Posted by: chanaa_tarkaari July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     1       ?         Liked by
स्पेनलाइ जिताउन गो जर्मन गो भन्नु पर्याथ्यो - क्यार्नु? यसपाली त झूरै भो नि | जल्लाई सपोर्ट गर्यो तेहि हार्नी | द.कोरिया, अमेरिका, स्लोभाकिया, ब्राजिल, अर्जेन्टिना, इंगलैंड, जापान, र पोर्तुगल सपोर्ट गरियाथ्यो - ब्राजिल र अर्जेन्टिना मात्रै जित्यो | त्यसपछि घाना, ब्राजिल, अर्जेन्टिना, र पारागुय छानियो - जम्मै सोत्तर भए | त्यसपछि उरुगुय र स्पेन छानियो, उरुगुय चिलिम खायो | भएन अब भनेर आज स्पेनलाई जिताउन जर्मनीले बल लिएपछि तालि ठोकियो | बल्लतल्ल स्पेनले  जित्यो | १७ चोटी पोस्टमा हान्दा नछिर्दा त दिक्कै लाग्याथ्यो | धन्न एउटा छिर्यो र फाइनलको बाटो खुल्यो |

अब फाइनल मा नि स्पेन को सपोर्ट गरिन्छ | डचलाइ जिताउन होइन, स्पेनलाई नै जिताउन | 
Read Full Discussion Thread for this article