Posted by: newlynew August 9, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

प्रिय मित्र Ajneya,
सायद मित्रले मेरो पोस्टिंग त्यति ध्यान दिएर पढ्नु भएको जस्तो लागेन| मेरा लागि संसारमा जति पनि बालबालिका छन् सब बराबर छन्, चाहे त्यो नेपाली को होस् वा बिदेशी को| मित्रले यहि कथनलाइ कपटपूर्ण वा छलछाम पूर्ण को बिल्ला ओढाउनु भएको भए मेरो भन्नु केहि छैन| "I am guilty as charged" भन्छन नि त्यही हो|


मित्रको कथन "हरेक बाउ आमा ले आफनो सन्तान अरु भन्दा सबल, सक्छम, र बल्वान देख्नु सर्बथा आप्रकृतिक वा नौलो चै आवस्य आनौठो चै होइन है" प्रति म ११०% सहमत छु| मैले निकेतका अभिभावकले भोट हाल्नुलाई अन्यायपूर्ण भन्ने बकम्फुसे र छलछाम पूर्ण आरोप् लगाउने आट गरेको छैन| वहाहरुले भोट हाल्नु प्राकृतिक कुरा हो|


मेरो नजरमा, मेरो विचारमा यस धागो मा चित्रित बालकको लागि भोट हाल्नु अरु शिशुहरुको लागि अन्याय हुन सक्छ| त्यो नितान्त मेरो विचार हो| अरुले भोट हाल्यो भन्दैमा म उसलाई अन्यायी मान्दिन| मेरो विचार संग सब जना सहमत हुनुपर्छ र त्यसैको अनुसरण गर्नु पर्छ जस्तो मलाई लाग्दैन| नत्र मेरो नाम हिटलर राख्दिए भैहाल्यो, या म संग सहमत नहुनेहरुलाई कपटी, छलछामी, बकम्फुसेको दोसल्ला ओढाइदिए पनि भैहाल्यो|


मित्र अब यसमा "चन्दा आतंक", "संबिधान", "६०१ सभासद" को प्रसङ्ग कसरि आयो त्यो तपाइलाई नै थाहा होला| मलाई न जान्ने रहर छ, न त जाँगर नै|

Last edited: 09-Aug-10 09:05 AM
Read Full Discussion Thread for this article