Posted by: Birkhe_Maila August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     1       ?         Liked by

""खाना काल रिट्ठे माने पो - ह्या पाको बेला छोड्नु हुँदैन भन्दै घिचेको थियो टन्नै ""


प्रस्तुत हरफहरु, साझा चौतारी, भाग १९९ मा औतारी श्री लहरेकान्त लाकौल द्वारा व्यक्त गरिएको अनेक पानीवायु गफहरु मध्ये एक बाट उद्धृत गरिएको हो। पानीवायु गफ भन्नानाले पानी भित्र उत्पादन गरिएको वायु, पानीको उर्ध्वचापको कारणले सतहतिर विस्थापन हुँदै जसरी बिना कुनै अर्थ र गहन कारण नखुलाई बिलाएर जान्छ, ठिक त्यसैगरि औतारी श्री लहरेकान्त लाकौलको मुखारवृन्दबाट निस्किएका बचनहरु, बिना कुनै अर्थ र फगत झिनो कारण समेत नखुलाई ओइलाएर जान्छन्। माथिका हरफहरुमा पानीवायूगफकार श्री लहरेकान्त लाकौलले अरुले खाएको, खान पाएको, खाने आशय देखाएको आदि ईत्यादी कुराहरुले उनको तनमनमा उब्जाएको जलन, तडपाई र छटपटीको बडो ज्वलन्तताकासाथ व्याख्या गरेका छन्। कुनै वैज्ञानिकले यदि लाकौलजीको प्रत्येक खाना सम्बन्धी शारीरीक प्रतिकृयाको नाप लिइराख्ने हो भने चौतारीकै अरु औतारीहरु बिषेशत: श्री रिठाराम रायमाझी तथा चेली नानी चापागाईँले खानेकुरा खाँदाको प्रत्येक चपाईसंगै करिब आधा माना र्याल चुहाएको परिप्रेक्षमा हिजो र आज गरेर बिष्णुमती बगाईसकेका होलान्। स्मरण रहोस, यहि शिलशिलामा निजले राति राति एक्लै रोएर बगाएको टुकुचा घटाइएको छ। माथिको वाक्यहरुमा भने लाकौलजीको आक्रोश श्री रिठाराम रायमाझि र खानेकुरा पस्कने वयोवृद्ध श्री बिर्खबहादूर बोगटी तर्फ लक्षित रहेको। उनको यो रिस, जलन, औडाहा र छटपटिको आक्रोश कुनै वाण हान्न आतुर शीकारीले वाण तन्काएर कुम पछाडि सम्म लगेको तर हात नछोडिसकेको स्थितीको पोटेन्सियल ईनर्जीले भरपूर रहेको छ, र उनि यसलाई काइनेटिक ईनर्जीमा परिणत गर्न अत्यन्तै उत्प्रेरीत देखिन्छन्। प्रस्तुत छ उनको यस स्थितिको मुखाकृती-


Read Full Discussion Thread for this article