Posted by: Deep August 18, 2010
माकुरा
Login in to Rate this Post:     0       ?        

ramronepal,


प्रभो, यो राम्रोनेपाल भन्ने नयाँनेपाल जस्तो त होईन होला नी, कसो?


पैसा र बैस उस्तै उस्तै होईन त, प्रभो? हुँदा राप, नहुँदा ताप।


 


Bhojpure01,


प्रभो, भोजपुरकै हो कि क्या हो? ट्क्सार, गोगने, जरायोटार, दिङ्गला जस्ता ठाउँहरु मलाई पनि आफ्नै जस्तो लाग्छ।


त्यै त प्रभो, है? पैसा र बैस घाम जस्तै। झुल्के देखि चम्कियो, रन्कियो। साँझ तिर सिद्धिदै जाँदा सेलायो। रात परेसी त अन्धकार। राम राम राम। आफ्नो चै रात पर्छ फेरी ब्यान हुनेहरु चम्किन थाल्छन। यस्तै रे छ जिन्नगी ---


 


crazy_love,


"मैले पनि माकुरा नि देखेँ, जालो पनि झलझली देखेँ, समयपुगेपछि यस्तै देख्छन् कि क्या हो सबैले? "

खै -- आफु त जालोमा परेसी मात्रै माकुरो देखिन्छ --के भाको के --


 


arahat,


"....किन "down arrow" मा थिच्न सक्या होला असक्तिहरुले ..."


प्रभो, सान सरले म फलानो भनेसी धनुष र दुईटा बाण दिन थाल्या छन। एउटा रातो अर्को हरीयो। धनुष र बाण भेटीसी ताक्नेले ताक्छ्न। त्यस्मा अन्यथा लिनु हुँदैन। मेरो खेस्रालाई रातो बाणले मुन्ट्यायो त मुन्ट्यायो, हरीयो बाणले मल्हम पनि लगाएकै छ। म फेरी त्यस्तो उम्दा लेखक पनि होईन। रातो बाण रोक्न सक्ने हैसियत कहाँ छ र मेरो?


केही दिन पहिला मैले एक प्रसिद्ध भारतीय लेखक धनपत राय श्रीवास्तव जो मुन्सी प्रेम्चन्द नामले प्रख्यात छन उनका दर्जनौ कथाहरु पढें। ती कथाहरु मध्ये कुनै मलाई मन परे कुनै परेनन्।


माझिएका स्थापित लेखकहरुले त सधै पाठकहरुको मन बाँध्न सक्दैनन भने म जस्तो लेखनको एउटा सिकारु लहडी बिद्यार्थीले राता बाण भेट्नु के नौलो भो र?


प्रभोको सद्भाव पाएँ। अमुल्य हौसलाले धन्य भाको छु।


 


samarthan,


"I can not do anything than curse those stupid people who clicked on "down arrow".


ती राता बाणले मुन्ट्याउनेहरुलाई पनि सचेतकको रुपमा लिएको छु मैले प्रभो। उनीहरुले पनि गुन लगाएका छन।


प्रभोले Thumbs up !!! Clicked on "Up arrow" भने पछी मैले गरेको कोशीस सबै खेर गएनछ भनेर मैले बुझें नी। प्रभोले पनि धन्न "थम्सप" भन्या भे र सास आयो "फिङगरप" भन्या भे? राम राम राम!


ritthe,


"नराम्रो सँग बाँण हान्या रेछिन अभिलाषाले दीप ब्रो लाई !"


उनका मखमली बाण कैले अधरबाट चल्थे कैले परेलीबाट --- त्यस्ता बाणको बल्ल बल्ल बानी परिन्थ्यो प्रभो तर स्पर्श बाणले त खुत्रुक्कै पार्थे।


serial,


"दीप ब्रो को मुटु चसक्क भएन त.."


चसक्क मात्रै भए त हुन्थ्यो नी -- त्यो त एक चोटी न हुने हो --मान्छेलाई सिलौटामा राखेर लोहोरोले पिस्या छन। भन्न नहुने रे मात्रै।  :)


 


Birkhe_Maila,


बैस लङ्गुर बुर्जाको खाल अनि आफु जुवाडे भएसी पैसा त सिद्धिने नै भो नी जिम्माल--


तर जे भए नी -- त्यो नेपाल बरफ उत्तर पस्चिम--यस्तै आधा एक किलोमिटर जति क्या-- त्यहाँ दाइने पटीका घरमा आफु पैसाको बादल् मुनी परे पनी उनी बैसको आकासमा चम्केकी देखिन्थ्यो र हरेस खाईएन भनम न---कसो?


 


Stat,


"...यसै त उतै गाम तिर जान पर्‍यो भनेर मन बहकिएको बेला मा झन क्यारम र कसो गरम होला ..."


त्यो त हो प्रभो --क्यारम र कसोरम मैतीदेबी र बालुवाटार जस्तो भन्या। बालुवाटार तिर पुग्यो भेट नहुने -- थुक्क! उता मैतीदेबी जानु पर्ने रे छ भन्यो --मैतीदेबी तिर पुग्यो---थुक्क, बालुवाटार जानु पर्ने रे छ भन्यो -- कसै गरे नी नहुने --


 


बिस्टे,


"पैसो मा त कहिले तैरिन सकिएन यो जुनीमा,भाको बैस पनि ढल्कदो छ् प्रभो,अभिलाषा त थिए धेरै प्रभो हाम्रा नि तर प्रभो को जस्तो बत्ती गा बेला देखिने चै हैन। "


हरेस नखाम् प्रभो--अब शान्तीगोरेटो र मैजुबाहाल छरछिमेक भए नी चुच्चेपाटी-महांकाल तिरका अभिलाषाहरुलाई सम्झिम न --पैसा बतास, बैस गर्मी रे छ प्रभो--संगसंगै भए पो रमाईलो नी हुने -- कैले एउटा हुने, अर्को नहुने --कैले दुईटै नहुने --अनि के हुन्थ्यो --है, प्रभो?


 


Geology Tiger,


"माकुराको जालो,....... मलाई यो बाङ्गे भन्ने पात्र एकदम मन पर्छ...."


हो प्रभो, त्यै जालो बुनेर बस्ने माकुरो जस्तै थ्यो बज्या कैले कैले त -- हेर्न सम्म त रमाईलै हो - आफै त्यो जालोमा परीयो भने चै पन्छाउँदैको हैरान ---


 


bhakte dai,


"हराएको दिपको आगमन ले साझा मा फेरी रौनक छायो ..."


प्रभो --साझा त सबैथरी ताराले जगमगाएको आकास हो। खाली आफुले चिनेको तारा एउटा अन्तराल पछी देख्दा आकासै परीचित लाग्छ नी कैले काईं--त्यस्तै भाको होला --


म त सकीनसकी झिपझिप गर्ने नै प्रभोहरुको सदभावले हो।


 


perfectionist,


"दिल गार्डेन गार्डेन भो। "


प्रभो -- उसको पनि दिल गार्डेन गार्डेन बनाउँछु भनेर उसको मनमा ४ आना जति जग्गालाई बैना देको थिएँ --कुन सडको उसले त अर्कैलाई जग्गा पास गर्दीछ -- गार्डेनको बार्डेन त अचेल अर्कै छ छ -- मेरो त बैना पनि डुब्यो नी ---


 


Lekhak,


"---हाम्रो जमानाको संस्कृति बच्थ्योकी भन्ने सोच राख्दछु--"


खै प्रभो, हाम्रो जमानाको संस्क्रीती त छोराको बर्तमान गर्न पण्डीत खोज्दैथिईन अरे कपन तिर -- उनलाई बचाउने अर्कै छ -- १५ बर्ष अघि जग्गेमा बस्याथ्यो नी उनीसँग --हो उसैले बचाउँछ ----हामीले त सकेदेखी अचेलकै सस्कृती अगाल्नु पर्ने हो -- क्यार्नु र --


 


nakkali keti,


:) :)


सत-प्रतिसत थपेर नक्कलीकेटीआर्पण गर्दै। लौ जा त। जे पर्ला पर्ला।


 


spring1,


"आज मेरो मनले साझा मा जाऊ भन्दै थियो किना भन्या होला भनेको त दीपज्यू को दामी कथा आको रैछ"


मेरो नी मनले आज साझा जाम् जाम भन्थ्यो -- स्पृङ्ग लम्बर एक सँग भेट हुन रे छ -- यसै त मेरो मन किन बहकिन्थ्यो र --- पात झर्ने बेलाँ पलाको झै पो भो गाँठे!


 


Nepal ko chora,


प्रभो -- यो हाटाँ भेट भो धेरै पछी।


सुनमा सुगन्ध त मेरो होईन, सुन झै देखिने पित्तल चै मेरै हो तर त्यो सुगन्धित् सुन त प्रभोको मनमा अभिलाषाले उपहार देको रे भन्ने सुन्या प्रभो मैले त ---


 


love life ,


सद्भावको लागि आभार। खुशी लाग्यो। खुशी पनि स्कुलको घन्टी जस्तो लाग्छ --छुटछ। लागे पछी दशा जस्तो लाग्या लागेई गर्नु नी ---


 


ANS,


हेरी यस्तो यस्तो परेसी अनेक आउँछन की कुरा मन्मा, प्रभो --


फेरी परीचय उ सँग गर्नु पर्ने भो
पुरानो चिनजान बिर्सिनु पर्ने भो


त्यो साँझ त्यो रात त्यो आँधी
बिहान हुँदा अब बिर्सिनु पर्ने भो


त्यो मद भत्किदो हद ती स्पर्श
नउक्सीने बन्दकी झै बिर्सिनु पर्ने भो


त्यो अंगालोको बन्धन उर्लेका स्पन्दन
निथ्रुक्कै भएर फेरी बर्षा बिर्सिनु पर्ने भो


फेरी परीचय उ सँग गर्नु पर्ने भो
पुरानो चिनजान अब बिर्सिनु पर्ने भो



chanaa_tarkaari,


"ए दिप ज्यो , खै क्रमश खै? "


क्रमश: खै रे?


अभिलाषाको क्रमश: लाई अर्कैले पूर्णबिराम लाको जस्तो लाग्या थ्यो आफ्नो पाना पल्टाको पल्टाकै छु --क्रमश: मै मसि सुक्ला जस्तो भै सक्यो प्रभो---

Read Full Discussion Thread for this article