Posted by: _____ July 8, 2010
Interesting Read
Login in to Rate this Post:     0       ?        
अधिराजकुमारहरूले हत्यारालाई आश्वासन दिएका थिए
- पदम ठकुराठी, वरिष्ठ पत्रकार
मलाई गोली हान्ने मान्छे विकास गुरुङ हो । जगत गौचनको निर्देशनमा विकास गुरुङले नै मलाई गोली हानेको थियो । मलाई सिध्याउने उद्देश्यले ममाथि आक्रमण गरिएको थियो । तर, संयोगवश म बा“चें । त्यो विकास गुरुङ भन्ने मान्छेको पनि छुट्टै कथा छ ।
विकास स्याङ्जा आ“धीखोलाको मान्छे हो । गाउ“मा गुन्डागर्दीका लागि कहलिएको मान्छे रहेछ ऊ । गाउ“मा एउटा मान्छेको हत्या गरेपछि फरार भएर त्यो काठमाडौं आएको रहेछ । काठमाडौं आए पनि ऊ पुलिसको नजरबाट बच्न सकेन । स्याङजाबाट पुलिसले काठमाडौं पठाएको फोटो र रिपोर्टका आधारमा काठमाडौंको पुलिसले समातेर उसलाई डिल्लीबजारको खोरमा राखेको रहेछ ।
डिल्लीबजारको खोर त्यति बलियो थिएन । राणाको पालामा बनेको त्यसका भित्ताहरू मक्किएका र झयालका डन्डीहरू सबै खियाले खाएका थिए । त्यसका झयालका डन्डीहरू पनि फलामे नभएर बन्दुकको नालजस्ता भित्र धोध्रो परेका थिए ।
त्यस्तो कमजोर खोरबाट चाहने हो भने भाग्न गाह्रो थिएन । एक दिन विकासले खाना पुर्‍याउन आउने आफ्नो मान्छेलाई फलाम काट्ने हयाक्सो ब्लेड ल्याउन लगाएछ । चियाको थर्मसभित्र लुकाएर ल्याइएको हयाक्सो ब्लेडले झयालका दर्ुइओटा नाल काटेर ऊ त्यहा“बाट भाग्न सफल भयो ।
डिल्लीबजार खोरबाट भागेपछि ऊ ताहाचलतिर एउटा डेरा लिएर बस्न थालेछ । त्यहींबाट उसले आफ्नो चोरधन्दा चलाएको रहेछ । उसको धन्दा पनि गजबको रहेछ- विदेशी पर्यटकका कोठा फोर्ने । दिनभरि आफ्ना केटाहरूलाई काठमाडौंका कुन कुन ठाउ“मा विदेशीहरू बस्छन् भनेर पत्ता लगाउन पठाउने र राति लाइट अफ भएका ठाउ“हरूमा आफूसहित केटाहरूलाई लिएर चोर्न जाने ।
विदेशी पर्यटक त नेपालमा घुम्न आएका हुन् । उनीहरू सा“झ-बिहान जतिबेला पनि घुम्ने नै भए । झयालमा ग्रिल छ, ढोकामा ताला लगाएपछि उनीहरू त ढुक्कले राति बाह्र एक बजेसम्म कोठामा नर्फकने । त्यही बेलामा यिनीहरूको ग्याङ पस्दोरहेछ र पर्यटकका सबै सामान लट्टपिट्ट िपार्दो रहेछ । तिनै सामान बेचेर यिनीहरू काठमाडौंमा टिकिरहेका रहेछन् ।
उता, जगत गौचनले अमेरिकामा मलाई सिध्याइदिन्छु भनेर वचन दिएर आएको थियो । तर, मान्छेलाई सिध्याउन त्यति सजिलो कहा“ छ र † न उसले मलाई देखेको छ न मैले नै उसलाई देखेको चिनेको थिए“ । ऊ मलाई सिध्याउनका लागि सूत्रको खोजीमा रहेछ ।
यस्तैमा एक दिन म पत्रिकाको कार्यालयमा बसिरहेको थिए“ । बाग्लुङ घर भएका एकजना राजसभा स्थायी समितिका सदस्य-शर्मा थरका नाम अहिले बिर्सर्ेेको छोरो मकहा“ आयो । उसको बुबामार्फ उसले मलाई चिनेको थियो । म पनि पञ्चायत र्समर्थक मान्छे नै भएकाले उनीहरूस“ग मेरो चिनजान हुनु स्वाभाविक थियो । कहिलेकाहीं भेटघाट पनि हुन्थ्यो ।
उसले आफूलाई पत्रिकाको बाग्लुङ संवाददाता बनाइदिन मस“ग आग्रह गर्‍यो । मैले भनें- 'हेर पत्रिकाको बाहिरको संवाददातालाई पैसा दिने चलन छैन, तिमीले लेखेको केही पत्रिकामा छापियो भने त्यसको ५० रुपैया“ पाउ“छौ । यसरी काम गर्न राजी छौ भने ठीकै छ ।' उसले स्वीकार गर्‍यो । 'म बाग्लुङ-काठमाडौं आवतजावत गरिरहन्छु । यदि पत्रिकाको परिचयपत्र भयो भने मलाई भाडामा पनि केही छुट हुन्छ,' उसले भन्यो, 'र, मलाई पत्रिकामा काम गर्न पनि साह्रै इच्छा छ ।'
फोटो पनि बोकेरै आएको रहेछ । तुरुन्तै मैले उसको परिचयपत्र बनाइदिए“ । त्यसपछि उसले मेरो घरको ठेगाना माग्यो । मैले भनें- 'घरको ठेगाना किन चाहियो - पत्रिकाको ठेगाना भए त भैहाल्यो नि । यसैमा समाचार पठाए हुन्छ ।' उसले भन्यो- 'हैन दाइ, कहिलेकाहीं व्यक्तिगत काम पनि पर्नसक्छ, त्यसैले ।' मैले आफ्नो एउटा भिजिटिङ कार्ड उसलाई दिए“ ।
यसको तीन चार दिनपछि एक दिन मेरो घरमा फोन आएछ । म त सधैं दिउ“सो अफिसमै हुने । घरमा मेरी एकजना साली थिई । उसैले फोन उठाइछ । 'हामी कञ्चनपुरबाट आएको । माननीयज्यूलाई भेटौं भनेर । माननीयज्यूको डेरा कहा“निर छ - हामी भोलि बिहान भेट्न आउ“छौं,' फोन गर्नेले भनेछ । उसले होला त भनेर डिटेलमा लोकेसन बताइदिइछ । बेलुका म कोठामा पुगेपछि सालीले सबै कुरा भनी ।
'को रहेछन -' मैले सोधें ।
'खै नाउ“ त भनेनन्,' सालीले भनी ।
को रहेछन् त भनेर भोलिपल्ट बिहानभरि म घरमै बसिरहें । तर, बिहान कोही पनि आएन । को हुन् पनि थाहा छैन र फोन गरौं भने नम्बर पनि छैन । त्यसपछि म अलि ढिलो गरेर अफिसतिर लागे“ । उनीहरू बेलुकी तीन/ चार बजेतिर मेरो घरमा पुगेछन् । 'उहा“ त अफिस जानुभएको छ,' मेरो घरकाले भनेछन् । 'ए हामी हिजो फोन गरेका मान्छे । बिहान आउने भनेको मन्त्रीलाई भेट्न जानुपरेकाले भ्याएनौं ।' उनीहरूले मेरो एकदम नजिकको मान्छेजस्तो गरेर- 'माननीयज्यूको कोठा कुन हो - भनेर सोधेछन् । घरभित्र र बाहिर घुमेर पनि निकै हेरेछन् । म त्यतिबेला कम्पाउन्डसहितको सानो एकतले घरमा बस्थें ।
जगत गौचनले टंक गौचन भन्ने आफ्नो एकजना साथीस“ग मेरो विषयमा कुरा गरेको रहेछ । मलाई सिध्याउनका लागि उसले टंकस“ग- 'एकजना मान्छे खोज्दे न †' भनेको रहेछ । टंकले विकासलाई चिन्दो रहेछ । 'ज्यानमारा मुद्दा लागेको तर अहिले जेलबाट फरार भएको एकजना मान्छे छ । म ऊस“ग कुरा गर्छर्ुु टंकले भनेछ । उसले विकासस“ग गएर- 'त“लाई जति पैसा चाहिन्छ हामी दिलाइदिन्छौं, यो एउटा काम गरिदे,' भनेछ । विकासले 'मलाई पैसासैसा होइन, मेरो मुद्दामा जिताइदिने ग्यारेन्टी गर्र्छौ भने म सिध्याइदिन्छु,' भनेछ । अधिराजकुमारले भनेपछि सर्वोच्चले मुद्दा नजिताउने कुरा हु“दैन भनेर विकासलाई अधिराजकुमारस“ग भेटाउने जगतको र टंकको सल्लाह भएछ । त्यसपछि ज्ञानेन्द्र र धीरेन्द्र दुवैस“गै लगेर विकासलाई भेटाएछन् । ज्ञानेन्द्र र धीरेन्द्रले 'ल मुद्दाको तिमी चिन्ता नगर, हामी जिताइदिन्छौं' भनेपछि विकासले मलाई मार्ने जिम्मा लिएको रहेछ ।
पहिला त मलाई खुकुरीले काट्ने भनिएको रहेछ तर एकचोटी परिसकेकाले विकासले खुकुरीले काट्न मानेनछ । त्यसपछि मलाई गोली हानेर मार्ने योजना बनेको रहेछ । योजना त बन्यो । तर, पिस्तोल उनीहरूस“ग थिएन ।
जगत गौचन करा“तेको खेलाडी । उस“ग करा“ते सिक्ने चेलो रहेछ-नरशमशेरको छोरो प्रदीपशमशेर । जगतले एक दिन प्रदीपस“ग भनेछ- 'मलाई तर्राईतिर जानुपर्ने भएको छ । एउटा पेस्तोलको बन्दोबस्त गर्दे न †' करा“तेमा गुरुलाई अत्यन्तै मान्दा रहेछन्, चेलाहरूले । 'गुरु तपाईंलाई किन चाहियो हतियार - चालीस/पचास जनाका लागि त तपाईं एक्लै काफी हुनुहुन्छ नि †' प्रदीपले ठट्टा गर्दै भनेछ । 'विनाहतियार आए त पचास के सय पनि फाल्छु, तर हतियार लिएर आए भने के गर्ने नि †' जगतले जवाफ दिएछ । त्यसपछि प्रदीपले जगतका लागि हतियारको बन्दोबस्त गरिदिने भएछ ।
यो घटनामा इतिहास पनि जोडिएको छ । राजा त्रिभुवन जुरिच जा“दा त्यहा“को एउटा हतियार कम्पनीले राजालाई दर्ुइओटा पिस्तोल प्रिजेन्ट गरेको रहेछ । ती दर्ुइटा पेस्तोलमध्ये एउटा राजा त्रिभुवन आफैंले राखेछन् । अर्को एउटा चाहि“ नरशमशेरलाई दिएका रहेछन् । बाबुको त्यही पेस्तोल प्रदीपले जगतलाई ल्याएर दिएछन् ।
पेस्तोल त भयो अब गोली कहा“ खोज्ने † त्यतिबेला फिल्डमार्शल नीरशमशेरको नाति विनयशमशेर हाम्रा भाइहरूस“गै खरिपाटीमा आर्मीको टे्रनिङ गर्न गएको थियो । त्यहा“ तिनीहरूलाई 'चा“दमारे' हान्नलाई गोली दिइन्थ्यो । त्यसैमध्ये अलिकति गोली विनयले लुकाएर घरमा ल्याएको रहेछ । त्यो गोली त्यो पेस्तोलमा फिट हु“दो रहेछ । प्रदीपशमशेरले 'दसैंको बेलामा चा“दमारे हान्नर्ुपर्छ, दर्ुइचारओटा गोली दे न †' भनेर विनयस“ग मागेर ल्याएको रहेछ । यसरी प्राप्त भएका गोली र पेस्तोल लगेर हात्तीवन भन्ने ठाउ“मा लगेर विकासलाई गोली हान्ने तालिम दिइएको रहेछ । क्रमशः

Read Full Discussion Thread for this article