Posted by: बैरे September 7, 2010
बोका ब्यथा
Login in to Rate this Post:     2       ?         Liked by

समय टक्क अडिएको थियो, मेरो मुटु को धड्कन, बानेस्वोर को उकालो मा उक्लिएको कालो
ट्याम्पु नउक्लिदा जसरी पट पट गर्छ त्यसरी नै ढुक ढुक गरि रहेको थियो, मेरो पूरा
शरीर नै कापी रहेको थियो । शरीरको हरेक अंग बाट पसिना छुटेको थियो । अचानक त्यसले
खुकुरी निकाल्यो , अब त मेरो मुटु झन छाती बाट नै निस्किएर भुइ मा झर्ला जस्तो भएको
थियो । मैले पनि साहश जुटाए , - " बरु मार बाचे भने झै तेरो खैर छैन ....... " कुरा
सकिन पाको थिएन , भोटे मर्नु गरि भुइ मा लडी बुडी गर्दै हाँस्न थाल्यो ।


भोटे - " आबु तलाई, अनी त्यसले छाडी दियो भन न " ( भोटे को हाँसो अझै सकिएको
थिएन )


च्याङ्ग्रा - " मैले बोले की तलाई प्वाक्क किन बोल्नु पर्‍यो भन त !!! , अनी
हाँसे मात्रै हुन्थ्यो नी , नुहाइ नै दिनु पर्छ ? तेरो अगाडि बस्ने ले सधैं छाता
बोकेर बस्नु पर्ने हो ?"


कुरा खास के हो भने, महेन्द्र मालामा मानिस ले आफ्नो इन्द्रिय हरु मा काबु
राख्नु पर्छ भन्ने कुरा त हामी सबै ले पढ्या थियौ , तर आफ्नो मुख , खास गरि मुख बाट
उछिटिने थुक मा चाँही भोटे को काबु थिएन, बोल्दा र हाँस्दा सामुन्य बस्ने नित्रुकै
हुन्थ्यो ।


सीमा च्याङ्ग्रा तिर हेर्दै - " अनी के भयो भन न .. कस्तो क्लाइम्याक्स मा कुरा
काट्या होला " - भन्दै भोटे लाई घुर्न थाली


च्याङ्ग्रा को बढाइ चढाइ कुरा को राज त अब मैले खोल्नै परेन ।


च्याङ्ग्रा ले बोल्नु अगाडि नै भोटे बोल्यो - " त बहुन, झगडा को 'झ' सुने की
कुलेलम ठोक्छस , अनी अहिले यहाँ आएर खोक्छस "


- " किन झगडा भने पछि , छेत्री, नेवार, भोटे मात्रै अगाडि हुन्छन् , म नी छोरो
मान्छे हुँ, २-३ जना लाई त ढलाउने आट छ " ( आफु ले बोल्या कुरा आफै लाई नपचेर होला
च्याङ्ग्रा नी मुसु मुसु हाँस्न थाल्यो )


फेरी सिमा तिर फर्कदै - " अनी के हुनु नी , जान दियो हामी लाई "


मेरो मन को प्रश्न , सिमा को मुखले बोलिदियो - " हामी ????"


मन मनै त्यो हामी मा म नपरोश जस्तो लाथ्यो , तर भाग्य ले नी कति साथ दिनु भनेर
होला, कन्डो फर्काइ दियो ।


च्याङ्ग्रा - " अ हामी, यो बैरे त मुर्ती उभिया जस्तो गरि सास नै नफेरी बस्या
थियो "


बजिया ले खोक्न त खोक्यो, कुन सन्दर्भ , कुन दिन कुन ठाउँ केही पत्तो थिएन ,
शायद भन्या नी होला , तरुनी लाई चुट्या गफ मा के ध्यान दिनु भनेर आफु ले छेउ पुछर
सुन्या थिईन । अब टोक्न आउने भयो जस्तो लाग्यो ।


च्याङ्ग्रा - " त्यहाँ बाट फुत्के पछि , ओहो यार तैले आज ज्यान बचाइश भन्दै थियो
मलाई , मैले नी ठिकै छ दिए " ( मलाई हेर्दै च्याङ्ग्रा ले आँखो झिम्कायो )


केही बोलिन म चुप नै बसे


सिमा, च्याङ्ग्रा को हात समाउदै - " ओहो, अब चाँही तिमी सँग हिड्दा नी सेफ फील
हुने भयो "


च्याङ्ग्रा को गोली ले निशाना भेट्यो


- " ए बैरे , सुँग त सुँग यहाँ केही गनाइ रहा छ "


त्यो अर्को बाण चाँही भोटे लाई हाने को थियो । च्याङ्ग्रा, भोटे र सिमा को लभ
त्रिकोण मा आज च्याङ्ग्रा को बिजय भएको थियो ।


भोटे - "आयो , दिन मे रात, रात मे दात " काले र ज्यापु लम्किरहे तिर ईशारा गर्दै
भन्यो


त्यहि बेला मिली ले सिमा लाई कोट्टाइ , सिमा ले कुरा बुझ्यो ।


- " ल ल , हाम्रो ट्युसन जाने बेला भयो , पछि भेटुला है "


च्याङ्ग्रा - " आज बेलुका सिनेमा हेर्न जाने भन्या होईन ? "


सिमा - "ट्युसन , पढ्दै बिचार गरुला " भन्दै दुई जना लम्के


तरुनीहरु जाने बाटो र बोका हरु आउने बाटो एउटै पर्या थियो , शायद मिलीले बोका
हरु लाई हेरेर मुस्काइ होला , सुर्य को किरण ऐना मा परेर चहकिलो भएको झै काले को
दात चम्किरहेको थियो ।


च्याङ्ग्रा - " के हो मसाने, अरु त गोरो हुन्थ्यो , तरुनी हाँस्दा त चाँही झन
कालो किन ? ओहो गग्ल्स नै लाउनु पर्ने गरेर दात चम्की रहा छ नी "


भोटे - " के हो ज्यापु , खेत मा मुला डुकु भाको जस्तै छ नी , त नी दङ्ग छस "


ज्यापु - "तरुनी ले हेरे पछि , दङ्ग हुनु परेन त "


काले रन्थनेर निलो भयो - " भुत्रा हेर्या त तिर !!!!, तेरो काका लाई हेरेर
मुसुक्क हाँस्या देखिनस "


ज्यापु पाको बेला मा अङ्रेजी छोड्यो - " She was not looking at you, She was
looking through you "


ज्यापु, काले र मिली को अर्को लभ त्रिकोण को ब्यथा, यो सब को बीच चाँही म
पेलिएको थिए । हुन त पेलिएको के भन्नु , फोकट मा ख्वाइ पियाइ भई राख्या थियो , के
खोज्छस काणो , आँखो भन्या यही हो ।  ज्यापु , भोटे र काले को खल्टी गहिरो थियो ,
च्याङ्ग्रा ले तिर्या जस्तो गर्थ्यो मेरो रजाइ थियो ।


भोटे - " तेरो ईंग्लिश को जाच मा कत्ति आको रे ? "


ज्यापु ले ईंग्लिशमा ५ ल्याएर स्कुल मा रेकोर्ड राखेको थियो ।


च्याङ्ग्रा म तिर हेर्दै - " ओई भटक्ती हुइ आत्मा , के रमिता हेर्दै बसी रहाँ "


- " सित्तै मा ,मुभी हेरी राख्या नी " मैले नी दिए पाको बेला मा


भोटे - " मुभी त आज हेर्नु पर्छ , रङ्गिला रे ... "


म - " के को रङ्गिन हुने , जान्न म बेकारमा तिमी हरु को रमिता हेर्न "


ज्यापु - "आज  त च्यापिन्छ तरुनी लाई .... "


ज्यापु को कुरा सकेको मात्रै के थियो , काले को लोप्पा ज्यापु को टाउको देखि
खुट्टा सम्म पुग्यो


- "ईईईईईईईईसsssssssssss च्यापिस, भाउजु हो तेरो ईज्जत गर "


च्याङ्ग्रा - " सुन भोटे काले को कुरा सिमा नी तेरो भाउजु हो , इज्जत गर "


भोटे - " भाउजु होला तेरो , मेरो त डार्लिङ हो डार्लिङ "


म - " टुट यस्तो कुरा सुन्यो भने म बहुलाउछु , लागे म घर तिर "


४ जना एकै स्वोर मा ३:०० बजे तयार भएर बस है ।


क्रमश :

Read Full Discussion Thread for this article