Posted by: Geology Tiger August 8, 2010
Out of 100 , 90 Percent sajha members are racist and bakamfusee
Login in to Rate this Post:     0       ?        

 


साझामा आफ्नो विचार राख्ने साथीहरुमा कति प्रतिशत साम्प्रदायिक छन् र कति प्रतिशत छैनन् भनेर छुट्याउन त गार्है छ होला तर मेरो चासो भनेको यो प्रतिशतको हिसाब भन्दा पनि हामी साम्प्रदायिकतालाई कसरी व्याख्या गर्छौ भन्ने हो। यदी कुनै नेवारको अगाडि नेवारलाई गाली गर्दा वा यदी कुनै बाहुनको अगाडि बाहुनलाई गाली गर्दा उनीहरु रिसाएर झगडा गर्छन् भने त्यो गाली गर्ने मान्छेलाई साम्प्रदायिक भन्ने कि रिसाउनेलाई? यसै गरी कुनै स्थान बिशेषमा भएको एक दुईवटा नराम्रो कुराहरुलाई आधार बनाएर त्यो ठाउँको सबै मान्छे नराम्रा हुन् भनेर भन्दा त्यो ठाउँको मान्छे रिसाउनु स्वाभाविक हो कि होइन?



हामीहरुको प्रमुख समस्या भनेको हामी आफ्नो जाती, भाषा र जन्मेहुर्केको ठाउँलाई माया त गर्छौ, तर अरु जाती, भाषा, र स्थानलाई सम्मान गर्न सक्दैनौ। मेरो विचारमा अरुलाई सम्मान गर्न नसक्नु नै साम्प्रदायिकता हो। ईतिहासमा यस्ता धेरै उदाहरणहरु छन् जहाँ एक जातिले अर्को जातिलाई अन्याय गरेको छ। आफ्नो पुर्खाले गरेको यस्तो कार्यहरु ठीक थिएनन् भनेर चिन्तन गर्नु र मबाट यस्तो कार्यहरु हुनेछैन भनेर संकल्प गर्नु त आवश्यक छ, तर त्यसो भन्दैमा अन्यायमा पर्ने जातिका मानिसहरुले अर्को जातिका मानिसहरुको खेदो खन्नु अथवा उनीहरुका पुर्खाहरुबाट भएका गल्तिहरुको लागि उनिहरुलाई दोषी ठहराउनु उचित होइन। ईतिहासको कुनै कालखण्डमा भएको एउटा घटनाको लागि सिङो बर्तमान दोषी हुन सक्दैन। कानूनी रुपमा पनि एउटा बाबुले गरेको अपराधमा उसको छोरो दोषी हुँदैन जबसम्म उसले त्यसमा मिलोमतो गरेको हुँदैन।



हो हामीमध्य धेरैलाई हाम्रो परिवारमा दिइएको संस्कारमा त्रुटिहरु अझै पनि छन्। त्यसकारण यदि अशिक्षित ब्यक्तिहरु अझै पनि जातियताको कुरा गर्छन् भने त्यो मेरो लागि नौलो र अचम्मको बिषय होइन। तर जो आफूलाइ शिक्षित छु भनेर दावी गर्छ र पनि सामाजिक विविधतालाई सम्मान गर्न सक्दैन त्यो ब्यक्तिले पाएको शिक्षा ब्यर्थ हो।



म आफूलाई दोषी महशुस गर्छु, शायद म आफू त अरु जाती र भाषालाई सम्मान गर्छु। तर जसरी मैले आफ्नो परिवारमा पाएको साम्प्रदायिक संस्कारलाई आफुले पाएको सांसारिक शिक्षाको धारले चिर्न सके, त्यसैगरी मैले मेरो परिवारको सबै सदस्यहरुको जातियता सम्बन्धी बिचारलाई चिर्न सकेको छैन। यदी कोही आफूलाई जातियता बिरोधी हुँ भनेर दावी गर्छ भने उसको जिम्मेवारी आफूमात्रमा सिमित रहँदैन, कम्तिमा पनि आफ्नो परिवारलाई त यो रोगबाट मुक्ति दिलाउन सक्नुनै पर्छ।             


 

Read Full Discussion Thread for this article