Posted by: chipledhunga July 30, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, के संपर्क र संसर्गको कुरो गरिरहनु भएको? नभन्दै तपाईंको कुन्नी के भिटी हो उत्कर्षमै पुगेको जस्तो छ नि।
पर्भात ब्रो, छु ख?
बिष्टे, गर्मी त प्रचन्ड भन्नु कि मातृका यादव भन्नु, छन चाँही बेस्सरी छ। तर अहिलेसम्म १०० काटेको (हिट इन्डेक्स नजोडी) पुगेको छैन। जोड्दा त १०५ जती पुगिरहन्छ। रचनाकार बिष्टेको छिमेकी परेछन्, गायक चाँही आफ्नो टाढाको नातेदार पर्छन्। ज्ञानेश्वरतिरका हुन् केरे। २ बजे हो र अनुरोध संगीत आउने? २ देखि २:३० लोकगीत, २:३० मा समाचार अनि ३ बजे अनुरोध संगीत जस्तो लाग्थ्यो। खोइ फेरि समाचार आधा घण्टा लामो भए जस्तो त लाग्दैन। २ बज्नु अघि चाँही स्कुल प्रसारण भन्ने आउँथ्यो केरे, हैन? खोइ बिर्सिन थालीएछ।                   
Read Full Discussion Thread for this article