Posted by: sYaKuuRiolAKU_nchImb September 5, 2010
Tape out-Krishna Bahadur Mahara ko asliyat..
Login in to Rate this Post:     0       ?        
मेरै स्वर पनि हुन
सक्छ : महरा



काठमाडौं, भदौ २१ (नागरिक)- एकीकृत माओवादी स्थायी
कमिटी सदस्य कृष्णबहादुर महराले परिचय नखुलेका 'चिनियाँ'सँग भएको भनिएको टेलिफोन
संवाद आफ्नै हुन पनि सक्ने बताएका छन्। 'मेरै स्वर हुन पनि सक्छ,' माओवादी निकट
जनदिशा साप्ताहिकलाई आइतबार दिएको अन्तर्वार्तामा त्यो तपाईंको स्वर होइन भनेर कसरी
विश्वास गर्ने भन्ने प्रश्नमा उनले भनेका छन्, 'आजकलको विज्ञान र प्रविधिको जमानामा
मैले प्रसंगवश कतै बोलेका कुरा जोडेर यो वाक्यांशहरूको टेप खडा गर्न कुनै कठिनाइ
छैन।'


[Disallowed String for - ] type="text/javascript">


[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
'मेरै
स्वर हुन पनि सक्छ,' माओवादी निकट जनदिशा साप्ताहिकलाई आइतबार दिएको अन्तर्वार्तामा
त्यो तपाईंको स्वर होइन भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्नमा उनले भनेका छन्,
'आजकलको विज्ञान र प्रविधिको जमानामा मैले प्रसंगवश कतै बोलेका कुरा जोडेर यो
वाक्यांशहरूको टेप खडा गर्न कुनै कठिनाइ छैन।'

उनले आजको विज्ञान र प्रविधिको जमानामा कृत्रिम भिडियो, अडियो र तस्विर खडा गर्न
कुनै कठिनाइ नभएको उल्लेख गर्दै यसअघि आएका शक्तिखोरलगायत अडियो, भिडियो टेपका
बारेमा नाम नलिई यसैगरी तयार गरिएको दाबी गरेका छन्। 'यस्ता भिडियो प्रकरण, टेप
प्रकरण हाम्रो पार्टी र हाम्रो पार्टीका नेताहरूलाई एकपछि अर्को जोड्दै यसो गर्दै
आएका छन्,' उनले भने।


उनले टेप प्रकरण आफ्नो व्यक्तिगत सवाल नभएको बताउँदै भनेका छन्, 'यो मेरो
व्यक्तिगत मामिला नभएर समग्र पार्टी र आन्दोलनको विषय हो।'

Read Full Discussion Thread for this article