Posted by: Geology Tiger July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

 


चौतारीका सबै औतारिहरुलाई सन्ध्याकालिन तारेमाम्,


चौतारीले द्वितिय शतांक समारोह भब्य रुपले मनाउने तयारीमा जुटेका र जिम्मेवारी लिने सबै औतारीहरुलाई धन्यवाद।


साथमा एउटा सल्लाह:  नारी पुरुष बराबरी भनी जगतभर जताततै हल्ला फैलिएको अहिलेको अवस्थामा चौतारीमा भने बढी जसो पुरुष औतारीहरुको मात्र जमघट हुनुले चौतारीमा सुन्दरतामा फिकापन महशुस भएको कुरा सर्वबिदितै हो। त्यसकारण चौतारीमा रहेको यो असुन्तलनको अवस्था हटाएर सम्पूर्ण रुपमा चौतारीलाई हरियाली प्रदान गर्न षोडस कलाले युक्त भएका सुन्दरीहरुको चौतारीमा आगमन हुने विशेष व्यवस्था मिलाउन हुन यस समारोह समितिका आयोजक पधादिकारीहरुलाई अनुरोध गरिन्छ।


पुनश्च:  यसरी राम्री राम्री युवतीहरुको दर्शन हुने स्थिती आएमा बिहान बेलुकै चौतारीको गौडो ढुकेर बसिन्छ हैन भने पुरुष औतारीहरुको मात्र गन्ध सुङेर चौतारीमा बसिरहन असहनीय पनि हुन सक्छ।


 

Read Full Discussion Thread for this article