Posted by: arahat July 17, 2010
आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक
Login in to Rate this Post:     0       ?        

रिजन अस्ट्रेलिया जाने


काठमाडौं, ३२ असार : 
अघिल्लो वर्ष अमेरिकाको वैज्ञानिक संस्था नासामा आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक रिजन कार्की अर्को अवधारणा लिएर अस्ट्रेलिया जाने भएका छन् ।

कार्कीले तयार पारेको नयाँ सिद्धान्त र प्रविधि प्रस्तुतिका लागि अस्ट्रेलियाको टेरा ग्रेट कन्प|mेन्समा उनलाई बोलाइएको हो । उनले 'हिल ट्रेन'को अवधारणा तयार पारेका छन्, जसको नाम 'आरकेइई हिल ट्रेन' दिइएको छ ।

नेपाल पहाडै पहाडले घेरिएको देश भएकाले आफ्नो सूत्र र प्रविधिको धेरै उपयोगिता रहेको रिजनको तर्क छ । शुक्रबार नोबेल एकेडेमीमा भएको पत्रकार सम्मेलनमा कार्कीले भने, 'यस प्रविधिबाट धेरै छिटो पहाडी भेगमा तल-माथि गर्न सक्छौँ । यसमा कुनै प्रकारको प्रज्वलनशील इन्धनको प्रयोग नहुने हुँदा यो वातावरणीय हिसाबले पनि राम्रो छ ।'

रिजनको प्रविधिअनुसार, तलको वस्तु माथि लैजानुपरेमा पहाडको माथिल्लो भागमा रहेको वस्तुलाई गह्रौँ पार्ने र गह्रौँ वस्तु तल झर्दा तलको हलुका वस्तु माथि जान्छ । तलको ४८ किलोग्राम वस्तु माथि लैजानुपर्ने भएमा पहाडको माथिल्लो भागमा सय केजी राख्नुपर्छ । पानीको प्रयोगसम्बन्धीे २ देखि ५ अगस्टसम्म चल्ने सम्मेलनमा रिजनले 'पोस्टर प्रेजेन्टेसन' गर्ने जिम्मेवारी पाएका छन् ।

अस्ट्रेलियाबाहेक अमेरिका र बेलायतमा पनि रिजनको 'पेपर' छनोट भएका थिए । तर, ती दुई देशमा जान सबै खर्च आफैँले व्यहोर्नुपर्ने भएकाले उनले तत्काल नजाने निर्णय गरेका छन् । अस्ट्रेलियाले भने पाँच सय डलर सहयोग गरेको छ । बाँकी करिब दुई लाख रुपैयाँ नोबेल एकेडेमीले व्यहोर्ने जनाएको छ । नोबेल एकेडेमीका पि्रन्सिपल प्रा.डा. जयराज आचार्यले सो संस्थाले नकारात्मक पक्ष्ालाई बिर्सेर सकारात्मक पक्षलाई अगाडि बढाउन चाहेको बताए ।

http://www.nayapatrika.net/newsportal/desh/15247.html

Read Full Discussion Thread for this article