Posted by: ramprasadneupane July 19, 2010
Idea Chaiyo!! Urgent..
Login in to Rate this Post:     0       ?        
लौ न मेरो नि समस्या समाधान गरम् न सर !

कुरो एसो परो |

मे २००८ देखी सेप्टेम्बर २००८ सम्म को तलब, मलाई करै नकाटी दिएछ मुर्दा ले OPT माSSSS ! अक्टोबर, नोवेम्बर, डिसेम्बर २००८ को तलब कर-सर काटी वोरी दिएछन !

ट्यक्स रिटर्न बाट झर्ने पैसो तुरुन्त चाहिया थ्यो , CITI बैंक को क्रेडिट कार्ड ले फोन गरेर हैरान हैरान! क्यार्ने ? जानिएन ! $३४०० को क्रेडिट मा $६४०० तिरी सके होला , जाठाहरु अझै $ १४०० बाँकी छ भन्छन ! खैर !

कुरो गरे कुरो कै दु:ख, नगरे नगरेकै दु:ख ! अब कुरो के भने नि माड्साब!

साहुँले जनवरी मै W-2 दियो, तुरुन्तै TURBO TAX (साथी बाट मागी ल्याएको क्र्याक्ड भर्सन ) बाट भरे, पैसो पाइ पनि हले १ हफ्ता मा !

समस्या के त तेरो? भन्नु होला !

छ् नि सर ! छ् नि !

अब त्यो TAX RETURN पाएर पचाइ सके पछी, साहुले अर्को W-2 नि दिन्छ बाSSSSSSS !!! त्यो के को ? भन्या त ! मे २००८ देखी सेप्टेम्बर २००८ सम्म को करै नकाटी दिएको OPT को W-2 रे ! ल हेर्नुश त ! आज आएर ! एस्तो नि गर्ने?

अब के गर्ने होला  भनी, मेरो सानो प्रश्न राखेको छु ! किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !
Read Full Discussion Thread for this article