Posted by:
arahat July 27, 2010
Login in to Rate this Post:
0
?
नागरिकता लिन चर्पी बनाउनुपर्ने !
बुधवार, 28 जूलाई 2010 04:56 नागरिक
कालिकोट, साउन १२- अब कालिकोटका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी बनाउनै पर्ने भएको छ। जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको छ। गत वर्षको जिल्ला परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी ११ बुँदे घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको छ।
सरसफाइसम्बन्धी जानकारी भएपछि हालसम्म तीनवटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ।
कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको सरसफाइसम्बन्धी कार्यक्रम जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा विस्तारै चर्पी प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख छ।
उक्त कार्यालयका प्रमुख रामप्रसाद दाहालका अनुसार गत वर्ष दुई प्रतिशत चर्पीको प्रयोग भएको भए पनि यस वर्ष २८ प्रतिशत पुगेको छ।
ग्रामीण इलाकामा विभिन्न गैरसरकारी सङ्घसंस्था तथा सरकारी निकायबाट खुल्ला दिसामुक्त क्षेत्र घोषणा तथा सरसफाइसम्बन्धी काम हुँदैआएकाले चर्पीको प्रयोग बढेको बताइएको छ।
स्थानीयवासी चर्पीप्रति आकर्षित भएका कारण कर्णाली रोजगार कार्यक्रमको रकम चर्पीमा लगानी गर्न उत्प्रेरित गरिएको बदालकोट गाविसका सचिव भवनास साहीले बताए। रासस