Posted by: Geology Tiger August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

 


लौ चिप्लेगुरु पनि पाल्नु भएछ, तारेमाम! अब चिया र चुरोट सँगै खानेहरुको त कुरै बेग्लै भयो नि! ठुल्दाइले भने जस्तो राम र सिताको जोडी,


तर मेरो मनमा धेरै अघिदेखि लागि रहेको जिज्ञासाको जवाफ दिएकोमा रिठ्ठेलाई पनि साधुबाद। अस्ति बोस्टोनमा रिठ्ठेसँग भेट हुँदा एकै चोटि गुल्कोज, थिन आरारोट, सोल्टी, पाइनआप्पल, बटरक्रेकर जस्ता विभिन्न नेपाली बिस्कुटहरुको हवारहवारती बास्ना आएको थियो। म त एक क्षण कहाँबाट के आयो भनेर दङ भएको! अब कसैलाई केही सोधु भने पनि बिस्कुटे भन्लान् भन्ने डर, अहिले आएर पो थाहा भयो सारा बिस्कुटको बास्ना यही रिठ्ठेको गोजीबाट आएको रहेछ। अनि रिठ्ठे महाराज अरु गोजिहरुमा के के राखने गर्नु भएको छ? जे होस् बन्दबस्तीको सबै समानहरु हुन्छ जस्तो छ, राती बास बस्नको लागि.....   ल है असली खजाना त रिठ्ठे महाराजको गोजी पो रहेछ। सबैलाई चेतना भया।


 

Read Full Discussion Thread for this article