Posted by: Geology Tiger August 25, 2010
I get offended when people ask me where I am from?
Login in to Rate this Post:     0       ?        

धेरै जनाको बिचार पढे, सबैले आफूले भोगे अनुसारको र जाने अनुसारको तर्क गर्नु भएको रहेछ। यसमा दुइटा कुरा मेरो पनि:


मलाई कसैले सामान्य रुपमा तिम्रो घर कहाँ हो भनेर सोध्यो भने मलाई कत्ती पनि नराम्रो लाग्दैन, कसै-कसैले हेपेर र हियाएर सोध्न खोजेको रहेछ भने उसको बोल्ने तरिकाबाटै थाहा हुन्छ, त्यो बेला चाँही रिस उठ्छ, नत्र कत्ती पनि रिस उठ्दैन। यहाँ एक दुई जना साथीले तेरो घर कहाँ हो भनेर सोध्नु राम्रो चलन होइन भनेर पनि लेख्नु भएको रहेछ, तर मलाई त्यसो लाग्दैन। केही समय अघि मान्छेहरुसँग कसरी परिचय गर्ने र सँगै बसेर कसरी खाने भन्ने एउटा कक्षा लिदा उनिहरुले मजाले एक अर्कालाई घर कहाँ हो भनेर सोध्न सिकाएको पनि मैले देखेकै हो। फेरी एउटा गोरेलाई पनि अर्को गोरेले तेरो घर कहाँ हो भनेर सोधेकै हुन्छ। म त कुनै नयाँ गोरेसँग परिचय भयो भने तेरो घर कहाँ हो भनेर सोधिहाल्छु, अमेरिका भन्दैमा हुन्छ र? अमेरिकामा पनि त दुनियाँ ठाउँ छन्, खै त गोरेहरु झन् रमाइ रमाइ आफ्नो घर परिवार सबको बयान गर्न थालछन्।
 
मलाई कस्तो लाग्यो भने केही साथीहरुलाई दुइचार जनासँग आफ्नो देशको बारेमा नराम्ररी सोधेको अनुभब रहेछ। तर त्यसैको आधारमा जो सुकैले तेरो घर कहाँ भनेर सोधे भने आफ्नो अपमान गरेको मान्नु भनेको त पुच्छर समातेर हात्ती भनेको डोरी जस्तो हुँदो रहेछ भनेर भन्नु जस्तो भै हाल्यो नि! होला एक दुई जनाले त्यसरी हियाएर सोधे होलान् तर सबैको अभिप्राय त्यस्तै हुन्छ भन्ने केही छैन।
 
फेरी अर्को कुरा त्यसरी सोध्ने बित्तिकै जातको अथवा रङको भेदभाव गर्‍यो भनेर दोष लगाउनु पनि ठीक होइन। हामीले बुझ्नु पर्ने एउटा कुरा के हो भने पक्का पनि बोलीको आधारमा, रङको आधारमा र अन्य थुप्रै कुराहरुमा हामीहरु यहाँका गोराहरु भन्दा फरक छौ, यो यथार्थ हो; हामी यहाँका गोराहरु जस्तै बन्न चाहेर पनि बन्न सक्दैनौ र बन्न आवश्यक पनि छैन। फरक अनुहार भएको, फरक रङ भएको र फरक शाररिक बनोट भएको अपरिचित मानिस देख्दा उनिहरुलाई पनि हाम्रो बारेमा जान्ने इच्छा हुनसक्छ र घर कहाँ हो भनेर सोध्न सक्छन्। तर त्यति सोध्दैमा त्यो सोध्ने मान्छे रङ्बादी र जातीबादी हुन्छ भन्ने केही छैन। मलाई हाम्रो नारिवादी आन्दोलनकर्ताहरुले लगाएको नारा सुन्दा कहिलेकाँही हाँसो लाग्छ, ' नारी पुरुष बराबर', 'नारी पुरुष समान'। ए बाबा जब प्रकृतिले नै नारी र पुरुषलाई फरक बनाएको छ भने हामी कसरी समान बनाउन सक्छौ? जब पुरुष र महिलाको शाररिक बनावटनै फरक छ भने कसरी समान हुनसक्छ? समानता भनेको त व्यबहारमा हुनुपर्छ। नारी र पुरुष भएको कारणले मात्रै उनीहरुलाई गरिने व्यवहारमा केही फरक नहोस्, त्यही हो समानता। त्यसैगरी हाम्रो बोली, रङ, शाररिक बनावट गोराहरु भन्दा बेग्लै छ, यो कुरा त हामीले स्वीकार गर्नु नै पर्छ, हामीले चाहेको के हो भने यसैको आधारमा हामीलाई गरिने व्यवहार फरक नहोस्। तर घर सोध्दैमा भेदभाव गरेको भनेर सोच्नु चाँही आफ्नै हिन विचार हो।         


मलाई पनि धेरै मान्छेहरुले तिमी कहाँको भनेर सोधेका थिए। तर मैले आफुलाई कहिले सानो महशुस गरिन। जब म अमेरिकाको दक्षिणतिर बस्थे, मैले उनीहरुलाई म नेपालबाट आएको हुँ भन्दा उनीहरु टोलो पर्थे, तर म दिक्क मान्नुको सट्टा यो उनीहरुलाई नेपालको बारेमा चिनाउने अवसरको  रुपमा लिन्थे र नेपालको बारेमा टन्न बताउथे। तर जब मैले पश्चिमतिर बसाई सरे तव मैले यस्ता गोरेहरु फेला परे जसले नेपाललाई चिन्ने मात्र होइन धेरै माया पनि गर्छन्, धेरै चोटि नेपाल घुमेर आएका पनि छन्। उनीहरुलाई मैले म नेपालबाट आएको भन्दा उनीहरु औधी खुशी हुन्छन्, त्यसैले म ढुक्क भएर उनीहरुलाई आफ्नो बारेमा भन्छु र उनीहरुसँगै रमाउँछु।  

Read Full Discussion Thread for this article