Posted by: Geology Tiger August 21, 2010
बुद्ध तिम्रो सन्देश अव मलाई चाहिन्न
Login in to Rate this Post:     0       ?        

 


साझाबुसैमा मित्र, हामीलाई आवश्यकता छ, आवश्यकता छ हामीलाई! तर किताब र पत्रपत्रिकामा लेखिने, र भाषणमा छाँटिने बुद्धसन्देशको होइन; हामीलाई आवश्यकता छ, हाम्रो आफ्नै मनमा रहेको बुद्धको सन्देश सुन्ने! अरुलाई मात्र दोष किन? हामी आँफैले जीवनमा कति नराम्रो काम गर्यौ होला। के तपाईंले कहिले आफुले गरेको नराम्रो कामको लेखाजोखा गर्नु भएको छ? अनि प्रत्येक नराम्रो काम गर्नु अघि मनको कुनै कुनाबाट 'हैन यस्तो काम त गर्नुहुँदैन' भनेर आएको आवाज सुन्नुभएको छ? यदी सुन्नु भएको छ भने त्यही नै हो हाम्रो मनमा रहेको बुद्धको आवाज। बुद्ध हामी सबैको मनमै छ, बाहिर खोज्न जानु पर्दैन, केवल भित्री मनको कुरा सुने पुग्छ।


तपाईंको लेखको लागि धन्यवाद! कामना गर्छु बुद्धले यहाँको पुकार सुनुन्। 


अँ, साँच्ची एउटा कुरा सबै आलु कुहिए भने त बर्बादै भयो नि मित्र, आफ्नो त आलु भएन भने तरकारी नै पाक्दैन।  


 

Last edited: 21-Aug-10 03:01 PM
Read Full Discussion Thread for this article