Posted by: asine prasad August 24, 2010
Breaking NEWS !! Plane carrying 15 person missing in Nepal
Login in to Rate this Post:     0       ?        

मकवानपुरमा अग्नी एयरको ट्वीनअटर विमान दुर्घटना

८ भाद्र, मकवानपुर । मकवानपुरको शिखरपुर-२ मोतिपुरमा मंगलबार विहान अग्नी एयरको ट्वीनअटर विमान दुर्घटना भएको छ । घटनास्थलमा शवहरुको टुक्रा यत्रतत्र छरिएका छन् । विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताईए पनि यात्रुको संख्या थाहा हुन नसकेको एकीकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामिछानेले जानकारी दिनुभयो ।

खराब मौसमका कारण लुक्ला अवतरण गर्न नसकेपछि काठमाडौं फर्कने बेला विहान साढे सात बजे विमान दुर्घटना भएको बताइएको छ । खराब मौसमको कारण विमान दुर्घटना भएको अनुमान छ ।

घटनास्थलबाट नजिक फापरबारी र हात्तिसुढे प्रहरी चौकी पर्दछन् । प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Share This Post

तपाईको मत

Read Full Discussion Thread for this article