Posted by: Birkhe_Maila July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     1       ?         Liked by

जदौ! पुन्टे बुडा, दीप प्रभो, पुरे, रिट्ठे, लहरे, प्लाटिनम(?),चेली नानी,भूगर्भीय बाघ लगायत सपै औतारीहरुलाई!


अब कसरी झिक्या भन्नु। हेरि कुरो यस्तो परो-


हाकिमका कालले कइलेई फुरसत दिँदैन काममा। अब आफ्नो आराम गर्ने काम केवल आरामकोठा (चर्पि के चर्पि कस्तो नबुझ्या) मै हुन्छ। मजाले शुक्रबारको दिन ब्यानभरि कामले लखतरान ब'र एकछिन आरामकोठामा आराम गर्दै फुन मा इमेल, जिमेल, फिमेल...( आच्या फिमेल नि भनेव कि क्या हो?) हेरम भनेर आरामकोठा तिर प्रस्थान गर्दा भएँ।


शून्य सेकेन्ड: आराम कोठाको ढोका खुल्यो।


२.५ सेकेन्ड: आराम कोठाको ढोका बन्द भयो र खोल्नु पर्ने सार्नु पर्ने कुरा सारियो।


४.२ सेकेन्ड: आराम कोठाको आराम कुर्सिमा बस्ने तरखर गरियो।


४.२९ सेकेन्ड: गोजीमा भएको फोन झिकेर हेर्ने बिचार आयो।


४.३४ सेकेन्ड: सारिसकेको पोशाकको गोजि भेट्टाऊन आरामकुर्सि तर्फ फर्केर केहि झुकेर, खुम्चिएर मुजा परेको गोजिमा एउटा हात हाल्दै अर्को हातले सारेको पोशाक थाम्न खोजियो।


४.३५ सेकेन्ड: हातको बुढि, चोर रा माझि औँलाले फोन बरामद गर्यो र मुजा परेको गोजिको रेसिसट्यान्टको कारणले केहि बल लाग्न पुग्दा फोन फुत्त फुत्कियो। जसै फोन फुत्कियो फोन समातेको हातको साथसाथै सारेको लुगा समातेको हात समेत हावामा अगाडि बढ्यो...फोन 'च्वापल्याङ्गsss....' को आवाजका साथ आरामकुर्सीमा जमेको पानीमा डुबुल्कि मार्यो। पानीमा साना साना पानीका फोकाहरु 'बुलुक्...बुलुक' गर्दै सतहमा आउन थाले मानौँ मेरो फोनले अन्तिम सास फेर्दै छ। अगिसम्म समातेको लुगा 'सरर्र.' गर्दै भुईँको सेतो टायलसंग मितेरी लाऊन पुग्यो।


४.३६ सेकेन्ड: दायाँ-बायाँ केहि नसोचि दाहिने हात कुहिनु सम्म पानीमा घुपलुक्क डुब्यो र ओसिलो फोन सहित बाहिर निस्कियो।


४.३७ सेकेन्ड: फोन सहित हतार हतार आरामकोठाको ढोका खोलेर एक पाइला बाहिर निस्कियो र तत्कालै फेरि भित्र छिर्यो र ढोका लाग्यो (बाहिर एक जना महाशय अचम्मको नजरले कहिले मलाई हेर्दै थिए त कहिले मेरो कुरकुच्चामा पुगेको मेरो पतलुनलाई त कहिले मेरो हातमा पानी चुहाउँदै गरेको बिचरा फोनलाई!)


४.४० सेकेन्ड: थकित्,व्यथित् र आशंकित म आरामकोठाबाट फेरि बाहिर निस्किएँ र फोनलाई कागजे रुमालले पुछ्ने व्यर्थ प्रयास गर्न थाले!


Read Full Discussion Thread for this article