Posted by: indramaharjan August 30, 2010
PARAS ko interview
Login in to Rate this Post:     0       ?        
terobaaje जी, गर्न दिएनन् भन्ने कुरा सुनेर यत्रो ज्यादो नहाँसौं न  हो। हाम्रो छोटे सरकारलाई नि त हिजो विदेशी INGOs ले नै गर्न नदिएका त रैछन् नि। विदेशीले नै केही गर्न नदिएर गणतन्त्र ल्याइदिएका रैछन। अनि फेरि छोटे र बढे दुइटै राजालाई आसेपासेले नै जनताको माझमा जान नदिएर अर्थात पर्खाल खडा गरिदिएर केहि गर्न दिएका रहेनछन्। त्यो मात्र होइन राजतन्त्रलाई २०१० को भर्सनमा अपडेट नि गर्न दिएका रैन रहेछन्।

तपाईं जस्तै हामी नि ३० साल तिर नै जन्मेका हौं। तपाईं जस्तै हामीले नै हरेक किताबको पहिलो पृष्ठमा राजाको फोटो हेर्दै अनि उनकी श्रीमतीले लेखेको कविता को सप्रसंग व्याख्या गर्दै परिक्षा नि दिएका हौं। नेताको चमचा भनेर तपाईंले सार्‍है दर्‍हो भन्नु भयो, यसमा गुनासो छैन। व्यक्तिगत आरोप नलाइ बहस गर्न नसक्ने कमजोरी ले नै हामी यहाँ पुगेका हौं कि ?

फेरि माओवादी र राजावादीको गुटबन्दीको बारेमा प्वाक्क बोल्यो भनेर नि चित्त दुखाउनु बाको रैछ। जब छोटे सरकारले नै खुट्टा उचालिसक्नु भएको छ भने, हामी भारदारहरु किन जान्ने पल्टिने ?


Read Full Discussion Thread for this article