Posted by: Rahuldai July 19, 2010
प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
Login in to Rate this Post:     3       ?         Liked by

प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
शरम र धरम बीचको ताला मिल्काउं कि ?


सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?
 
छल्की रहने, पोखिन पोखिन खोज्ने यौबन,
सदाबहारतिम्रो मातको नदी नाला फर्काउं कि ?
 
नजरले चित्त बुझेन कतै, अधरले  मन भरेन
टाँसीरहन सधैं तिम्रो हातको बाला बनीरहुं कि ?
 
जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि? 

Read Full Discussion Thread for this article