Posted by: raja_ August 13, 2010
बिचार पुर्याउ है.... आफ्नो पनि भविश्य बारे ध्यान दिउ है।
Login in to Rate this Post:     5       ?         Liked by
आज भन्दा १० बर्ष अगी म मेरो घर को अर्थिक अवस्था अलिक कम्जोर भएकाले बिदेसिन पुगेको हुँ। मेरो घरमा बुवा मुवा एक दाई र एक दिदी हुनु हुन्थियो। म २३ बर्षको थिए जब बिदेसिएको थिए। त्यो समयमा घरमा दाई पढ्ने दिदी पढ्ने म कान्छो छोरा अलिक कम पढ्ने भएको हुना ले बुवा ले बाबु त बिदेश गएर दुई चार पैसा कमाउन सकेर हामीलाई पठाउन सकिश भने हाम्रो परिवारको लागि एकदम राम्रो हुन्थियो भनिरहनु हुन्थियो। त्यतीबेला दाई इन्जिनिर पड्दै हुनु हुन्थियो भने दिदी मेडिसिन पड्दै हुनु हुन्थियो।

म स्टुडेन्ट भिसामा होल्यान्ड गए तर मेरो मुख्य उदेश्य पढ्नु भन्दा पनि पैसा कमाएर घर पठाउनु थियो। त्यहा गएर म केही नेपाली साथीहरु सँग सँगइ बशे। मेरो उदेश्य पैसा कमाउनु भएको हुनाले उनिहरुले पनि कलेज नगएर काम खोज्न नै जाने सल्लाह दिये। गएको ३ दिनमा नै मेरो कलेज को डकुमेन्ट देखाएर बैंक खाता खोले अनी डेबिट कार्ड दियो। त्यही नेपाली साथीहरुको सहयोगमा मैले कुल्बिन्दर पाजीको पसलमा काम गर्ने मौका पाए। कमएको पैसा अफुलाई खान बस्न र अली अली पाकेट मनी बाहेक सबै पैसा घर नै पठाउथिए। घरमा कैले पनि पैसा पुग्दैन थियो। पठाउन अलिकती ढिलो भयो भने पनि फोन बजि हल्थियो। अनी घरको पैसाको समस्या सुरु हुन्थियो। दिदी दाईको टिउसन फी, छिमेकीले तला थपे, घर मर्मत गर्नु पर्ने, फलाना सँग लिएको रिन, एस्लाई दिनु पर्ने उस्लाई दिनु पर्ने त त्यहा जाँदा लिएको रिण इत्यदी इत्यदी। घरको समस्या टार्न पनि डेविड कार्ड ले सकेन क्रेडिट कार्ड नै चलाऊनु पर्‍यो। अब क्रेडिट कार्ड चलएको पैसा पनि तिर्नु पर्‍यो घरमा भनेजती पैसा पठाउने काम कम हुन थाल्यो। बल्ल ५ बर्ष पछी दाई दिदी को पढाई सकियो सुन्दा धेरै खुशी लाग्यो अब जिम्बेबरी पनि कम हुने महसुस भयो। तर एकदिन घरबाट अचानक फोन अयो कुरा उही त्यही पैसाकै दाई अमेरिका जाने रे दिदी पनि जनेरे पैसा चाइयोरे, सात बर्ष सम्ममा मसँग क्रेडिट कार्डमा अली अली बचेँको मात्र बाँकी थियो। अब ऐले सम्म घरको समस्या टारी रहेको थिए यो पनि उनी हरुको भबिश्य बन्ने कुरा जसरी पनि जुटाउन तिर लागे। क्रेडिट कार्डमा भएको सबै पैसा निकाले साउसँग पेस्की लिये, साथीहरु सँग खोजे सबै चहिने जती पैसा घर पठए। उनिहरुले भिषा पनि पएछन। यता काम गरेर पैसा तिर्न गर्हो भएपनी उता दिदी दाई अमेरिका जान पएकोमा खुशी लाग्यो। अब मलाई यता पैसा तिर्दा तिर्दा गर्हो हुन थल्यो। साउले पनि काम धेरै लगएर कम पैसा दिन थाल्यो, साथी हरुले पनि पैसा मग्न थाल्ये, क्रेडिट कर्ड ले पनि ओवर चार्ज बिल पठाउन थाल्यो, टेलिफोन को बिल तिर्न नसकेर लाइन काटिदियो। एक्दिन दिक्क भएर नेपाल फर्किने सोच बनए एस्तो खाते जीवन बिताउनु भन्दा त नेपाल फर्कन नै बेश ठाने।…………………………………..

Read Full Discussion Thread for this article