Posted by: SimpLe_KeTa August 17, 2010
आज म हराएँ आफ्नै देशमा
Login in to Rate this Post:     1       ?         Liked by

   सबैलाई मेरो मुस्कान अनि अभिवादन ।

---------------------------------------------------------------
Subrath
     जि को भावना र राजनैतिक चेतनाको म ईज्जत गर्छु ।


लेख्नु भएको छ, "जीवन-जगतका कुरा मित्रहरु ले गर्दै गर्दा एउटा खुराक यहाँ पस्कन्छुँ" ... अनि, सार्है मिठो पस्कनु भो, मेरो छिमेकि फेमस साईलिको भट्टिको तिहुन भन्दानि मिठो - जिब्रोलाई ट्वाक्क । अनि तिखो - पिरो; साईलिको "फेमस झोल" स्वाट्टै पार्न मिल्ने खाल्को ।

वहाँले आफ्नो भावना सुन्दर-तिखो शब्दमा यसरि ब्यक्त गर्नु भएको छ:

बुदै बुँदाले बनेको
म जन्मेको देश
जन्मभुमि भएपनि
कर्मभुमि नहुन सकेको देश

ईतिहासझै सत्य वचन ।
गौतम ले बुद्ध बन्न नेपाल छाड्नु पर्यो रे, सिताले पुजिन राम संगै जानु पर्यो रे... भन्छन देउताले समेत छाडेको देश रे - यो नेपाल भन्ने देश ।
म कद्र गर्छु सुब्रातजिको...

कुरै कुरैमा राम्रो

काम गर्नुपरे अरुको

बुँदै बुँदैले बनेको देश

हल्लै हल्लाको देश भनेझैं "बुँदै बुँदाको देश" पनि मेरो लागि नेपालको स्विकार्य सत्य तथ्य हो ।
"कुरै कुरैमा राम्रो" भुईफुट्टे नेताहरुको मगजको एक्टोपिआ रे नि सैदान्तिक युटोपिआ, अनि देशचैं बन्यो झन्डै ईथिओपिआ  ...

खै के खै के...


जे होस...

सुब्रातजि लाई धन्येबाद ।

---------------------------------------------------------------
Last edited: 17-Aug-10 07:53 AM
Read Full Discussion Thread for this article