Posted by: Geology Tiger August 20, 2010
Pukar Chhetri: Sticky thread needed
Login in to Rate this Post:     0       ?        

हामी सबैलाई एक अर्काको सहयोग चाहिन्छ। अहिले बलियो र सम्पन्न छु भनेर हुँदैन। समयको चक्रले कुन बेला कस्तो बिपत्ती ल्याउँछ भन्ने पत्तो कसैलाई पनि हुँदैन। त्यसैले हामीलाई एक अर्काको सहयोग अपरिहार्य छ। नत्र किन परिवार चाहियो? किन साथीभाइ र समाज चहियो? किन मेरो राष्ट्र र राष्ट्रियता चाहियो। यहाँ एउटा जीवनको अन्त्य भएको छ। विदेश गएर प्रगति गर्ला, नाम र दाम कमाउँला भनेर आशा गरिरहेको त्यो परिवारमा आफ्नो सन्तानको मृत्‍युको खबर सुन्दा कत्रो बज्रपात भयो होला? त्यतिले नपुगेर आज मृतकको शरीर देशमा फिर्ता पठाउन पनि आर्थिक अभावले गर्दा गार्हो भएको छ।


यस्तो आपतको घडीमा हामी सबैले सक्दो सहयोग गर्नु एउटा मानवीय कर्त्यब्य हो। त्यसैले सबैले सक्दो गरुँ। 


सुरुमा सहयोगका याचनाकर्ताहरुले पर्याप्त जानकारी नदिदाँ धेरै साथीहरुलाई भ्रम उत्पन्न भयो। धेरै सहयोग गर्ने चाहनेहरु पनि अलमलमा परे, तर अहिले सब अन्योल हटिसकेको छ। त्यसैले पहिले जो जो साथीहरु शंकाको करणले हिचकिचाउनु भएको थियो, अब ढुक्क भएर सहयोग गर्नुहोला।


यदी अझ पनि कोही यसमा वादविवाद गर्न चाहन्छ भने त्यो व्यक्ति वास्तवमा सहयोग गर्न चाहने व्यक्ति होइन भन्ने बुझिन्छ।


कसैकसैको गुनासो यस्तो वेबसाईटमा सहयोग मागेर यसलाई मागी खाने भाँडो बनाए भन्ने पनि रहेछ, तर मित्र यो साइटको उद्देस्य नै विदेशमा रहेका नेपालीहरु विच सुचनाहरु आदानप्रदान गर्नु र एक अर्कामा सहयोग पुर्‍याउनु हो जस्तो लाग्छ। यहाँलाई तरुनिहरुको नग्न तस्बिर हेर्न मन छ भने त्यसका लागि अरु थुप्रै साइटहरु होलान्।


अन्त्यमा यस्तो घटनाहरु घट्दा र सहयोगको याचना गर्दा पर्याप्त जानकारी उपलब्ध गराउने गरौ भन्ने एउटा अनुरोध सबैमा।   


 

Read Full Discussion Thread for this article