Posted by: pire June 24, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     0       ?        
हाम्रो देशमा असक्ष्यम नेताहरुको कमी छैन। जनताका छोराछोरिलाई बन्दुक बोकाएर, जनताको जिउ मा खुकुरी हानेर आफ्नो स्वार्थ सिधा गर्नेहरुको जमात छ। आफु लुकी लुकी दुतावास धाउने र बाहिर राष्ट्रवाद को गफ दिने, मन नपर्दा आफ्नै पार्टीको सिनियर नेतालाई भरतपन्थी भन्ने को झन कही कमी छैन। तर यो थ्रेड ति कुराहरुको लागि हैन। यो थ्रेड मा कसैले माधव नेपाल को सम्पत्ति हेरेर 'यो पक्का भ्रष्ट हुनुपर्छ ' भनेर वमन गरेपछी मैले त्यो कुतर्क हो भनेको मात्र हुँ। त्यसो भन्दा म एमाले हूँ कि भनेर शंका गर्ने वा म माधव नेपाल को संबन्धी हुँ कि भनेर शंका गर्ने गरियो। त्यो भन्दा हाँसो उठ्दो कुरो केही हुन सक्दैन। अब हुँदा हुँदा  "गिरिजा  आफुलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डप्रति रिस पोखेर रामबरण र परमानन्दलाइ माकुने संग मिलेर राष्ट्रपति र उप बनाए" जस्ता कुरो राखेर माधव नेपाल को विरोध गर्नुको कुनै तुक छैन।

 
म माधव नेपाल को कतिपय कुरा सँग असहमत भए पनि अहिले तराइ मा शान्ती सुरक्षा सुध्रेको छ, र माओवादीहरुको मजाले मान मर्दन भएको छ, माधव नेपाल ले कसरी 'यो आन्दोलन र त्यो आन्दोलन' भनेर देशलाई बन्दी बनाउन तत्पर माओवादीलाई थाङ्नामा सुताइदियो सबैलाई थाहा छ। बल्ल माओवादी अली अली ठाउँमा आउन लागेको छ, संबिधान र अरु लेगल कुरो गर्न थालेको छ। यस्तो अवस्था मा माधव नेपाल ले रजिनामा दिनु हुँदैन। माधव नेपाल को एक हजार वटा खोट भए पनि माओवादी लाई खुच्चिङ भन्न पनि म उनको समर्थन गर्छु। यदी मलाई माधव प्रती कुनै गुनासो छ भने त्यो के भने उनले त्यो चोर खाते YCL हरुलाई अझ तह लगाउनुपर्ने , तह लगाएनन।  
Read Full Discussion Thread for this article