झन्डै ५० दिन को बिश्राम पछी अधुरो अपुरो नयाँ नेपाल को यात्रा पुरा गर्ने जमर्को गरेको छु । ढिलो भएकोमा माफ गर्नु होला ।
नयाँ नेपाल को यात्रा भाग १४
भोली देखिको आम हडताल को रुप रङ कस्तो हुने हो ? सोच्दा सोच्दै कहिले निदाए छु पत्तो भेन । चाराको चिरिबिरे गुन्जनले नयाँ बिहानीमा एकै चोटि ब्यूँझें । नुवाइ त के गर्नु पानी भए पो , मुख धुवाइ गरी आँफै चिया बसालें । संभवत सप्पै भन्दा छिटो उठ्ने मै भएं त्यो दिन । आम हडतालको रुप रंग कस्तो हुने हो, कहिले सम्म हुने हो, असर कत्ती को हुने हो ? तिनै चिन्ताले होला । ग्वारीमरी किन्न पनि आँफै गएं । एका बिहानै हुने चहलपहल् थिएन । ग्वारीमरी पसल, केही मिठाइ पसल ( त्यो पनि मदनवाहरुको ) र केही किराना पसल खुलेका थिए आधा शटर बन्द गरेर ।
जबरजस्तीनामा प्रकरणले धेरै समय खाएकोले भेट्नै पर्ने महानुभावहरुलाई भेट्ने योजना थियो । किर्तिपुरका एकजना प्राध्यापक सँग समय मिलाएको थिएं आइतबार को। धेरै टाढा हैन साइकल चढेर पनि जान सक्ने भाको ले ब्रेअकफास्ट् पछी सडक नियाल्न बाहिर निस्कें । मुर्दा शान्ती थियो । साइकल पनि बिरलै देखें । कुनै अनिष्ठको भयले हतार हतार , हतास हतास हिंडेका आकृतीहरु बाहेक देखिन ।
घर आएं टिभी खोलें, कलंकी चोक मा , बालाजु चोकमा ७ बजे नै ४-५ वटा मोटारबाइकलाई आहुती दिन भ्याइसकेका रैछन् काम्रेडहरु ले ।
राजनैतिक टिप्पणी गर्नु यो नयाँ नेपाल को यात्रा लेख को उद्देश्य हैन र पनि यहाँ गर्नै पर्ने हुन्छ ।
जन आन्दोलन नामधारी आम हडताल के का लागि त ? आम जनता को सवाल थियो । मौजुदा संसदमा बहुमत प्राप्त सरकारले राजिनामा दिएर काम्रेड प्रचन्ड को सरकार लाई बहुमत पुर्याइ दिनु पर्ने रे । सरकार को असफलता मा , सरकारको आक्रमण्यतामा प्रतिपक्ष दलले बिरोध गर्नु र राजिनामा माग्नु लोकतान्त्रिक प्रकृया नै हो । अहिले को आम हडताल केवल प्रचन्ड महाराज लाई प्र म को कुर्सी दिलाउन मात्र ? आरोप हुनु पर्यो नि रजिनामाको कारण हुनु पर्यो नि ?
मखुला ??
एक सूत्रिय आरोप देखियो - बिदेशीको कठपुतलि सरकार रे । कठपुतलि नै हो भने संसद मा अबिश्वासको प्रस्ताव ल्याउनु, सरकार ढाल्नु , बहुमत जुटाएर प्रधान मन्त्री हुनु । काइदा यो पो हो ।
७.३० बज्दा न बज्दै गल्ली गल्ली मा अपरिचितहरुको आतंकी जुलुस सुरु भो । हात हातमा लाठी लिएकाहरु को गर्जन सुरु भो । ती लाखौं गर्धन फुल्ने गरी चिच्याउन आएकाहरुलाई के का लागि आन्दोलन थाहा थिएन । गरीबको हात मा सत्ता हुने झूठो सपनामा चिच्याइ रहे । के हामी जनता थिएनौ ? के हाम्रो जिउने अधिकार थिएन ?
बोल्ने को ? हातमा लाठी मात्र होइन, सामरिक स्थानहरुमा छापा मार्दा भेटिएका घातक हातहतियार ले जंगलिहरुको मनसूवा स्पष्ट देखिन्थ्यो । सरकार कमजोर छ, सडकमा केही अप्रिय घट्ना घटी हाल्यो भने सिंहदरबार कब्जा गर्न सकिने हलुका बिश्लेषण गरेको हुनु पर्छ कामरेडहरुले, के आइ सिंह ले कब्जा गरे जस्तै ।
धेरै महत्वपूर्ण भेट्घाट र काम गर्न पाइएन । दिनभरी टिभी मा आन्दोलनको लाइभ हेरी बिताइयो । च्यानल पनि थरी थरिका । काम्रेडहरुले चलाएको रातो च्यानलले आजै सरकार ढल्ने अनुमान गर्दै त्यही अनुसार को बिचार र बिश्लेशण पस्की रहेका थिए भने अन्य च्यानलहरुले बिभिन्न कोणहरुबाट ।
तनावपूर्ण तर शान्तिपूर्बक पहिलो दिन को आम हडताल सकियो । २७ ओटा मोटर बाइक कामरेड प्रचन्डलाई प्र म बनाउने अश्वामेघ यज्ञमा आहुती दिनु, ५० -६० जना घामले बेहोस् हुनु र २-३ दिन एम्बुलेन्स न पाएर मर्नु पनि शान्तिपूर्बक आन्दोलन हुनु को मापदन्ड भित्र पर्दो रहेछ ।
हुन पनि हो , त्यो भिड मा एउटा गोली ले सय शिकार हुन्थ्यो , बन्दूक सोझ्याए पनि ट्रिगर दबाएन कसैले त्यही नै उपलब्धी मानी भोली को त्रासदी लाई सहज स्विकार्दै शयन कक्षमा लागें ।
क्रमश: