा र काले को भिडन्त हुनु अगाडि नै मैले सुर्य निकालेर दिए च्याङ्ग्रा
लाई


च्याङ्ग्रा - "ल हेर चुरोट भन्या त आफ्नै सुर्य मिठो , त्यो अड्भरटाइस मा भन्या
जस्तो माइ नेपाल माइ प्राइड "


एक मुस्लो धुवा निकाल्दै थियो च्याङ्ग्रा , काले - " ओई, च्याङ्ग्रा उ त्यो पर
को बुढा हेर त कहाँ देख्या कहाँ देख्या लागेन ?"


देख्या देख्या भन्ने बित्तिकै मैले चुरोट भुइ मा फ्याकेर किल्ची हाले ,


च्याङ्ग्रा - " तलाई त जो नी चिन्या जस्तो लाग्छ लाछी मोरो "


बुढा जत्ती अगाडी आउँदै गयो उती चिन्या जस्तो लाग्दै गयो , करिब ५० फीट को दुरी
मा आइ पुग्दा बुढा को भनि सब ले चिन्यो , च्याङ्ग्रा ले चुरोट हत्त न पत्त पर्खाल
कटायो । आफु ले केही बोल्नु अगाडि बुढो मान्छे ले बोल्यो ।


- " ओहो युबराज कुमार हरु को कता तिर सवारी ?"


बोल्ने आट कसै मा थिएन , कसरी हुनु पनि, बोल्यो की ह्वास्स चिम्नी गनाउने , म
बुढा को बाघ झापु बाट नभेट्ने दुरी मा थिए सास जुटाइ बोले - " मुभी हेर्न जाने भनेर
लाग्या "


बुढा - " यसो समय हुँदा पढे नी हुन्थ्यो नी कत्ति बराली रहा , इनीहरु को संगत मा
जस्ट पास बाट झन्डै पास मा पुग्लौ नी होस् गर "


- " अब जाँच आए पछि खासै बाहिर हिंड्न पाउदैन, भनेर अहिले यसो मोज गरु भनेर हो
"


बुढा च्याङ्ग्रा लाई हेर्दै - " अनी हिरोको के छ हालखबर ?"


च्याङ्ग्रा केही नबोली मुन्टो मात्रै तल निहुराइ रह्यो ।


च्याङ्ग्रा लाई बोलाउन लाग्यो भने त्यहाँ छोरा हत्या मा बुढा भित्र पर्ला भन्ने
डर ले मैले नै फेरी मुख खोले , अनी आज अंकल को बाइक खै त ? "


- "ओफिस मा एक जना को एमेर्जन्सी परेर लग्या छ बेलुकी घर मै ल्याइ दिन्छु भनेर
लग्या छ ।"


काले लाई ज्यापु ले सधैं ठुलो मान्छे बोल्या बीच मा बच्चा हरु को काम छैन
भन्थ्यो कहीले मान्दैन थियो , आज नी बोल्यो ।


- "अनी अंकल ले ट्याक्सी चढ्न नी भ्याउनु भएन की ?" काले ले आफ्नो बहुमुल्य दात
किच्च देखायो ।


दात के देखाको थियो बुढा ले बाघ झापु दी हाल्यो , " ट्याक्सी चढ्या भए गल्ली बाट
हिड्थे " भनेर ।


बुढा - " अनी कुन मुभी हेर्न जना आट्या "


काले फेरी बुढा को झापु नपुगेको संकेत गराउन , " रङ्गिला "


बुढा - " तिमी हरु  जस्तो लम्फु लाई हेर्न बनाको हो ... ल ल जावो " फेरी
च्याङ्ग्रा लाई हेर्दै - " ओह आमिर खान बेलुका घर छिट्टै आउनु "


च्याङ्ग्रा मुन्टो बङ्गौदै हस भन्यो ।


बुढा ले फेरी न्याक्क गर्नु अगाडि लम्क्यौ , च्याङ्ग्रा ले बिस्तारै - "चुरोट
तान्या त देखेन हिट्लर ले " भनेर सोध्या के थियो


बुढा ले " ओये भाई "भनेर डाक्यो  ।


- "ल माम्पुली सुन्यो की कया हो ?" भन्दै च्याङ्ग्रा ले हजुर भन्यो ।


बुढा फेरी हामी भए तिर लम्किये । लौ मर्ने भैयो भनेर आफु साइड लागे , बुढा
च्याङ्ग्रा तिर बढेको देख्दा , हरिण को बाछोको अगाडि लम्केको बाघ आउँदा त्यो बाछो
ले जे सोच्छ च्याङ्ग्रा नी त्यहि सोच्दै होला भन्दै म कल्पना गर्दै थिए । बुढा ले
हात पछाडि लाग्यो च्याङ्ग्रा ले नी आफै लौ भेट्ने भयो भन्दै अली तर्किदै थियो ,
बुढा ले हात पछाडि को खल्ती बाट १०० को बाघ दिदै , लौ मोज गर भनेर दियो ।


- "समय समय मा साधु नी बौलाउछन भन्या यही हो" काले ले  मन्द मेरो कान मा भन्यो ,
च्याङ्ग्रा हामी तिर फर्क्यो , इशारा गर्‍यो - त्यो ईशारा को उल्था , "भाग बैरे भाग"

 
अली पर गए पछि च्याङ्ग्रा ले फेरी घाटी भित्र निल्या जिब्रो निकालेर
गर्ज्यो ," लौ निकाल अर्को सुर्य "


म - "तेरा बाउ को कार्खाना छ नी , निकाल भने पछि निकाल्ने .... उ तान बरु काले
ले ल्याको मोर चुरोट , नामर्द , बुढा को अगाडी केही बोल्न सक्ने होईन "


च्याङ्ग्रा - " सुनिनस बुढा को दाइलग , अरु को बाउ ले छोरा त्यो केटो सँग न हिड
संगत ले बिग्रेलास भन्छ, आफ्नो बाउ भने अरुको छोरो लाई मेरो छोरा सँग नहिड नत्र
बिग्रेलास भन्छ । तर बुढा ले सय चाँही झार्या नै हो , म त चुरोट तान्या कुरा थाहा
पायो भन ठानी रहाँ "
 
काले - " बुढा ले देखेर नी नदेख्या जस्तो गर्‍यो ,
हामीले तान्या नी नतान्या जस्तो गरिदियौ , सकी हाल्यो त "


च्याङ्ग्रा - " ठीक कुरा गरिस, ल यही उपल्क्ष्य मा एउटा सुर्य चुरोट किन त "


काले - " तेरो बाउ ले तलाई सुका देको होईन , त्यसैले किन न "


च्याङ्ग्रा - " ३ खिल्ली चुरोट को लागि सय साट्ने ??? सयको नोट को बेज्जत नगर न
यार, फेरी यो पैसा ले टिकेट किन्नु पर्छ नी तेरो भाउजु को लागि , बरु अहिले हाम्रो
सेवा गर, ज्यापु लाई तेरो बाटो बाट हटाउने जिम्मा हाम्रो, कसो बैरे "


- " हो हो " अरु के नै भन्न सक्छु र म ।


हामी हल्लिदै बिशो ज्योति हल पुग्यौ , भोटे र ज्यापु पहिले आइ सकेका रहेछन ,
तरुनी हरु नी उनी हरु संगै रहेछन । आफु सँग हिडेका दुई जना आगो भएको राप म सम्म आइ
पुगी सकेको थियो ।


केटा हरुको मुख हेर्न लायक को थियो । एक तर्फ भोटे र ज्यापु तरुनी लाई नहाने को
गफ पनि हाने भनाउदो मुख थियो भने अर्को तिर हारेको जुवारी जस्तो मुख च्याङ्ग्रा र
काले को थियो ।


सिमा - "कत्ति ढिला आको तिमी हरु अघि देखि कुर्ही रहेको "


भोटे - " नआको भए नी खासै केही फरक पर्दैन थियो " त्यसको स्वोर मा बिजय को ढाचा
थियो ।


उता अर्को २ जुध्न तयार थियो ।


सिमा - " ल ल भित्र जाउ , मुभी छुटिन्छ । खै टिकट " भन्दै भोटे तिर हेर्यो


च्याङ्ग्रा को सय जोगिया रहेछ जस्तो लाग्यो मन मनै ।


च्याङ्ग्रा र काले करायो -" हुदैन बस्दिन यो सिट मा । "


अब को का बस्ने बारे छल फल हुन थाल्यो , अत्ती भयो भनेर मैले सब टिकट
मागे ।


सबै लाई आ-आफ्नो टिकट बाडिदिए , सब चुप । आफु हल भित्र पस्नु अगाडि एक जना एक्लै
मुभी हेर्न आको मान्छे सँग आफ्नो टिकट साटे ।


हल भित्र छिरे पछि हाम्रो सिट मा कोही बस्या जस्तो देखेर च्याङ्ग्रा ले - " ओह्ह
भाई, यो हाम्रो सिट हो " भन्दै मैले टिकट साट्या ब्यक्ति लाई भन्यो ,


म - " होईन वहाँ को ठाउ त्यहि हो , ल केटा हो एन्जोए " भनेर म त्यो केटा को सिट
जुन अली माथि थियो त्यहाँ गएर बसे ।


मुभी सुरु भयो । म समय समय मा तिनी हरु बस्या ठाउँ मा हेर्थे , अनी आफै हाँसो
उठ्थ्यो । तिनी हरु को बसाइ यस प्रकार को थियो , हाम्रो सिट नम्बर १५ देखि २१ सम्म
थियो , १५ नम्बर काले , १६ मिली , १७ ज्यापु , १८ नम्बर मैले टिकट साट्या केटा , १९
नम्बर च्याङ्ग्रा , २० सिमा र २१ भोटे ।


क्रमश : 

Read Full Discussion Thread for this article