Posted by: Birkhe_Maila August 12, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

१) पहिले आँफैबाट सिरी गणेश गरम् न। मलाई शाकाहारी भोजन किन? दुई दुई वटा खसीलाई त सँगै गएर सफाया दिएर चुल्हे तथा थाले कारवाही गरे जस्तो लाग्छ।


माथि भनिए जस्तै, संगै गएर खसि सफाया कार्यक्रम गरौँ र त्यसो गर्दा, बुधुनो दाँत लिएर हैन, टिलिक्क टल्कने धारे दाँत लिएर जाँदा चोक्टा मजाले धुलो पर्ने भएकोले श्री चिपलकान्त चापागाईँको दाँतबाट मासु नचिप्लिई टुक्रा टुक्रा परोस भन्ने हेतुले शाकाहारी व्यञ्जन परोसिएको हो र यसरि व्यञ्जन परोसनुमा केवल मात्र केवल दाँत तिखार्ने अभिप्राय रहेको व्यहोरा जानकारी गराऊन चाहन्छु।



२) हर्क्या भागमा बङूरको मासु खोइ?


श्री हर्कबहादुर हाडा आजकल पाडातिर बढुवा भएको कुरा डढुवा बाँदरले सुनाएको हुँदा सम्पूर्ण अमेरिखर्क र केनडाँडाभरि आफूले जाने बुझेको पोखरीहरु डुल्दा पनि पाडा नभेटिएकोले धेरै बोसो खाएर ठोसो परेको ज्यानमा पाडा खाना दिइएको हो। फेरि पाडा खै त भन्नुहोला, हजूर त्यहि शाकाहारी खाना नै पाडा(पातलो डाइट) हो।



३) ठुल्दाइको भागमा त wrapper मार्का मम परे जस्तो देखिन्छ।


ठूल्दाईको भागमा र्यापर मार्का म:म परेको भन्ने कुरा नितान्त कपोलकल्पित् तथा 'ठूल्दाई भड्काऊ, चौतारीको ठालु पद पड्काऊ' भने जस्तो कुरा हो। उक्त म:मलाई घेरेको सेतो आवरण यहि बुढो तथा चाउरिएको कालो हातले ठसठसि कनेर मुछेको पिठोबाट बनेको कुरा पनि जनसमूदाय सामू जानकारी गराऊन चाहन्छु।


४) रिट्ठेको भागमा दालभात नभएर चिया र बिस्कूट (बिबिध पुरियाका) हुनुपर्ने।


रिट्ठेलाई चिया र बिस्कुट दिन खोज्दा हाम्रो पालाका चमेना, खाजा र सुपर बिस्कुटहरु लोप भएर गैसकेका र नयाँ बिस्कुटको स्वादमा रिट्ठे अलमलिएर बाटामा हिँड्ने तरुनिहरुको चच्छु स्वाद समेत लिन नसक्ने होला बजिया भनेर, राम्रो स्वास्थ्यवर्धक दाल भात तरकारि दिइएको हो, भनिन्छ नि, 'दाल भात तरकारी जिऊ धन सरकारी'।


५) लहरेको भागमा मकैका घोगाहरु हुनुपर्ने (स्मरण रहोस्, संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादति, बाँदरले मकै खान्छ" भनेर हामी सबैले रटेका थियौं)


लहरेको भागमा मकैका घोगा नभै हामिले नरिवल दिने निर्णय गरेका थियौँ तर नरिवलको अभावका कारणले गर्दा हामि बाध्य भयौँ। भैगो लहरेको बिषयमा धेरै कुरा नगरौँ।


६) आफ्नो भाग चाँही फोटो नखिची हत्तपत्त खाइहालेको हो? चौतारीको एक नम्बर हन्तकाली को हो भन्ने आज थाहा भयो। आफ्नो त खायो खायो जीतेको मासुमा समेत आँखा लगाएको (नत्र माइनस मासु किन भनेको) देखियो। मेरो भाग त उहिले ह्याप्स दिएको जस्तो छ।


आफ्नो भाग सबैलाई दिएपछि हसुरेको व्यहोरा उल्लेख गर्न चाहन्छु। जितेको मासु सुकुटि बन्दै गरेको कारणले गर्दा हमि घटाऊन बाध्य भएका थियौँ। मासु सुकेर केहि ब्याक्टेरिया र केहि औँसाहाहरु परेर पूर्णरुपमा सुकुटी बनेपछि सबैलाई एक एक छटाक दामासाइले भाग लगाएर दिइने छ।

Read Full Discussion Thread for this article