Posted by: ANS June 28, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     0       ?        
MAKUNE ko arko record:

Link: http://www.ekantipur.com/np/2067/3/15/full-news/313838/

प्रधानमन्त्रीको प्रचारमोह / छपाइमा अनियमितता




बलराम बानियाँ र सरोजराज अधिकारी



[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);काठमाडौं,
अषाढ १५ - प्रधानमन्त्री माधवकुमार नेपालले निजी प्रचारमा नयाँ कीर्तिमान
कायम गरेका छन् । प्रधानमन्त्रीले आफैँले गरेका भाषण, भेटघाटका तस्बिर,
आफ्ना पालामा गरेको भनिएका कामका इतिवृत्तान्त समेटेर नेपाली र अंग्रेजी
भाषामा गरी १० वटा पुस्तक प्रकाशनमा ल्याएका छन् ।



यसअघि कुनै पनि प्रधानमन्त्रीले आफ्ना भाषण, तस्वीर र आफैँले गरेका
कामबारे सरकारी खर्चमा पुस्तक निकालेका थिएनन् । पञ्चायतकालमा तत्कालिन
राजदरबारले मात्रै प्रचार पुस्तकहरु प्रकाशन गर्थ्यो । यसअघि
प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीका नाममा गरेको पहिलो सम्बोधन सानो
पुस्तिकाका रूपमा प्रकाशित छ ।


प्रधानमन्त्री भएयता नेपालले गरेका भाषणका मात्र भाग १, २ र ३ गरी तीनवटा
पुस्तक आएका छन् । तीनवटैको अंग्रेजी संस्करणसमेत निकालिएको छ । सरकारले
एक वर्षे कामको फेहरिस्त समेट्दै आफ्नो उपलब्धिका रूपमा पुस्तक
निकालिसकेको छ । यसअघि सय दिन पुग्दा पनि पुस्तिका प्रकाशन गरिएको थियो ।
प्रधानमन्त्री भएयताका विभिन्न भेटघाटका तस्वीर संकलित गरी रंगीन
पुस्तकसमेत निकालिएको छ ।


राजनीतिक गतिरोध अन्त्य गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा
पुर्‍याउनुपर्ने र संविधानसभाबाट नयाँ संविधान निर्माण गर्नुपर्ने मुख्य
कार्यभारप्रति प्रधानमन्त्री नेपाल गम्भीर छैनन् भन्ने उनका प्रकाशन आफैं
साक्षी छन् । यी प्रकाशनले राजनीतिक गतिरोधको निकास खोज्नभन्दा
मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार समूह, परिवारजन र आफैँलाई भेट्न आउनेसित
थरी-थरीका तस्वीर खिच्नेतर्फ प्रधानमन्त्रीको रुचि उजागर गरेका छन् ।


'प्रधानमन्त्री नेपाल प्रचारका निकै भोका रहेछन्,' प्रधानमन्त्री
कार्यालयका एक बरिष्ठ अधिकृतले भने, 'पञ्चायतकालमा राजाहरुले आफ्ना सन्देश
र कामबारे पुस्तक निकाल्थे । तर तस्बिरको पुस्तक निस्केको सम्झना छैन ।
पञ्चायती राजाको शैलीलाई पनि नेपालले उछिनेका छन् ।'


यी पुस्तक कसको आदेशमा कति छापिए, कहाँ राखिए र कसले वितरण गर्दैछ
भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका कर्मचारीहरू स्वयं
बेखबर छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रकाशक रहेको
पुस्तकको बिल आएपछि मात्रै उनीहरूले पुस्तक छापिएको थाहा पाउने गरेका छन् ।


प्रधानमन्त्रीका पुस्तक प्रकाशन गर्दा कानुन र स्थापित प्रक्रियासमेत
मिचिएको छ । पुस्तक छाप्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयको प्रेस शाखाले टिप्पणी उठाउने, निर्णय गर्ने, 'कोटेशन' माग्ने र
सस्तो कोटेशन स्वीकृत प्रकाशनका लागि पठाउने नियम र प्रक्रिया छ । तर,
प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजाल स्वयंले मन्त्रिपरिषद्
कार्यालयको निर्णयबिनै किताब छपाउने र बिल मगाएर भुक्तानी गराएको जानकारी
मन्त्रिपरिषद् कार्यालयले दियो ।


पुस्तक प्रकाशन भएपछि पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको
'स्टोर' मा दाखिला गर्ने र कस-कसलाई वितरण गर्ने हो, निर्णय गरी वितरण
गर्ने प्रचलनसमेत उल्लंघन गरिएको छ । दाखिला हुनुपर्ने शाखाका कर्मचारीलाई
नै कस्ता- कस्ता पुस्तक प्रकाशन भए भन्नेसमेत थाहा छैन । नमूनाका रुपमा
दुई, चारप्रति पुस्तकमात्र स्टोर शाखामा हुने ती अधिकृतले बताए ।


'पुस्तकको प्रकाशन, दाखिला र वितरण हाम्रो तहबाट हुनुपर्ने हो, तर पार्टी
च्यानलबाट छिटो र भनेका ठाउँमा पुस्तक पुग्ने भएकाले उतैबाट वितरण
गर्छन्,' अर्का अधिकृतले बताए । पुस्तक वितरण प्रधानमन्त्रीका पे्रस
सल्लाहकारसमेत रहेका एमाले कार्यकर्ता बिष्णु रिजालले गर्ने गरेका छन् ।


सरकारी प्रकाशन सूचना तथा सञ्चार मन्त्रालयमातहतको छापाखानामा छाप्नुपर्ने
व्यवस्था भए पनि सरकारका तीन महिना र एक वर्षका उपलब्धिबाहेक सबै पुस्तक
बाहिर छापिएका छन् । सरकारी निकायले पुस्तक प्रकाशन कोटेसनमार्फत्
गर्नुपर्नेमा बिना कोटेसन सोझै एमाले कार्यकर्ता दिनेश श्रेष्ठको छपाई घर
प्रालिलाई छाप्न दिइएको छ ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार रिजालले सबै प्रकाशन बिना कोटेसन छपाइएको
स्वीकारे । उनले १ लाख ७५ हजार रुपैयाँसम्म सोझै प्रकाशन गर्न दिन पाउने
नियमअनुसार ती पुस्तक छपाएको दाबी गरे । तर, तस्वीर -प्रधानमन्त्री
माधवकुमार नेपालको एक वर्षे कार्यकालका छानिएका तस्बिरहरु) नामक पुस्तक
छाप्दा भने त्यो नियमको ठाडै उल्लंघन भएको छ ।


मन्त्रिपरिषद् कार्यालयको लेखा शाखाले एक हजारप्रति पुस्तकको ५ लाख ८ हजार
रुपैयाँ भुक्तानी दिएको छ । रिजालले भने तस्वीर, स्क्यानिङ, छपाइ,
बाइन्डिङलगायतका काममा अंश/अंश गरेर भुक्तानी दिइएकाले १ लाख ७५ हजार
रुपैयाँको सीमा ननाघिएको दाबी गरे ।


तस्बिर पुस्तकमा समेटिएका अधिकांश फोटो शाहीकालीन राजा ज्ञानेन्द्रको
झल्को दिने खालका छन् । ज्ञानेन्द्रकै शैलीमा प्रधानमन्त्री नेपालले
गृहजिल्ला रौतहट, काठमाडौको आफ्नो निर्वाचन क्षेत्रलगायतका स्थानमा
अभिनन्दन लिदै गरेको, उद्घाटन शिलान्यास गर्दै गरेको तस्बिरलाई प्राथमिकता
दिएका छन् । आफ्नी श्रीमती, छोराछोरी, अन्य पारिवारिक भेटघाट, सल्लाहकार,
निजी सचिवालय समँहसंग खिचिएका तस्बिर प्रशस्त छन्, मानौ त्यो
प्रधानमन्त्री नेपालको निजी एल्बम हो ।


प्रधानमन्त्री कार्यालयबाट हालसम्म चारवटा मन्तब्यका पुस्तकका लागि मँल्य
अभिवृद्धि करसहित ५ लाख २६ हजार ५ सय ८० र तस्बीर पुस्तकका लागि ५ लाख ८
हजार रुपैया भुक्तानी भइसकेको छ । मन्तब्यका दुई र तस्बिरको अंग्रेजी
संस्करणको भुक्तानी दिन बाँकी छ । सरकारको तीन महिना र मुख्यमुख्य काम
सिंहदरबारस्थित सरकारकै मुद्रण विभागमा छापिएकाले त्यसको बिल आउन बाकी
रहेको एक कर्मचारीले बताए ।


छपाइमा अनियमितता


प्रधानमन्त्री कार्यालयबाट पुस्तकका लागि भुक्तानी दिएको रकम हेर्दा छपाइमा समेत अनियमितता देखिन्छ ।


छापिइसकेको एक हजार तस्बीर पुस्तकका लागि प्रधानमन्त्री कार्यालयले ५ लाख
८ हजार भुक्तानी दिएको छ । यस हिसाबले प्रति पुस्तक ५ सय ८ रुपैया पर्न
आउँछ । पुस्तक मुद्रण गर्ने छपाइ घरका एक सञ्चालक लक्ष्मण केसीले भने
आफूहरुले एक हजार तस्बीर पुस्तक दुई लाख ९५ हजारमा छापेको बताए । यस
हिसाबले प्रति पुस्तक २ सय ९५ मात्र पर्न आउछ ।


डिल्लीबजारस्थित प्रिन्टिङ सोलुसनका प्रबन्ध निर्देशक माधव भट्टराई
सरकारले निकालेको तस्बीर पुस्तक एक प्रति छाप्न बढीमा एक सय रुपैयाँ पर्ने
बताउछन् । छपाइघरका केसीले प्रधानमन्त्रीको मन्तब्यका पुस्तकहरु नेपालीको
प्रतिगोटा २ सय २५ र अंग्रेजीको ५८ का दरले छापेको बताए । तीन भागमा रहेको
मन्तब्यको नेपाली पुस्तकको सरदर पृष्ठ २ सय छ भने तीन भागमै रहेको
अंग्रेजीको पृष्ठ ५० को हाराहारीमा छ । सोलुसनका भट्टराइका अनुसार
त्यत्तिकै गुणस्तरको पुस्तक छाप्न २ सय पृष्ठको नेपालीको ७० रुपैया र ५०
पृष्ठको अग्रेजीको ३५ रुपैया जति पर्छ ।


'सरकारी प्रेसमा त्योभन्दा पनि निकै कम खर्चमा छापिन्छ । पुस्तकको गुणस्तर
र भुक्तानी गरिएको रकम हेर्दा हामीले पनि निकै आर्थिक अनियमितता भएको
महसुस गर्‍यौ,' एक अधिकृतले भने, 'राजनीतिक तहबाट कामकारवाही भएकाले
हामीले बोल्ने ठाउ नै छैन ।'


प्रधानमन्त्री कार्यालयबाट ३ सयका दरले ३ सय २५ तस्बिर खरिद गरेको भनेर ९७
हजार ५ सय भुक्तानी लिइएको छ । तर पुस्तकमा तस्बिर दिएको भनेर नाम
समेटिएका एक फोटो पत्रकारले आफैंले कुनै रकम नपाएको बताए ।  
Read Full Discussion Thread for this article