Posted by: Rahuldai August 3, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     1       ?         Liked by

नयाँ नेपाल को यात्रा
अन्तिम भाग


उग्र रुप लिंदै गरेको आन्दोलन र इअर्पोर्ट पुग्नु पर्ने दुइटै बिषयले निद्रा राम्रो सँग लागेन । मिरमिरे ब्यानै उठें । चिया खाएं । बिजुली आएको रहेछ। टि भि खोलें । जुन सुकै च्यानलमा आन्दोलन । तर सन्देश फरक थियो । रातो च्यानलले एक दुई दिनमा शोषित पीडितहरुको राज हुने र पूर्ण सत्ता कब्जा हुने झुठ खोक्दै थिए। अरु च्यानल हरुले झुक्क्याएर काठमाडौ ल्याइएका अन्जान ज्यानहरुको कथा । चर्को घाम अनि दुषित पानी ( ट्यांकर को) पिएर बिरामी परेका क्रान्तिकारीहरुको सँख्या ३ हजार पुगेको समाचार एउटा च्यानलले देखाउदै थियो भने अर्को ले हिंडेरै सर्लाही जान तम्सेका केही मदनवाहरुको मार्मिक अन्तर्वार्ता । क्रान्ति को खोल ओढेर भ्रान्तिको ब्यापार गर्ने कामरेडहरु को निर्लज्ज तस्बीर नाङ्गिदै थियो ।


यी भावना र यथार्थ भन्दा भिन्नै आफ्नो कथाको अन्तिम पाटो बाँकी थियो । आस्था र परम्परालाई जिउदो राख्न पनि मुश्किल पर्‍यो । लामो यात्रा अघी जहिले पनि स्वयम्भू, पशुपती , बगलामुखी , शंकटा माइ को दर्शन गर्न जान्थे । आस्था हो, ती देब देबीले केही नगरे पनि मन मा शान्ती हुन्थ्यो । हिंडेर जाने न त सम्भव थियो न समय । नजिकै को देब देबीको मा ब्यानै हात जोडें । यात्रा अबिरल होस् भन्ने कामना गरें । कम् से कम्  इअरपोर्ट सम्म सकुशल समयमै पुग्न सकुं भन्ने दैबी सहारा मागें। भगवानले प्रत्यक्ष सुनेको र जवाफ फर्काउने भए भन्थ्यो होला -" माग्ने भए ठुलै बार माग न, इअरपोर्ट पुग्न पाउं भन्ने नि बार हुन्छ, मुर्ख "।


 


बिदा माग्न दाई को डेरा मा पुगें । काठमाडौको रैथाने साहुजी - काजी खलक का सन्तान हामी, दाई डेरामा बस्नु हुन्छ, हामी आफन्तको घरमा । भाई र भाईको परिवार पुर्ख्याउली सानो घरमा । तै पनि हामी सुकिला मुकिला लाउने सामन्ती शोषक । गजब छ नयाँ नेपाल को नयाँ सामाजिक बिभाजन ।



दाई सँग केही क्षण कुरा गरी फर्किने क्रममा दाई बाहिर मूल सडक सम्म आउनु भयो । ताहाचल , महेन्द्र रत्न क्याम्पस नगै सिधै माथि जादा एउटा स: मिल भेटिन्छ । त्यहाँ निर पुगे पछी दाई ले काठ ओसार्ने रिक्सावाल लाई चिन्नु हुंदो रहेछ । दाई ले " पख मा त्यो सानु कान्छा लाई सुटकेश रिक्सा- गाडा मा पुर्‍याइ दिनु भन्छु भन्नु भयो र , सानु कान्छा लाई बोलाउनु भयो ।


सानु कान्छा - किन दाई ?



दाई - मेरो भाई लाई आज अमेरिका जानु छ, सुटकेशहरु अन्नपूर्ण होटल सम्म पुर्‍याइ दिनु ।


सानु कान्छा - जान्न आज ।


दाई - त्यसो न भन सानु कान्छा, आपत परेर भनेको । भने जती पैसा पाउछ ।


सानु कान्छा - जती पैसा दिए नि जान्न , जान्न भने पछी जान्न ।


दाई - किन न जाने भन न .


सानु कान्छा - हाम्रो हडताल भन्ने थाहा छैन ? जब सम्म हामी मजदूर हरुको सत्ता आउँदैन तब सम्म यो रिक्सा को पाङ्रा गुड्दैन । बुझ्नु भयो ??



"न करानुस् दाई यिनीहरु सँग । गुडाएर् लाई जाउला , साथीहरु लाई  भनेको छु, अरु पनि छन ।"



"म आउं कि ? "



"पर्दैन दाई , बिरामी मान्छे , यो घाम मा पर्दैन ।"


 
सानु कान्छा सँग एक छिन को भनाभन ले आँखा खुल्यो मेरो। दिन मा २-३ हजार कमाउने सानु कान्छा मजदूर शोषित पीडित , दलित , पिछडिएको जनजाती , हाम्रो दाई जो दिन भरी मेहनत गरेर ५०० कमाउन सक्नु हुन्न , सामन्ती बर्गमा पर्नु हुंदो रहेछ । तिनले खोजेको मजदूर को सत्ता के हो बुझ्न धेरै टाढा जानु परेन ।


खानावाना खाइवरि जाने तयारी गर्न थालें । ८.४५ बेलुकी को फ्लाइट को लागि २.४५ मा निस्कने र ४ बजेको बस नारायणअहिटी दरबारबाट चढ्ने प्लान गरें । शगुण , साइत को काम सकी घरबाट् निक्स्यौं भारी मन ले ।


पहिले पहिले देश छोडदा को भन्दा भिन्न पिडा र घाऊ बोकी हामी बसेको घर फर्केर हेरें । आमा हुंदी हो त सजल आँखाबाट ममता बगाउनु हुन्थ्यो । आशिष दिनु हुन्थ्यो। पछील्लो पल्ट अमेरिका जाने बेलामा, चाडै फर्केस, म धेरी दिन बाच्दिन भन्नु भाथ्यो । आजा ६ महिनाको कृया गर्न आएको छोरो ।  एक छिन आमा को सम्झनाले आँखा सजल भयो  ।


 साथी भाई हरु ले सुटकेश तान्न थाले , सड्क चिल्लो भए पो सुटकेशको पाङ्रा गूड्थ्यो । एकै छिन मै चाइनिज सुटकेशले आफ्नो गती देखाइ हाले । बोक्नै पर्ने अवस्था आयो। केही सय मिटर पर नै एक जना नाम्लो बोकेको दाई देखा पर्‍यो । भिनाजुले सोधी हाल्नु भयो, खाली हो?


"हो कहाँ सम्म जाने ? "


"अन्नपूर्ण होटल सम्मा जाने , कती लिने ? "


"सप्पै बोक्छु ,  ३०० लिन्छु । "



"हुन्छ ,सबै बोक्नु पर्दैन , हामीले सकेको हामी नै बोक्छौ ।  ल बोक । "



अघी बिहान देब देबी मा गरेको प्रार्थनाले काम गरे जस्तो लाग्यो । एक जना गैर माओवादी भरिया दाई भेटिनु भयो । पसिनाको मुल्यमा ठप एउटा गैंडा राखी दिएं । आशिष दिएर जानु भयो ।



नारायण हिटी छेउ मै कुर्‍यौ  केही क्षण । तहाँबाट देखिने ठमेल एरिया रातो हसिया हठौडा ले भरिएको देखिन्थ्यो । मानौ कि हामी मार्क्स , माओ , लेनिन भन्दा बढी क्रान्तिकारी छौ र साम्यवाद तिनीहरुले भन्दा धेरै बुझ्छौ ।



बस आयो, केही सीट खाली थियो । सामान लोड गरी सबै सँग निमेष मै बिदा मागी हामी दुई जना इअर्पोर्ट लाग्यौं । प्राय बिदेशी पर्यटकहरु थिए नै बसमा। बस नारायणहिटी , कमलपोखरी हुंदै गौशला चोक प्रबेश गर्दा सम्म खासै अबरोध भएन । गौशला चोक पुगे पछी सुरु भो जंगलीहरुको तान्डव । पर्यटक बस चल्न दिने उनीहरुकै निर्णय हो , जबर्जस्ती चलाइएको हैन । तर रिङ्ग रोड देखी बाटो न दिने तिनको नियत । ज्यान  जाला  बाटो छोडेन कमरेडहरुले । एक घण्टा लाग्यो, गौशला चोक बाटो इअर्पोर्ट को प्रबेश द्वार सम्म पुग्न । पुरै रिङ्गग रोड मजदूरहरुको सत्ता को झुठो आशमा चिच्याइ रहेका थिए। हाम्रो बस अझ त्यसमा चढेका बिदेश देखी पछी अझ हौसिए । "हेल्लो सर , हेल्लो कामरेड' भन्दै खुशी देखिन्थे। देशको अर्थ  तन्त्रको मेरुदन्ड मानिने  पर्यटन उद्योग धाराशायी भएको र हुंदै गएको सत्य के थाहा तिनलाई ।


इअरपोर्ट पुगियो , समय भन्दा चाडै । जिन्दगीमा पहिलो पल्ट इअरपोर्ट पुगेर खुशी भएं । धेरै पल्ट बिदेश गएं, मन खिन्न हुन्थ्यो देशको माटो र आफन्त को माया सम्झेर । यसपाली पहिलो पल्ट मन खुशी थियो । जंगलीहरुको दु:खबाट मुक्ति मिले जस्तो । ठुलै लडाईं लडेर आइपुगे जस्तो । म स्वार्थी भएको हुन सक्छु , आमाको चिन्ता हुन्थ्यो, चित्ता चढ्नु भयो। आफुले केही समयको लागि मुक्ती पाए पनि दाई भाई का साथै लाखौंं नेपालीहरु तिनको जंगली कृयाकलापबाट पीडित छन, आतंकित छन। तिनले कहिले मुक्ती पाउने हो थाहा छैन । के के मनमा कुरा खेल्यो , टोलारै रहें  धेरै बेर , आफ्नो बाल्यकाल बोलाई  रहें धेरै बेर । कति शान्ती थियो , कति सुन्दर थियो ।



सोच्दै थिएं , आँफैले आँफैलाई घोच्दै थिएं , प्लेन को बोर्डिङ टाइम भयो । बिस्तारै बोर्डिङ गेट को लागि पाइला चालें ।


अस्तु !!!!!
 
     

Read Full Discussion Thread for this article