Posted by: chipledhunga June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

भुइँमा बस्दा दाग लाग्ला है
काखैमा बस्दा बात लाग्ला
हाँसौ खेलौं पातली है ओछ्याइदिउँला चकटी


मंगलबारे असार पन्ध्रे अनि विश्व कपे एसिया महाद्वीपे दूर्भाग्यपूर्ण बहिर्गमनमय जदौ।


ओहो हर्केले ल्याएको दही त नखानू नै ठीक होला। काठमाडौंको बाटोमा त्यस्तो धूलो छ, कम्तिमा छोप्नु त पर्छ दहिलाई। अमिलो आँप पनि के खाइ भो र। बरु चिउरासँग हाकु छोएला पाए चाँही हुन्थ्यो। अनि होनाचाको पीरो अचार् र चिसो बियर खाँदै इस्पेन र पोर्चुगल भिड्या हेर्नु हुन्थ्यो। खान पाउने कुरो त्यस्तै हो, जीत चाँही पोर्चुगलको होस्।
बाउचा, ठुल्दाइले पाइला टेक्या देश हल्यान्ड त बाँकी नै छ नि, तर बर्गशत्रु बलियो छ त्यसको पनि। मैले पनि ट्रान्जिट टेक्या देशमा जरामुनी बाँकी हो , तर सपोर्ट त अर्जिन्टिनातिरै हो आफ्नो। घनेलाई पनि उरेले पछारेछी काले पनि सक्किए। जरे र हले हारे भने दक्षिण अम्रिकाले लाने भो कप। ठीकै छ, कप लग्ने भए लगून्, आफूले चिया खाने गिलाँसमा हो बियर खाने सिसीबाट सीधै हो।


रामे, मिस्ड कल भेट्टियाथ्यो हिंजो बेलुका फर्काउन नपाएकोमा सरी है। बिर्खेरोग लाग्या होइन मलाई, पीर नगरे हुन्छ।
 

Read Full Discussion Thread for this article