Posted by: chanaa_tarkaari August 18, 2010
Login in to Rate this Post:
0
?
फेरी परीचय उ सँग गर्नु पर्ने भो
पुरानो चिनजान बिर्सिनु पर्ने भो
त्यो साँझ त्यो रात त्यो आँधी
बिहान हुँदा अब बिर्सिनु पर्ने भो
त्यो मद भत्किदो हद ती स्पर्श
नउक्सीने बन्दकी झै बिर्सिनु पर्ने भो
त्यो अंगालोको बन्धन उर्लेका स्पन्दन
निथ्रुक्कै भएर फेरी बर्षा बिर्सिनु पर्ने भो
फेरी परीचय उ सँग गर्नु पर्ने भो
पुरानो चिनजान अब बिर्सिनु पर्ने भो
------
ओ हो हो हो !!!!मुटुलाइ छोयला कचिला बनाउने शब्द संयोजनअत्ति अत्ति मन पर्यो !!!!थुतुनो किताबमा पुराना पुराना मित्रहरुसित पुनर्मिलन हुन थालेसिन यो कविता अझै सान्दर्भिक हुन थाल्यो गाठे !!! क्यार्नी हौ !!!! यस्तै र'छ त नि नियति |